बागमती प्रदेश

(प्रदेश नं. ३ बाट पठाईएको)

बागमती प्रदेश (पहिले प्रदेश नं. ३) नेपालका सात प्रदेशहरू मध्ये एक हो।[१] यस प्रदेशको राजधानी हेटौँडा हो भने देशको राजधानी काठमाडौँ समेत यस प्रदेशमा पर्दछ।[२] यस प्रदेशले २०,३०० वर्ग किलोमिटरको क्षेत्रफल ओगटेको छ अर्थात् यसले नेपालको कुल क्षेत्रफल १४७,१८१ मध्ये १३.७९% क्षेत्रफल ओगटेको छ। प्रदेशको पूर्वमा प्रदेश नं. १ र पश्चिममा गण्डकी प्रदेश पर्दछ भने उत्तरमा चीन र दक्षिणमा प्रदेश नं. २ तथा भारतसँग यसले सीमाना साझेदारी गरेको छ। समुद्र सतहदेखि १४१ मिटरमा देखि ७,२२९ मिटर सम्म फैलिएको यस प्रदेशको तल्लो बिन्दु भनेको चितवनको गोलाघाट हो भने माथिल्लो बिन्दु लाङटाङ हिमाल हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेखित तथ्य अनुसार, धादिङ, दोलखा, रसुवा, सिन्धुपाल्चोकरामेछाप गरि पाँचवटा हिमाली जिल्ला, नुवाकोटकाभ्रेपलाञ्चोक गरि दुईवटा पहाडी जिल्ला, काठमाडौँ, भक्तपुरललितपुर गरि तीनवटा उपत्यकाका जिल्ला र सिन्धुली, चितवनमकवानपुर गरि तीनवटा भित्री मधेसका जिल्लाहरू यसमा पर्दछन्।[३]

बागमती प्रदेश

बागमती प्रदेश
Garurishanker.jpg
Lake Gosainkunda.jpg
पशुपतिनाथ मन्दिर 10.jpg
Patan Durbar Square Premises (1).jpg
Swayambhu 2017 41.jpg
Bhaktapur Durbar Premises.jpg
Hanuman Dhoka Durbar Square.jpg
One horn Rhino manish.JPG
प्रदेशFlag of Nepal.svg नेपाल
स्थापना२०७२ असोज ३
राजधानीहेटौँडा
सबैभन्दा ठूलो सहरकाठमाडौँ
जिल्ला१३
सरकार
 • अङ्गबागमती प्रदेश
 • गभर्नरविष्णुप्रसाद प्रसाईँ
 • मुख्यमन्त्रीडोरमणि पौडेल (नेकपा)
 • व्यवस्थापिका संसदएकसदनात्मक (११० सिट)
 • संसदप्रतिनिधि सभा (३२)
राष्ट्रिय सभा (८)
 • उच्च अदालतपाटन उच्च अदालत
क्षेत्रफल
 • जम्मा२०३०० किमी (७,८०० वर्ग माइल)
क्षेत्रफल क्रमपाँचौँ
जनसङ्ख्या
 (२०६८)
 • जम्मा५,५२९,४५२
 • क्रमप्रथम
 • घनत्व२७०/किमी (७१०/वर्ग माइल)
 • घनत्व क्रमदोस्रा
वासिन्दा(हरू)उपत्यकावासी
राजधानी आसपासका नेपाली
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
भूसङ्केतNP-TH
आधिकारिक भाषानेपाली
अन्य भाषा(हरू)
मानव विकास सूचकाङ्क०.५६० (मध्यम)
साक्षरता७४.८५%
लिङ्ग अनुपात९८.७७ /१०० (२०६८)
वेबसाइटocmcm.bagamati.gov.np Edit this at Wikidata

नेपाल सरकारको नापी विभागका अनुसार प्रदेश २६० ५५’ उत्तरी अक्षांशदेखि २८० २३’ उत्तरी अक्षांशसम्म र ८३० ५५’ पूर्वी देशान्तरदेखि ८६० ३४’ पूर्वी देशान्तरसम्म फैलिएको छ। १३ जिल्लाहरू रहेका यस प्रदेशमा ८४ वटा गाउँपालिका, ४१ वटा नगरपालिका, १ वटा उपमहानगरपालिका र ३ वटा महानगरपालिका रहेका छन्। भरतपुर, ललितपुर र काठमाडौँ महानगरपालिका हुन् भने प्रदेशको राजधानी हेटौँडा यस प्रदेशमा रहेको एकमात्र उपमहानगरपालिका हो।[३] नेपालको कुल नगरपालिका र गाउँपालिकाको यसले १५.८०% भूभाग ओगटेको छ जसमा नेपालको राजधानी काठमाडौँ र नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुर गाउँपालिका विहिन छन् भने रसुवा जिल्लामा नगरपालिका छैन। नेपालको जनगणना २०६८ को अनुसार यस प्रदेशको जनसङ्ख्या ५,५२९,४५२ रहेको छ। यहाँको हावापानीमा पनि विविधता भेटिन्छ।[३]

