नेपालको सङ्घीय संसद

नेपालमा रहेको संसदीय व्यवस्था अनुसारको संसदहरू

नेपालको सङ्घीय संसद नेपालको सर्वोच्च व्यवस्थापिकीय निकाय हो । नेपालको सङ्घीय संसदमा राष्ट्रपति तथा दुई सदन- प्रतिनिधि सभा (जन सदन) तथा राष्ट्रिय सभा (प्रदेशको परिषद) हुने गर्छन् । नेपालको संविधान अनुसार राष्ट्रपतिसँग संसदको दुई अथवा कुनै पनि सदनलाई आह्वान गर्न सक्ने तथा स्थगित गर्ने अथवा प्रतिनिधि सभालाई भङ्ग गर्ने शक्ति हुन्छ । नेपालको वर्तमान नेपालको व्यवस्थापिका संसदको अवधि वि.सं. २०७४ माघ ७ (सन् २०१८ जनवरी २१) मा पुरा हुनेछ ।[१] सन् २००२ को मे महिनामा प्रतिनिधि सभाको नयाँ निर्वाचन गराउनका लागि पूर्व राजा ज्ञानेन्द्र शाहको सल्लाहमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् १९९९ मा निर्वाचित भएका पछिल्लो प्रतिनिधि सभालाई भङ्ग गरेका थिए । जारी गृहयुद्धका कारण निर्वाचन हुन नसक्दा अन्ततः राजा ज्ञानेन्द्रले चार प्रधानमन्त्रीहरूलाई केही वर्षको अन्तरमा खारेज गरेर सन् २००५ फेब्रुअरीमा शाही सत्ता कब्जा गरे । सन् २००६ को जनआन्दोलन पछि राजाले पूर्व प्रतिनिधि सभालाई बहाल गरे । सन् २००७ जनवरी १५ मा अन्त्तरिम व्यवस्थापिका संसदको स्थापना गरिएको थियो ।[२]

नेपालको संसद
Federal Parliament of Nepal
प्रकार
प्रकार[[द्विसदनीय]]
सदनप्रतिनिधि सभा २७५
राष्ट्रिय सभा ५९
सिट३३४ सदस्य (२७५ र ५९)
निर्वाचन
एकल सिट निर्वाचन प्रणाली
बैठक स्थल
काठमाडौँ
वेबसाइट
www.parliament.gov.np

इतिहाससम्पादन

संरचना र समयावधिसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "संविधानसभा प्रथम", parliament.gov.np, अन्तिम पहुँच १३ डिसेम्बर २०१७ 
  2. "Nepal's Political Development: Nepal Constituent Assembly Portal", Nepalcaportal.org, अन्तिम पहुँच २०१०-०४-१० 

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन