राजेन्द्रप्रसाद पाण्डे

नेपालका राजनीतिज्ञ

राजेन्द्रप्रसाद पाण्डे (जन्म:बि.सं. २०१३) एक नेपाली राजनीतिज्ञ हुन्। उनी बागमती प्रदेशको तेस्रो तथा बर्तमान मुख्यमन्त्री हुन्। उनले लामो समय नेपाल कम्युनिष्ट पार्टी एकिकृत मार्क्सवादी लेनिनवादीबाट राजनीती गरेका थिए। २०७८ मा नेकपा एमाले बिभाजित भएपछि उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लागेका थिए।

राजेन्द्रप्रसाद पाण्डे
३ औं बागमती प्रदेशको मुख्यमन्त्री
पद बहाली
२०७८ कार्तिक ११ [१]
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रदेश प्रमुखयादवचन्द्र शर्मा
पूर्वाधिकारीअष्टलक्ष्मी शाक्य
उतराधिकारीशालिकराम जमकट्टेल
व्यक्तिगत विवरण
जन्म२०१३ जेठ २९
धादिङ गजुरी[२]
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा एमाले (२०४८-२०७८)
नेकपा एस (२०७८-)
पेशाशिक्षक
राजनीति, नेकपा एस

प्रतिनिधि सभा २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजबादी)का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे धादिङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ३५,९३४मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[३] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार भुमि प्रसाद त्रिपाठीले २७,९५३मत प्राप्त गरेका थिए।[४][५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "राजेन्द्र पाण्डे बने वाग्मतीका तेस्रो मुख्यमन्त्री, तीन जना मन्त्रीले पनि लिए सपथ", पहिलोपोस्ट (npमा), अन्तिम पहुँच २०२१-११-०२ 
  2. "राजेन्द्र पाण्डे : शिक्षकदेखि मुख्यमन्त्रीसम्म", इकान्तिपुर (npमा), अन्तिम पहुँच २०२१-०८-३१ 
  3. "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-१२-०१ 
  4. "धादिङ : प्रदेश ३ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-१२-०१ 
  5. "नागरिक निर्वाचन अपडेट | प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९", Nagarik (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय