नेपाल राष्ट्रिय फुटबल टोली

नेपाल राष्ट्रिय फुटबल टोलीले अखिल नेपाल फुटबल सङ्घद्वारा शासित अन्तर्राष्ट्रिय पुरुष फुटबलमा नेपालको प्रतिनिधित्व गर्दछ। एसियाली फुटबल महासङ्घको सदस्य रहेको नेपाली फुटबल टोलीले आफ्नो घरेलु खेल दशरथ रङ्गशालामा खेल्दै आएको छ।

नेपाल
Shirt badge/Association crest
उपनाम(हरू)'गोरखालीहरू'
सङ्गठनअखिल नेपाल फुटबल सङ्घ
सङ्घएसियाली फुटबल महासङ्घ (एसिया)
उप-सङ्घदक्षिण एसियाली फुटबल सङ्घ (दक्षिण एसिया)
प्रमुख प्रशिक्षकप्रवेश कटुवाल[१]
कप्तानकिरण चेम्जोङ
सर्वाधिक उपस्थितिराजुकाजी शाक्य (९१)
सर्वाधिक गोलकर्ताहरि खड्का
निराजन रायमाझी (१३)
गृह रङ्गशालादशरथ रङ्गशाला
फिफा कोडNEP
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता १७३ वृद्धि(२६ October २०२३)[२]
उच्च वरीयता१२१ (सन् १९९३ डिसेम्बर – सन् १९९४ फेब्रुअरी)
निम्न वरीयता१९६ (सन् २०१६ जनवरी)
पहिलो अन्तर्राष्ट्रिय
 चीन ६–२ नेपाल नेपाल
(बेइजिङ, चिन; सन् १९७२ अक्टोबर १३)[३]
ठूलो विजय
 नेपाल ७–० भुटान 
(काठमाडौँ, नेपाल; सन् १९९९ सेप्टेम्बर २६)[४]
ठूलो हार
 दक्षिण कोरिया १६–० नेपाल
(इनचियोन, दक्षिण कोरिया; सन् २००३ सेप्टेम्बर २९)[३]
साफ च्याम्पियनसिप
उपस्थिति१३ (पहिलो खेल १९९३)
उत्कृष्ट नतिजाउप-विजेता (२०२१)
एएफसी सोलिडारिटी कप
उपस्थिति१ (पहिलो खेल २०१६)
उत्कृष्ट नतिजाविजेता (२०१६)
एएफसी च्यालेन्ज कप
उपस्थिति३ (पहिलो खेल २००६)
उत्कृष्ट नतिजासेमी-फाइनल (२००६)

इतिहास सम्पादन गर्नुहोस्

सुरुवात (सन् १९२१-१९९३) सम्पादन गर्नुहोस्

वि.सं १९७७ मा राणा शासनकालमा नेपालमा फुटबल राष्ट्रिय खेलको रुपमा स्थापित भएको थियो। रामजानकी कप (वि.सं १९९०) र त्रिभुवन च्यालेन्ज सिल्ड (वि.सं २००४) जस्ता धेरै घरेलु प्रतियोगिताहरू आयोजना भएसँगै धेरै क्लबहरू गठन भएका थिए।[५] वि.सं २००७ मा अखिल नेपाल फुटबल सङ्घको स्थापना भएसँगै यसैबाट नेपाली राष्ट्रिय फुटबल टोलीको गठन भएको थियो।[६]

उदयीमान समय (सन् १९६३-१९७०) सम्पादन गर्नुहोस्

वि.सं २०१९ मा आगा खान गोल्डकपमा नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल गृह मैदान बाहिर खेलेको थियो। प्रेसिडेन्स गोल्डकप, एसिया च्याम्पियन क्लब प्रतियोगिता र एसियाली क्लब प्रतियोगिता (हाल एएफसी च्याम्पियन्स लिगको रूपमा पुन: स्थापित गरिएको)को पूर्ववर्ती विभिन्न सङ्घहरू (एन्फा सहित)ले क्लबहरूको सट्टा राष्ट्रिय टोलीमा प्रवेश गर्न जोड दिएका थिए। नेपालले १८ सदस्यीय टोलीमा प्रवेश गरेपछि एन्फाले आफ्नो पहिलो खेल खेल्न खेलाडीहरूलाई ढाका, पूर्वी पाकिस्तान (हाल बङ्गलादेश) मा लगेको थियो। बङ्गबन्धु राष्ट्रिय रङ्गशालामा नेपालले पाकिस्तानी टोली वेस्टर्न रेलवेको सामना गरेको थियो। तर, उक्त खेलमा ७–० ले पराजित भएको थियो। त्यसको दुई दिनपछि नेपालले स्थानीय पूर्वी पाकिस्तानी टोली ढाका वान्डरर्ससँग खेलेको थियो। यद्यपि यो खेल पनि ०–७ ले पराजित भएको थियो। दुई खराब खेलपछि नेपाल प्रारम्भिक चरणबाटै बाहिरिने निश्चित थियो। अन्तिम खेल ढाका पुलिस क्लबसँग भएको थियो, यद्यपि, अघिल्लो भारी हारको बावजुद, नेपालले एक गोलको साथ खेल जित्न सफल भएको थियो। प्रकाशविक्रम शाह विदेशी भूमिमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए। उनले १९ औं मिनेटमा गोल गरेका थिए।[७]

आधुनिकीकरण र स्वर्णिम युग (सन् १९७०-१९९९) सम्पादन गर्नुहोस्

वि.सं २०२६ मा नेपाल फिफाको सदस्य बनेको थियो। त्यसको दुई वर्षपछि नेपाल एसियाली फुटबल महासङ्घमा आबद्ध भएको थियो। यससँगै नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल २०२९ असोज २७ मा खेलेको थियो जहाँ टोली जनवादी गणतन्त्र चीनसँग २–६ ले पराजित भएको थियो। फिफाले मान्यता दिएको प्रतियोगितामा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने पहिलो नेपाली फुटबल खेलाडी यमबहादुर घले हुन्। घलेले सन् १९८२ को एसियन गेम्समा कुवेतविरुद्ध गोल गरेका थिए। खेलको लोकप्रियताको बावजुद, उपयुक्त फुटबल पूर्वाधारको अभाव र प्रशिक्षक, प्राविधिक र अन्य सुविधाहरूको अभावले फुटबलको स्तर उकास्ने प्रयासको मार्गमा सधैँ बाधक रहँदै आएको थियो। युवा कार्यक्रम मार्फत नेपालमा फुटबलको प्रवद्र्धन गर्ने फिफाको अठोटले नेपाली फुटबलको समस्यालाई भने निकै राहत मिलेको थियो।

सन् १९८० को दशकको मध्यतिर फिफाले आर्थिक सहयोग प्रदान गर्नुका साथै नेपालको फुटबल सङ्घलाई आफ्नो पहिलो युवा कार्यक्रम सुरु गर्न सहयोग गर्न धेरै प्रशिक्षकहरू पठाएको थियो, जुन तल्लो स्तरमा (उदाहरणका लागि विद्यालयहरूमा) प्रतिभा पत्ता लगाउने र युवा खेलाडीहरूलाई मैदान भित्र र बाहिर आवश्यक ज्ञान प्रदान गर्ने दिशामा केन्द्रित थियो। प्रारम्भिक पञ्चवर्षीय योजनाले पहिलो युवा कार्यक्रम अन्तर्गत तयार पारिएका आधा खेलाडीलाई राष्ट्रिय टोलीमा स्थान दिलाउन मद्दत गरेको थियो भने पहिलो र छैटौँ दक्षिण एसियाली महासङ्घ (साफ) गेम्समा २ स्वर्ण पदक जित्ने टोलीमा अधिकांश युवा कार्यक्रमका खेलाडीहरू थिए। नेपाललाई तल्लो वरीयताको राष्ट्रमा राखिएता पनि दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले दुई स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेको थियो।

नेपालले सन् १९८६ मा डेनमार्कविरुद्ध ८० को दशकको मध्यदेखि अन्त्यसम्म एसियन कन्फेडेरेसन बाहिरका टिमबाट धेरै उल्लेखनीय मैत्रीपूर्ण खेलहरूको आयोजना गरेको थियो। मैत्रीपूर्ण खेलहरू सन् १९८७ मा सोभियत सङ्घपूर्वी जर्मनी र सन् १९८९ मा पश्चिम जर्मनी विरुद्धमा रहेको थियो।[८] सोही समयमा, नेपालले सन् १९८९ को एन्फा कपमा एफसी युराल सेभर्ड्लोभ्स्क ओब्लास्ट जस्ता क्लब टोली विरुद्ध प्रतियोगिताहरूमा प्रवेश गरेको थियो।

सन् १९९७ र १९९८ को गभर्नर्स गोल्ड कप, सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक र सन् १९९३ को दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (साफ च्याम्पियनसिपको पहिलो संस्करण) मा तेस्रो स्थान हासिल गरेको नेपालले विभिन्न सानातिना प्रतियोगिताहरूमा विजयी यात्रा जारी राखेको थियो।

ह्रास (सन् २०००–२००९) सम्पादन गर्नुहोस्

सन् २००१ देखि २००३ सम्म दुई समूह (सरकार समर्थित र फिफा समर्थित) बीचको विवादले नेपाली फुटबललाई गहिरो समस्यामा पारेको थियो। नेपालले प्रतिबन्धको सामना गर्नु परेको थियो र त्यसैले गर्दा नेपाली राष्ट्रिय टोली कुनै पनि खेलमा सहभागी हुन नपाएसँगै वरियतामा भारी गिरावट आएको थियो। सन् २००३ को जनवरीमा दक्षिण एसियाली फुटबल सङ्घ (साफ) च्याम्पियनसिपमा बङ्गलादेशसँग खेल्दै नेपालले आफ्नो १००औँ अन्तर्राष्ट्रिय फुटबल खेल मनाएको थियो। प्रतियोगितामा नेपालले खासै प्रभाव पार्न सकेन। २२ वर्षको अन्तरराष्ट्रिय सहभागितामा नेपाली टोलीले दक्षिण एसिया बाहिरका २६ राष्ट्रसँग मात्र खेलेको थियो तर विभिन्न क्षेत्रीय प्रतियोगितामा नेपालका सबै दक्षिण एसियाली छिमेकीलाई पराजित हुन पुगेको थियो। नेपालले सन् १९९९ को बङ्गबन्धु गोल्डकपमा घाना यु–२३ र सन् २००२ को फिफा विश्वकप छनोट खेलमा कजाखस्तान जस्ता प्रतिस्पर्धात्मक प्रतियोगितामा एएफसी बाहेकका टोलीको सामना गरेको थियो।

फुटबलको स्तर उकास्ने धेरै प्रयासहरू भएता पनि स्रोतसाधनको अभावले ग्रस्त राष्ट्रका खेलाडीले दक्षिण एसियाभन्दा बाहिर अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो छाप छोड्न सकेका छैनन्। सन् २००३ मा एएफसी एसियन कप छनोटका क्रममा नेपालको राष्ट्रिय टोलीले दक्षिण एसियाबाहिरका अन्तर्राष्ट्रिय खेलमा ठूलो हार बेहोरेको थियो। दक्षिण कोरियामा जारी एसियन कप छनोट चरणको खेलमा आयोजक राष्ट्र दक्षिण कोरियाले १६ गोल गरेको थियो। नेपालले ६ खेलमा ४५ गोल खाएको थियो भने एक पटक पनि गोल गर्न सकेको थिएन। यद्यपि, सन् २००२ फिफा विश्वकपको छनोट प्रतिस्पर्धामा नेपालले अन्तर्राष्ट्रिय फुटबलमा उत्कृष्ट प्रदर्शन गरेको थियो, जसमा टोलीले चार खेलमा दुई जित हासिल गरेका थिए भने मकाउइराकविरुद्ध दुई खेलमा १३ गोल गरेको थियो। नेपाली राष्ट्रिय तथा युवा टोलीले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गर्न नसकेको र फिफाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नयाँ उमेर प्रतिबन्ध प्रणाली लागू गरेपछि नेपालले फिफा विश्वकप र एएफसी एसिया कप छनोटका साथै सन् २००६ सम्म साफ च्याम्पियनसिपमा मात्र प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो।

