हरि खड्का (जन्म २६ नोभेम्बर १९७६) पुर्व नेपाली फुटबलर हुन् । उनी १३ गोलका साथ निराजन रायमाझी सहित नेपाल राष्ट्रिय फुटबल टिमका उच्च गोलकर्ता हुन् । ११ वर्षे गौरवशाली राष्ट्रिय फुटबल जीवनमा पुर्णविराम लगाएका खड्का हाल भने विभिन्न राष्ट्रिय लिगका क्लबहरूमा प्रशिक्षण दिने काम गर्छन् । फिफा 'ए' तह तालिम कार्यक्रममा पनि उनले भाग लिएका छन् । भारत तथा बङ्गलादेशका विभिन्न क्लबमा आफ्नो क्षमता प्रस्तुत गरेका हरिले एक सिजन बङ्गलादेशको मोहम्मडन क्लबमा मासिक दुई हजार अमेरीकी डलर सम्म पारीश्रमिक पाएका थिए । ती क्लबहरूमा गरेको प्रदर्शनकै कारण अहिले सम्म पनि दक्षिण एसियाका मुलुकमा नेपाली टोली गए उनको खोजि हुने गर्छ ।

हरि खड्का
व्यक्तिगत जानकारी
पुरा नाम हरि खड्का
उचाइ १.७१ मि (५ फिट ७ इन्च)
खेल्ने स्थान(हरू) स्ट्राइकर
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९४-१९९६ रानीपोखरी कर्नर टिम ८५ (१८)
१९९६-१९९७ टल्लीगुन्जे अग्रगामी (९)
१९९७-१९९८ केरेला पुलिस २८ (१२)
१९९९ मुक्तिजोद्धा संग्सद केएस (१)
१९९९-२००० एट्लान्टा सिउडाड डी मेक्सिको (०)
२००० प्रिपा पुमाज २९ (५)
२००१ महिन्द्रा युनाइटेड ११ (१)
२००१-२००२ मोहन बगान एसी ३७ (१२)
२००३-२००६ नेपाल पुलिस क्लब ११ (७)
अन्तर्राष्ट्रिय करियर
१९९५-२००६ नेपाल ४१ (१३)
*क्लब घरेलु लिग उपस्थिति र गोल

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

फुटबलबाट हरि यति प्रभावित छन् कि उनले आफ्नो छोराको नामनै फ्रेन्च खेलाडी थियरी हेनरी को नामबाट 'हेनरी' राखेका छन् । आफु फुटबल खेलाडी भएकाले छोरालाई पनि बनाउने इच्छा राखेका उनले उसको व्यक्तिगत स्वतन्त्रतामा भने हस्तक्षेप नगर्ने बताउँछन् । उनको ब्यक्तिगत योजना भने सडक बालबालिका का लागि फुटबल एकेडेमी खोल्ने छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

स्रोतहरू सम्पादन गर्नुहोस्