साविकको प्रदेश नं. ३ को मन्त्रिपरिषदको हकमा मिति २०७४ माघ २९ गते मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भौतिक पुर्वाधार विकास मन्त्री तथा आन्तरिक मामिला तथा कानून मन्त्री समेत गरी प्रारम्भमा तीन सदस्यीय मन्त्रिपरिषद गठन भई फागुन १७ गते अन्य चार मन्त्रीहरु थप भई मुख्य मन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद गठन भई बागमती प्रदेशको मन्त्रिपरिषदले पूर्णता पाएको थियो।

शब्दको उत्पत्तिसम्पादन

बागमतीको नाम काठमाडौँँ उपत्यका हुँदै बग्ने बागमती नदीको नामबाट राखिएको हो। नदीलाई नेवार सभ्यता र सहरीकरणको स्रोत मानिन्छ।[४] विनयपिटकमा नदीलाई नन्दबग्गा र वग्गुमुदा भनि उल्लेख गरिएको छ।[४] यसलाई मज्झिम निकायको बत्थ सुत्तन्तमा बाहुमतिको रूपमा पनि उल्लेख गरिएको छ।[४] नेपालको पहिलो अभिलेख संवत् ३९९ को एउटा शिलालेखमा नदीलाई वाग्वति पारप्रदेशे को रूपमा उल्लेख गरिएको छ भने पछि गोपालराज वंशावलीमा यसको वर्णन गरिएको छ।[४]

२०७६ पुष २७ मा बसेको प्रदेश सभा बैठकले बागमतीलाई बहुमतले नामाकरण गर्ने प्रस्तावलाई समर्थन गरेको थियो। बैठकले हेटौँडालाई प्रादेशिक राजधानीको रुपमा पनि समर्थन गरेको थियो।[५]

इतिहाससम्पादन

ऐतिहासिक रूपमा हालको बागमती प्रदेशको क्षेत्रलाई "काठमाडौँ क्षेत्र" भनेर चिनिन्थ्यो जसलाई वि.सं २०१२ मा, स्थापना गरिएको थियो। काठमाडौँ क्षेत्र ५ जिल्ला समावेश गरिएको थियो भने तीनै ५ जिल्लामा अहिले धेरै जिल्लामा विभाजन गरिएको छ। काठमाडौँ क्षेत्रको कुल क्षेत्रफल ६,१४४ वर्ग किलोमिटर (१५,९१० वर्ग किलोमिटर) थियो भने कुल जनसङ्ख्या १७.९३ लाख रहेको थियो। [६]

तात्कालिक पाँच जिल्लाहरू यस प्रकार छन्:

  1. नारायणी जिल्ला (बारा, पर्सा, रौतहट)
  2. राप्ती जिल्ला (चितवन, रामेछाप, मकवानपुर)
  3. चौतारा जिल्ला (सिन्धुपाल्चोक, काभ्रेपलान्चोक)
  4. त्रिशूली जिल्ला (नुवाकोट, धादिङ)
  5. काठमाडौँ जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर)

वि.सं २०१८ सालमा, तात्कालिक राजा महेन्द्रले प्रशासनिक प्रणाली पुनर्गठित गर्दै "क्षेत्र" प्रणाली रद्द गरेका थिए।[७] उनले देशलाई ७५ वटा जिल्लाहरूमा पुनर्गठित गरेका थिए र यस क्षेत्रलाई मध्यमाञ्चल विकास क्षेत्रमा परिवर्तन गरेका थियो जसमा बागमती, नारायणीजनकपुर अञ्चलमा समूहकृत गरिएको थियो जसमा १९ जिल्ला समावेश थिए।

