हलचोक रङ्गशाला
हलचोक रंगशाला एक बहु प्रयोगी खेलकुद रंगशाला हो । यो रंगशाला काठमाडौ जिल्ला प्रदेश नम्बर ३ मा अवस्थित रहेको छ ।[१] यो रंगशालाको जम्मा दर्शक क्षमता ३,५०० रहेको छ ।[२]
स्थान | काठमाडौँ, नेपाल |
---|---|
निर्देशाङ्क | २७°४३′१०.४४″उ॰ ८५°१६′५७.२३″पू॰ / २७.७१९५६६७°N ८५.२८२५६३९°Eनिर्देशाङ्कहरू: २७°४३′१०.४४″उ॰ ८५°१६′५७.२३″पू॰ / २७.७१९५६६७°N ८५.२८२५६३९°E |
मालिक | नेपाल सरकार |
परिचालक | एपीएफ |
दर्शक क्षमता | ३,५०० |
सतह | घाँसे मैदान |
निर्माण | |
मर्मत सम्भार | १९९८, २०११ |
यो रंगशाला मुख्य गरी फुटबल खेलका निम्ति प्रयोग हुने गर्दछ । यो रंगशालामा प्राकृतिक घाँसे मैदान रहेको छ ।[३] अन्तिम पटक यो रंगशालामा प्रमुख प्रतियोगिताको रूपमा २०१३ साफ च्याम्पियनसिपको आयोजना गरिएको थियो ।
आयोजना गरिएको प्रतियोगिताहरू
सम्पादन गर्नुहोस्- २००५ एएफसी प्रेसिडेन्ट कप
- एएफसी च्यालेन्ज कप २०१२
- २०१३ साफ च्याम्पियनसिप
- शहिद स्मारक ए-डिभिजन का लगातारका खेलहरू
- नेपाल राष्ट्रिय फुटबल टिमका छनोट खेलहरू
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Halchowk Stadium", goalzz.com (Goalzz Stadiums), अन्तिम पहुँच २०१०-०३-२०।
- ↑ "2012 AFC Challenge Cup Stadium Guide: Kathmandu - Dasarath Rangasala and Halchowk Stadiums", goal.com, अन्तिम पहुँच १ सेप्टेम्बर २०१८।
- ↑ "Halchowk Rangasala", soccerway.com (Soccerway), अन्तिम पहुँच २०१०-०३-२०।