चन्द नेपालको सुदूर पश्चिम, मध्य पश्चिम हुँदै नेपाल भरी बसोवास भएका चन्द्र वंशी क्षेत्रीय ठकुरी मध्यको एक थर हो । खासगरी सुदूर पश्चिमको बैतडीदेखी मध्य पश्चिमको प्युठान हुँदै म्याग्दी, पोखरा हुँदै काठमाडौंसम्म चन्द ठकुरीको बसोवास रहेको देखिन्छ । भारतका विभिन्न भु-भागहरू मध्य खासगरी उत्तराखंड राज्यको काँगडा, गढवाल, कुमाउँ, पिथौरागढ हुँदै नेपालको बैतडी तथा सम्पूर्ण नेपालभर फैलिएको यस थरको नेपालमा ऐतिहासिक तथा सामाजिक पहिचान अत्यन्त सवल रहेको देखिन्छ । कालिकुमाउँ, चम्पावत, सिंजावलीगढी हुँदै, काँगडा क्षेत्रमा फैलिएको प्राचिन कत्युर राज्यमा आफ्नो आधिपत्य जमाइ राजकाज सुरु गरेका सोमचन्द्र र उनका वंशहरू अहिले भारतका विभिन्न राज्यहरू तथा नेपालको काठमाडौंसम्म फैलिएर बसोवास गरिरहेका छन् । नेपालमा चन्द ठकुरीहरूको अत्यन्त सबल सामाजिक अस्तित्व रहेको छ । नेपाली समाजमा राजनिती, व्यपार, सरकारी सेवा आदिमा चन्द ठकुरीहरूको अत्यन्त राम्रो उपस्थिति र इतिहास रहेको छ । यसको प्रारम्भिक श्रेय भारतबाट बैतडी आइ राजकाज थालेका चन्दहरूका पुर्खा रानादेउ, भानादेउ, उदयदेउ र जसुदेउलाई जान्छ । तर, आधुनिक समयमा नेपाली समाजमा चन्दवंशको पहिचान बनाउन आधुनिक नेपाली राजनीतिक इतिहासका महान् शहिद दशरथ चन्दको योगदान सबै भन्दा माथी र अमुल्य रहेको देखिन्छ ।[१] त्यसपछि चन्द वंशलाई आजको अवस्थासम्म ल्याइ पुर्याउनमा चार पटकसम्म नेपालको प्रधान मन्त्री बनेका लोकेन्द्रबहादुर चन्दलाई जान्छ । नेपाली साशन व्यवस्थाको बागडोर चार पटकसम्म सम्हाल्ने व्याक्ति लोकेन्द्रबहादुर चन्दको कारणले नेपालका चन्द ठकुरीहरूको सामाजिक अस्तित्व अत्यन्त मजबुत बनेको देखिन्छ । उनीपछि विभिन्न चन्दहरू नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवा, नेपाली राजनिती, व्यापार व्यवसाय आदिमा उच्च पदस्थ भइ कार्य गरिरहेकाले पनि नेपाली समाजमा चन्द ठकुरीको पहिचान र स्थान अत्यन्त सबल देखिन्छ ।[१] यसैगरी भारतको उत्तराखंड राज्यमा ११ औँ शताब्दीदेखि चन्दवंशले १९ औँ शताब्दीसम्म शासन गरेकाले त्यस क्षेत्रमा (कुमाउँ, गढवाल, काँगडा, पिथौरागढ, सिंजावलीगढ, चम्पावत आदी) पनि चन्दवंशको सामाजिक स्थान र पहिचान अत्यन्त सबल रहेको देखिन्छ ।[१]

चन्द वंशको उद्गम

चन्दवंशका महत्त्वपूर्ण व्याक्तित्व

  1. अहिलेसम्म नेपाली समाजमा चन्दवंशका सबैभन्दा पूज्य व्याक्तित्वको रूपमा अमर शहिद दशरथ चन्द रहेका छन् । उनी नेपालको १०४ वर्षे राणा शासनको अन्त्य गर्ने प्रजातान्त्रिक आन्दोलनका अभियन्ता थिए जसलाई राणाहरूले मृत्युदण्ड दिए । शहिद दरथ चन्द रानादेउ पट्टीको वंशमा जन्मिएका थिए ।
  2. उदयदेउको वंशबाट अहिले नेपालको राष्ट्रिय जिवनमा महत्त्व राख्ने र प्रभाव पार्ने व्याक्तित्वहरूमा नेपालको चार पटकसम्म प्रधान मन्त्री भएका लोकेन्द्रबहादुर चन्द उल्लेखनिय छन् । [१]
  3. राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द
  4. अंगेज राज्यकालमा चर्चित रहेका कप्तान जय बहादुर चन्द केही उदाहर्ण मात्र हुन् |

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ १.२ १.३ गौतम गोत्र एकता समाज नेपालद्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण लेखक- राजेश कुमार बटाला

बाह्य कडीहरू