भूगोलसम्पादन

बागमती प्रदेशको क्षेत्रफल २०,३०० वर्ग किलोमिटर रहेको छ जुन नेपालको कुल क्षेत्रफलको १३.७९% रहेको छ। प्रदेशको सबैभन्दा तल्लो बिन्दु भनेको चितवनको गोलाघाट हो जुन समुद्र सतहबाट १४१ मिटर माथि रहेको छ। प्रदेशको सबैभन्दा उच्चतम विन्दु भनेको रसुवा जिल्लामा रहेको लाङटाङ हिमशृङ्खलामा अवस्थित लाङटाङ लिरुङ हो जुन समुद्र सतहबाट ७,२२९ मिटर माथि रहेको छ।[८] यस प्रदेशमा १० वटा उपजलाधार प्रणालीहरू र ३३ वटा मुख्य नदीहरू रहेका छन्। यी मध्ये सबैभन्दा लामो नदी सुनकोशी रहेको छ जसको लम्बाई १६०.१९ किलोमिटर रहेको छ भने सबैभन्दा छोटो नदी लालबकैया रहेको छ जसको लम्बाई १.८९ किलोमिटर रहेको छ।[३] यस प्रदेशको कुल जमिनको ५३.७ प्रतिशत (१०९००८५ हेक्टर) जमिन वनले र ७.५७ प्रतिशत (१५३७५९ हेक्टर) झाडी बुट्यानले गरी कुल ५९.२७ प्रतिशत (१२४३८४४ हेक्टर) जमिन वन क्षेत्रले ओगटेको छ भने २४.३४ प्रतिशत (४९४०८४ हेक्टर) जमिनमा खेती भएको पाइन्छ। सबैभन्दा थोरै जमिन ३०७ हेक्टर (०.०२ प्रतिशत) ताल पोखरीले ओगटेको पाइन्छ।[३]

 
काठमाडौँबाट देखिएको लाङटाङ हिमशृङ्खला
बागमती प्रदेशका केही सहरहरूको औसत तापक्रम र वर्षा[९]
स्थान अगस्त

(°फ)

अगस्त

(°से)

जनवरी

(°फ)

जनवरी

(°से)

वार्षिक

वर्षा

(मिलिमिटर/इन्च)

बनेपा ७४.७ २३.७ ४९.८ ९.९ १९३०.८/७६
भरतपुर ८१.७ २७.६ ५७.६ १४.२ २५५०.१/१००.४
हेटौँडा ७९.७ २६.५ ५५.२ १२.९ २०६९.५/८१.५
सूर्यविनायक ७०.५ २१.४ ४५.९ ७.७ १८२१.७/७१.७
काठमाडौँ ७५ २३ ५० १० १३६०/५३.६
कीर्तिपुर ७४.३ २३.५ ४८.९ ९.४ २१००.९/८२.७

सरकार र प्रशासनसम्पादन

यस प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश सरकारको प्रमुख हुन्[१०] भने गभर्नरले विष्णुप्रसाद प्रसाईँ[११] प्रदेशको प्रमुख हुन्। पाटन उच्च अदालतका प्रमुख न्यायाधीश टेकबहादुर मोक्तान न्यापालिकाका प्रमुख हुन्। प्रदेश सभामा ११० सदस्य छन् भने प्रदेशमा ३३ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ।[१२]

नेपालको अन्य सबै प्रदेशजस्तै यसमा पनि एकसदनात्मक व्यवस्था रहेको छ।[१३] प्रदेश सभाको कार्यकाल पाँच वर्ष हुन्छ। प्रदेश सभा हाल हेटौँडा स्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा राखिएको छ।[१४]

प्रशासनिक विभाजनसम्पादन

बागमती प्रदेश १३ दिइएका १३ वटा जिल्लाहरूमा विभाजित छ। जिल्ला समन्वय समिति प्रमुख र जिल्ला प्रशासन अधिकृतद्वारा जिल्लालाई प्रशासन गरिन्छ। जिल्लालाई नगरपालिका वा गाउँपालिकामा थप विभाजन गरिएको छ। प्रदेशमा तीनवटा महानगरपालिका, एक उपमहानगरपालिका र ४१ नगरपालिका रहेका छन्। यस प्रदेशमा ७४ वटा गाँउपालिकाहरू रहेका छन्।[१५]

जिल्लाहरू सदरमुकाम जनसङ्ख्या (२०६८)[१६]
सिन्धुली जिल्ला कमलामाई २,९६,१९२
रामेछाप जिल्ला मन्थली २,०२,६४६
दोलखा जिल्ला भीमेश्वर १,८६,५५७
भक्तपुर जिल्ला भक्तपुर ३,०४,६५१
धादिङ जिल्ला निलकण्ठ ३,३६,०६७
काठमाडौँ जिल्ला काठमाडौँ १७,४४,२४०
काभ्रेपलान्चोक जिल्ला धुलिखेल ३,८१,९३७
ललितपुर जिल्ला ललितपुर ४,६८,१३२
नुवाकोट जिल्ला बिदुर २,७७,४७१
रसुवा जिल्ला धुन्चे ४३,३००
सिन्धुपाल्चोक जिल्ला चौतारा २,८७,७९८
चितवन जिल्ला भरतपुर ५,७९,९८४
मकवानपुर जिल्ला हेटौँडा ४,२०,४७७

महत्वपूर्ण धार्मिक स्थलहरूसम्पादन

यस प्रदेशमा हिन्दुहरुको आराध्यदेव पशुपति (काठमाडौँ), बूढानीलकण्ठ(काठमाडौ), स्वयम्भूनाथ(काठमाडौ), चागुनारायण (भक्तपुर), गोसाइकुण्ड (रसुवा), कालिञ्चोक भगवती (दोलखा), भिमेश्वर (दोलखा), लगायतका महत्वपूर्ण धार्मिक स्थलहरू रहेका छन्।[१७]

प्रमुख ऐतिहासिक गढीहरूसम्पादन

मकवानपुर गढीसम्पादन

मकवानपुर जिल्लाको सदरमुकाम हेटौँडाबाट लगभग १७ किलोमिटर उत्तर पूर्वमा मकवानपुर गढी अवस्थित छ। मकवानपुर गढी मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो।[१८]

सिन्धुलीगढीसम्पादन

सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवम् ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थान हो। यो ठाउँ काठमाडौँबाट करिब १ सय ५० किलोमिटर पूर्वमा रहेको छ। सिन्धुलीगढी नेपाल अङ्ग्रेज युद्धको जीवित दस्तावेज हो।[१९]

रसुवागढीसम्पादन

नेपाल-चीन सीमानामा पर्ने रसुवागढी करिब डेढ शताब्दी पुरानो ऐतिहासिक गढी नेपाल र चीन बीचमा रहेको महत्वपूर्ण सुरक्षा गढी मानिन्छ।[२०] नेपाल चीनबीचको व्यापारिक सम्बन्धलाई जोड्ने यस गढीको निर्माण वि.सं १९१२ सालमा भएको थियो।[२१]

जनशाङ्खिकिसम्पादन

बागमती प्रदेशमा धर्म

  हिन्दु (71.78%)
  बौद्ध (23.28%)
  ईसाई (2.87%)
  इस्लाम (0.67%)
  किराँत (0.41%)
  अन्य अथवा गैर धर्म (0.23%)

बागमती प्रदेशमा जातीय समूह

  तामाङ (20.54%)
  नेवार (17.07%)
  मगर (4.87%)
  गुरुङ (2.22%)
  अन्य (17.34%)

२०६८ को जनगणना अनुसार बाग्मती प्रदेशको जनसङ्ख्या ५,४३,८१८ रहेको छ जसमा २,७६,२२४ महिला र २,६७२,५९४ पुरुष रहेका छन्। यस प्रदेशको जनसङ्ख्याको नेपालको कुल जनसङ्ख्याको २०.८७% रहेको छ भने यस प्रदेश देशको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश समेत हो। यस प्रदेशको जन घनत्व प्रति वर्ग किलोमिटर २७० जना रहेको छ जुन देशकै दोस्रो सबैभन्दा उच्च हो। [२२]

जातीय समूहहरूसम्पादन

तामाङ यस प्रदेशको सबैभन्दा ठूलो जातीय समूह हो जहाँ तामाङहरूको सङ्ख्या प्रदेशको कुल जनसङ्ख्याको २०.५४ हुन आउँछ। बाहुन अथवा ब्राह्मण १८.३२% जनसङ्ख्याको साथ प्रदेशको दोस्रो ठूलो जातीय समूह हो। यसका साथै यस प्रदेशका अन्य धेरै जनसङ्ख्या भएको जातिहरूमा क्षेत्री (१७.१३) र नेवार (१७.०७%) पर्दछन्। यसका साथै मगर, विश्वकर्मा, गुरुङको जनसङ्ख्या प्रदेशको कुल जनसङ्ख्याको क्रमशः ४.८७%, २.५२% र २.२२% रहेको छ। थारू, राई, दमाई, सार्की र चेपाङको जनसङ्ख्या क्रमश: प्रदेशको कुल जनसङ्ख्याको १.६३%, १.५२%, १.३६%, १.३३% र १.१६% रहेको छ। [२२]

