गौरीशङ्कर हिमाल
गौरीशङ्कर हिमाल हिमाल नेपालको दोलखा जिल्ला तथा चिनको सिमानामा अवस्थित हिमाल हो। ७१३४ मिटर अग्लो यो हिमालबाट नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ।[१][३] हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ। नेपालमा गौरीशङ्कर हिमाललाई पवित्र हिमालका रूपमा लिइन्छ।[४]
गौरीशङ्कर | |
---|---|
![]() दुलालथोकबाट देखिएको गौरीशङ्कर हिमाल। | |
सर्वोच्च बिन्दु | |
उचाई | ७,१३४ मी (२३,४०६ फिट) [१] |
प्रमुखता | १,६०० मी (५,२०० फिट) [२][notes १] |
सूचीकृत | अतिरिक्त |
निर्देशाङ्क | २७°५७′१२″उ॰ ८६°२०′०९″पू॰ / २७.९५३३३°N ८६.३३५८३°Eनिर्देशाङ्कहरू: २७°५७′१२″उ॰ ८६°२०′०९″पू॰ / २७.९५३३३°N ८६.३३५८३°E [२] |
नामकरण | |
भाषाको नाम | नेपाली, संस्कृत |
भूगोल | |
स्थान | ![]() |
आमा हिमश्रृङ्खला | रोल्वालिङ हिमाल |
आरोहण | |
सफल आरोहण | २०३६ वैशाख २५ मा, जोन रोजकेले र दोर्जे शेर्पा |
सजिलो मार्ग | हिउँ/हिम आरोहण |
अवस्थितिसम्पादन
गौरीशङ्कर रोल्वालिङ हिमालको पश्चिमी किनार नजिकै अवस्थित छ जुन राजधानी काठमाडौँबाट १०० किलोमिटर (६२ माइल) उत्तरपूर्वमा पर्दछ।[१] यो काठमाडौँ र सगरमाथाको बीचमा अवस्थित छ र काठमाडौँबाट यसलाई सजिलै देख्न सकिन्छ।[५] रोल्वालिङ हिमालको पश्चिमी सीमामा अवस्थित यस हिमालको पश्चिममा भोटे कोसी उपत्यका अवस्थित छ। यो दोलखा जिल्लामा पर्दछ।[६]
टिप्पणीसम्पादन
- ↑ यस शिखरको उचाइ र प्रतिष्ठामा स्रोतहरू व्यापक रूपमा फरक छन्। उदाहरणका लागि पिकबगरले ७१३४ मीटरको उचाइ र १७०९ मिटरको प्रमुखता दिन्छ।
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ १.० १.१ १.२ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
- ↑ २.० २.१ "High Asia II: Himalaya of Nepal, Bhutan, Sikkim and adjoining region of Tibet", पिकलिस्ट, अन्तिम पहुँच ३० मे २०१४।
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).