पुनरुत्थान (सन् २०१०–हाल) सम्पादन गर्नुहोस्

ग्राहम रोबर्ट्सको नियुक्तिपछि नेपालले एक दशकको असफलता पछि केही सफलताको अनुभव गरेको थियो। नेपालले सन् २०१५ मा साफ यू–१९ च्याम्पियनसिप, सन् २०१६ मा तीन ठूला प्रतियोगिता, बङ्गबन्धु कप र एएफसी सोलिडारिटी कप तथा सन् २०१६ को दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो। सन् २०१६ मा नेपालले कुनै पनि खेल हारेको थिएन।[९][१०]

सन् २०१९ को एएफसी एसिया कप छनोटमा नेपालले राम्रो प्रदर्शन गर्न सफल भएको थियो, यद्यपि ग्वामले भाग नलिने निर्णय गरेपछि ग्वामको विकल्पको रूपमा टोली चयन गरिएको थियो।[११] नेपालले घरेलु मैदानमा धेरै बलियो फिलिपिन्स र यमनविरुद्ध दुई सफल बराबरी खेलेको थियो, दुवै ०-० को बराबरीमा टुङ्गिएको थियो।[१२][१३] तथापि, टोली ताजिकिस्तानसँग दुई पटक र फिलिपिन्स[१४][१५] र यमन[१६]सँग पराजित हुँदा, नेपाली राष्ट्रिय टोली २०१९ एएफसी एसिया कपमा छनोट हुन असफल भएको थियो।[१७]

सन् २०२२ को फिफा विश्वकप छनोटमा नेपालले बलियो अस्ट्रेलिया, कुवेत र जोर्डनका साथै चिनियाँ ताइपेइको सामना गरेको थियो। नेपालले चिनियाँ ताइपेईलाई २–० ले हराएको थियो[१८] भने पाँच खेलपछि गोल गर्न नसक्दा अन्य प्रतिद्वन्द्वीसँग पराजित भएको थियो।

सन् २०२१ को साफ च्याम्पियनसिपमा सहभागिता जनाउँदै नेपाल समूह ख बाट भारत राष्ट्रिय फुटबल टोलीपछि समूहको दोस्रो स्थानमा उक्लिएको थियो। उक्त खेलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो।[१९]

गृह मैदान सम्पादन गर्नुहोस्

 
दशरथ रङ्गशाला

यस टोलीको घरेलु मैदान देशभरि नै विभिन्न प्रकारका छन् जसमध्ये प्रमुख मैदान दशरथ रङ्गशाला हो, जुन नेपालको काठमाडौँमा अवस्थित एक बहुउद्देश्यीय रङ्गशाला हो। १८,००० दर्शक क्षमता रहेको छ। यो रङ्गशाला नेपालको सबैभन्दा ठूलो रङ्गशाला हो। नेपालको सहिद दशरथ चन्दको नामबाट यसको नामकरण गरिएको थियो।[२०]

सन् २०१२ को एएफसी च्यालेन्ज कप र सन् २०१३ को साफ च्याम्पियनसिपका लागि हलचोक रङ्गशालाले केही खेल आयोजना गरेको थियो।

खेल कार्यक्रमहरू बाहेक, रङ्गशालामा सांस्कृतिक कार्यक्रमहरूको लागि सङ्गीत स्थलको रूपमा पनि प्रयोग गरिन्छ जसमा सन् २०११ मा, ब्रायन एडम्सले प्रदर्शन गरिएको सबैभन्दा उल्लेखनीय कार्य हो।[२१]

सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिप अघि रङ्गशालाको जीर्णोद्धार गरिएको थियो जसमा २०,००० देखि २८,००० सम्म सिट विस्तार जस्ता धेरै सुधारहरू भएका थिए।[२२]

सन् २०२१ मा निर्माण सम्पन्न भएको पोखरा रङ्गशालामा अवस्थित पोखरा फुटबल रङ्गशाला लगायत केही हालै थपिएका रङ्गशालाहरू पनि नेपालमा अवस्थित छन्।