भाषाहरूसम्पादन

देशको राष्ट्रिय भाषा नेपाली सबैभन्दा प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा हो। प्रदेशको कुल जनसङ्ख्याको ६७.२३% मानिसहरू नेपाली मातृभाषी हुन्। तामाङ १८.४९% र नेपाल भाषा मातृभाषीहरूको जनसङ्खया क्रमशः १८.४९% र १२.४४% रहेको छ। प्रदेशमा बोलिने अन्य भाषाहरूमा मगर (१.८२%), थारू (१.३३%), मैथिली (१.१९%), गुरुङ (०.९३%) र चेपाङ (०.८५%) रहेको छ।[२२]

धर्मसम्पादन

प्रदेशको ७१.७८% मानिसहरू हिन्दु धर्मका अनुयायीहरू हुन् भने। दोस्रो ठूलो धर्ममा बुद्ध पर्दछ जहाँ यसकमाा अनुयायीहरू २३.२८% रहेका छन्। यस्तै अन्य धर्महरूमा ईसाई २.८७% र इस्लाम ०.६७% रहेको छ।[२२]


यो पनि हेर्नुहोस्सम्पादन


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "प्रदेश ३ को नाम वाग्मती", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०१-१२ 
  2. "प्रदेश ३ को नाम वाग्मती, स्थायी राजधानी हेटौँडा तोकियो", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०१-१२ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ "प्रदेश परिचय"मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय (नेपाली) भाषा)। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  4. ४.० ४.१ ४.२ ४.३ लेख: नेपाली वास्तु र वास्तुग्रन्थको संक्षिप्त परिचय, लेखक: तारानन्द मिश्र
  5. "प्रदेश नं ३ को नाम वाग्मती, राजधानी हेटौँडा कायम"बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  6. नेपालको जिल्ला प्रशासन पुनर्गठनको रिपोर्ट, २०१३, नेपाल: नेपाल सरकार, पृ: ३५, ३६, ३७। 
  7. घनेन्द्र ओझा। "राजा महेन्द्रका पक्षमा"शिलापत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  8. "पृष्ठभूमी | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय", बागमती सरकार, अन्तिम पहुँच २०२०-१२-२६ 
  9. "Nepal Travel Weather Averages (Weatherbase)", वेदरबेस, अन्तिम पहुँच २०१८-०४-२८ 
  10. "डोरमणि पौडेल मुख्यमन्त्री नियुक्त, सोमबार साढे ९ बजे सपथ"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  11. "राष्ट्रपतिबाट नव नियुक्त प्रदेश प्रमुखलाई शपथ"नयाँ पेज (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  12. "प्रदेश सभा - बागमती प्रदेश" (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  13. "​प्रतिनिधि सभा २३५ राष्ट्रिय सभा प्रदेश सभा ६५ सदस्यीय बनाउने सहमति", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २५ मार्च २०२१ 
  14. "प्रदेश ३ को अस्थायी राजधानी हेटौँडामा ६ मन्त्रालय स्थापना"थाह खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  15. "स्थानिय तह", 103.69.124.141, मूलबाट ३१ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०४-२७ 
  16. नेपालको जनगणना २०६८ को जिल्ला प्रतिवेदन वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०२ मिति, केन्द्रीय तथ्याङ्क विभाग।
  17. "बागमती प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलहरु" (नेपाली) भाषा)। सङ्ग्रह मिति १० अप्रिल २०२१ 
  18. "यस्तो छ मकवानपुर गढीको इतिहास" (नेपाली) भाषा)। सङ्ग्रह मिति १० अप्रिल २०२१ 
  19. "सिन्धुलीगढीको स्थापना", सिन्धुलीगढी डटकम। 
  20. "रसुवागढी रहस्य"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति १० अप्रिल २०२१ 
  21. "रसुवाको ऐतिहासिक पर्यटकीय गन्तव्य रसुवागढी"नेपाल पत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति १० अप्रिल २०२१ 
  22. २२.० २२.१ २२.२ २२.३ "केन्द्रीय तथ्यङ्क विभागको आँकडा", nationaldata.gov.np, अन्तिम पहुँच २०२०-१२-२६