कुमाउँनी भाषा
कुमाऊँनी भारत को उत्तराखण्ड राज्य अन्तर्गत कुमाऊँ क्षेत्र मा बोलीने एक भाषा हो । यो भाषा लाई हिन्दी को सहायक भाषा को श्रेणीमा राखीएको छ । कुमाऊँनी भारत को ३२५ मान्यता प्राप्त भाषाहरू मध्ये एक हो र २६,६०,००० (१९९८) भन्दा बढी मानिसले बोलने गरिन्छ। उत्तराखण्ड का निम्नलिखित जिल्ला- अल्मोडा जिल्ला, नैनीताल, पिथौरागढ, बागेश्वर, चम्पावत, ऊधमसिंह नगर का अतिरिक्त असम, बिहार, दिल्ली, मध्य प्रदेश, महाराष्ट्र र पञ्जाब, तथा हिमाचल प्रदेश र नेपाल का केहि भागमा पनि यो बोलीने गरिन्छ ।
कुमाऊँनी बोली को स्वरूपसम्पादन
कुमाऊँनी बोली एक अर्वचीन बोली हो । लिपिबद्ध हुन् न सकेका कारण आज पनि जस्ताको तस्तै आपसी वार्तालाप का माध्यम सम्म सीमित रहेको छ । मध्य पीढी का मानिस कुमाऊँनी र हिन्दी दुवै भाषामा कुराकानी गर्ने गर्छन । कुमाऊँनी, देवनागरी लिपि मा लेखिने गरिन्छ ।
कुमाऊँनी बोली का प्रकार तथा भेदसम्पादन
कुमाऊँनी भाषा यानि बोली, कुमाऊँ क्षेत्र मा विभिन्न रूपमा बोलीने गरिन्छन :-
- अल्मोडा र उत्तरी नैनीताल मा मध्य कुमाऊँनी।
- पिथौरागढ मा उत्तर पूर्वी कुमाऊँनी।
- दक्षिण पूर्वी नैनीताल मा दक्षिण पूर्वी कुमाऊँनी।
- पश्चिमी अल्मोडा र नैनीताल मा पश्चिमी कुमाऊँनी।