प्रतियोगिताको तथ्याङ्क सम्पादन गर्नुहोस्

*खेल बराबरी भएको जनाउँदछ जहाँ पेनाल्टी सुटआउटद्वारा निर्णय गरिएको नकआउट खेलहरू समावेश छ।
**रातो रङ्ग भएको सीमाले गृहमैदानमा खेल सञ्चालन भएको जनाउँदछ।

फिफा विश्वकप सम्पादन गर्नुहोस्

फिफा विश्वकपको तथ्याङ्क फिफा विश्वकप छनोटको तथ्याङ्क
वर्ष (सन्) नतिजा खेलिएका खेलहरू विजयी बराबरी हार का लागि गोल का विरुद्ध गोल गोल अन्तर अङ्क नतिजा खेलिएका खेलहरू जित बराबरी हार का लागि गोल का विरुद्ध गोल गोल अन्तर अङ्क
  १९३० फिफाको सदस्य नभएको फिफाको सदस्य नभएको
  1934
  १९३८
  १९५०
  १९५४
  १९५८
  १९६२
  १९६६
  १९७० प्रतिस्पर्धा नगरेको प्रतिस्पर्धा नगरेको
  १९७४
  १९७८
  १९८२
  १९८६ छनोट नभएको तेस्रो (समूह ग) ११ −११
  १९९० चौथो (समूह घ) २८ −२८
  १९९४ प्रतिस्पर्धा नगरेको प्रतिस्पर्धा नगरेको
  १९९८ छनोट नभएको चौथो (समूह घ) १९ −१७
   २००२ तेस्रो (समूह च) १३ २५ −१२
  २००६ प्रतिस्पर्धा नगरेको प्रतिस्पर्धा नगरेको
  २०१० छनोट नभएको पहिलो चरण −४
  २०१४ दोस्रो चरण ११ −४
  २०१८ पहिलो चरण −२
  २०२२ दोस्रो चरण २२ −१८
      २०२६ निर्णय हुन बाँकी निर्णय हुन बाँकी
जम्मा ०/२२ ८/२२ ३८ २८ २६ १२२ −९६ २२

अन्य राष्ट्रहरूसँग प्रतिस्पर्धा सम्पादन गर्नुहोस्

अद्यावधिक:२२ मार्च २०२३ मा   लाओससँगको खेलपछि।

      सकारात्मक नतिजा       तटस्थ नतिजा       नकारात्मक नतिजा

प्रतियोगी
खेलिएका खेल
जित
बराबरी
हार
का लागि गोल
का विरुद्ध गोल
गोल अन्तर
  अफगानिस्तान १० +६
  अस्ट्रेलिया −८
  बङ्गलादेश २८ १४ २३ ३४ −११
  भुटान १४ १३ ४४ +३८
  ब्रुनाई +२
  कम्बोडिया +१
  चीन ३१ −२९
  चिनियाँ ताइपेई +४
  हङकङ
  भारत २२ १६ ३९ −३०
  इन्डोनेसिया −९
  इरान २५ −२५
  इराक २२ −१७
  जापान २८ −२८
  जोर्डन १८ -१७
  कजाख्स्तान १० −१०
  कुवेत ३० −२९
  किर्गिस्तान −२
  लाओस +२
  मलेसिया २३ −२३
  मकाउ १६ +९
  माल्दिभ्स १७ २० २३ −३
  मौरिसस +२
  म्यानमार −९
  उत्तर कोरिया ११ −१०
  उत्तरी मारिआना टापु +६
  ओमान १२ १२ ५० −४७
  पाकिस्तान २१ २२ २५ −३
  प्यालेस्टाइन −३
  फिलिपिन्स १४ −१२
  साउदी अरब −७
  श्रीलङ्का १७ २० २५ −५
  सिङ्गापुर १२ −१२
  दक्षिण कोरिया ५५ −५४
  सिरिया −५
  ताजिकिस्तान −६
  थाइल्यान्ड २१ -१८
  तिब्बत +६
  पूर्वी टिमोर +६
  तुर्कमेनिस्तान −८
  संयुक्त अरब इमिरेट्स ११ −११
  भियतनाम −७
  यमन −६
जम्मा २५९ ६४ ४० १५५ २२८ ६०९ −३८१

सम्मान सम्पादन गर्नुहोस्

महादेशीय सम्पादन गर्नुहोस्

क्षेत्रीय सम्पादन गर्नुहोस्

आमन्त्रण सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "पाकिस्तानविरूद्धको खेलका लागि प्रवेश कटुवाल नेपाली टिमको प्रशिक्षक", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०७ 
  2. "The FIFA/Coca-Cola World Ranking", FIFA, २६ अक्टोबर २०२३, अन्तिम पहुँच २६ अक्टोबर २०२३ 
  3. ३.० ३.१ "FIFA Fixtures & Results", FIFA.com, मूलबाट ९ जुलाई २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २०१३ 
  4. "8th SAF-Games 1999", Indian Football, अन्तिम पहुँच २९ नोभेम्बर २०१३ 
  5. "नेपालमा फुटबलको उदय", हाम्रो खेलकुद (नेपालीमा), अन्तिम पहुँच २९ फागुन २०७९ 
  6. "इतिहासमा नेपाली फुटबल", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २९ फागुन २०७९ 
  7. "Late Prakash Bikram Shah – First Nepali National football player to score first-ever goal in International football", स्पोर्ट्सकिडा, अन्तिम पहुँच १९ अक्टोबर २०१३ 
  8. "Nepal – elo ratings", Elo Ratings, अन्तिम पहुँच १७ मार्च २०१५ 
  9. "Nepal beat Bahrain 3-0 in Bangabandhu, win first international title after 23 years than AFC Solidarity by beating Macau 1-0 in final ..Nepal won South Asian Games 2016 football Gold medal by defeating host country India on final 2-1.", The Himalayan Times, २२ जनवरी २०१६, अन्तिम पहुँच २१ नोभेम्बर २०१६ 
  10. "NEPAL CROWNED AFC SOLIDARITY CUP 2016 CHAMPIONS", AFC(Asian Football Confederation), १६ नोभेम्बर २०१६, अन्तिम पहुँच २१ नोभेम्बर २०१६ 
  11. "Teams for final round of AFC Asian Cup UAE 2019 qualifiers confirmed", Asian Football Confederation, अन्तिम पहुँच १३ जनवरी २०१७ 
  12. "Nepal held to goalless draw by Yemen", १३ जुन २०१७। 
  13. "Philippines blow chance to make Asian Cup", १४ नोभेम्बर २०१७। 
  14. "Nepal slump to 2-1 defeat vs Tajikistan in Asian Cup Qualifier", ५ सेप्टेम्बर २०१७। 
  15. "The AFC" 
  16. "AFC Asian Cup 2019 Qualifiers: Philippines 4-1 Nepal", २८ मार्च २०१७। 
  17. "Yemen beats Nepal 2-1 at AFC Asian Cup UAE 2019 Qualifiers Final Round match - Xinhua | English.news.cn", मूलबाट ३० मार्च २०१८-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण १७ जुन २०२२ मिति
  18. "फिफा विश्वकप छनाैटमा नेपालको सहज जित,ताइपेइ २-० ले पराजित", हातमा खबर (नेपालीमा), अन्तिम पहुँच २९ फागुन २०७९ 
  19. "साफ च्याम्पियनसिप : ३–० गोल अन्तरले भारत बिजयी", साझा सन्देश (नेपालीमा), अन्तिम पहुँच २९ फागुन २०७९ 
  20. "झण्डै ५ वर्षपछि दशरथ रङ्गशालामा 'ए' डिभिजन लिग फुटबल फर्कँदै"उज्यालो अनलाइन (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  21. "Bryan Adams live in Nepal,KTM at Dasarath Rangsala (Kathmandu) on 19 Feb 2011", Last.fm 
  22. "रङ्गशाला पुनर्निर्माण सम्पन्न"राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  23. "ANFA Invitational Tournament (Nepal)", RSSSF, मूलबाट १६ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुलाई २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्