राणा

क्षत्रिय राजन्य उपाधि तथा थर

राणा हिन्दू धर्मावलम्बी राजपुतक्षेत्रीहरूको थर हो। राणा खासमा एक राजपुत उपाधि हो । कुँवरमाथि राणा उपाधि धारण गरी राणा वंश स्थापना गर्ने जंगबहादुर राणा (वीरनरसिंह कुँवर) पहिलो नेपाली राणा वंशज हुन्। यी राणा क्षेत्रीहरू वत्स गोत्रका हुन् भने मेवाडका राणाहरू वैशमपायन गोत्रका हुन् ।

भीम सिंह राणा, उदयपुरका राणा (राजा)
प्रथम राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा, कास्की तथा लम्जुङ्गका राणा (राजा)

शब्द सम्पादन गर्नुहोस्

राणाको अर्थ सार्वभौम राजा मानिएको छ । तर मेवाड राज्यका राणाहरूले राणा उपाधिलाई राज्यको संरक्षक (Royal Custodian) का रूपमा मान्दै आएका छन् । भारतीय राजपुत समाजमा राणा उपाधि सर्वाधिक उच्चतम् मानिएको छ । राजाझैं राणाकी श्रीमतीलाई पनि रानी नै भनिन्छ । राणाका बन्धु शब्दहरू रावल, राव, राय, राई, राजा, राया, आदि हुन् । यी सबैको अर्थ एउटै हुन्छ ।

राणा उपाधि प्रथम चोटि राणा हम्मीर सिंह (१३२६-१३६४)ले लिएका थिए । उनले आफ्ना पूर्वजको रावल उपाधि त्यागी राणा उपाधि लिएका थिए ।

मेवाडका राणा सम्पादन गर्नुहोस्

 
महाराणा प्रताप (राजा रवि वर्मा द्वारा चित्रित)

नेपालको राणाहरू प्रधानमन्त्री सम्पादन गर्नुहोस्

पूर्वज सम्पादन गर्नुहोस्

यिनीहरूको पूर्वज कुँवरहरू हुन्। आजका राणाहरूको पुर्ख्यौली ३ दाजुभाइ बालनरसिंह कुँवर, बलराम कुँवर र रेवन्त कुँवरमा पुग्दछ। जंगबहादुर राणाले सत्तामा आउनासाथ धारण गरेको वा पाएको उपाधि राणालाई थर बनाइयो। त्यसरी कुँवरबाट राणा अलग्गिएका हुन्।[१]

संख्या सम्पादन गर्नुहोस्

राणाहरू नेपालमा निम्नसङ्ख्यक छन् । उनीहरूको बसोबास काठमाण्डौ उपत्यकामा विशेष छ ।

वर्तमानमा "राणा" थर लेख्ने को को सम्पादन गर्नुहोस्

राणा थर लेख्ने राजपुत मात्र नभएर वैश्य र थारुहरू पनि भेटिन्छन । यसैकारण थरले सम्पूर्ण परिचय खुल्दैन । हेरौ तालिका र बुझौ वास्तविकता के के छ हाम्रो समाजमा

क्रम -स पूर्खाको थर बर्तमानमा लेख्ने गरेको थर गोत्र बसोबास कुलदेवता पहिचान कैफियत
रावल राणा वैशमपायान भारतको मेवाड ------? राजपुत /ठाकुर राजपुत
----? राणा भारद्वाज उत्तराखण्ड जागेश्वर दण्डश्वर महादेव राजपुत /ठाकुर राजपुत
कुँवर राणा वत्स काठमाण्डौ / नेपालगञ्ज --------? क्षत्री राणा महाराज -------?
राना राणा धनन्जय डोटी /बैतडी /कैलाली खडायत वैश्य क्षत्री खस
राना राणा ----- ? भारतको उत्तरप्रदेश ------? वैश्य/थारु थारु

राणाले मान्ने विशेष पर्वहरू सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोला सम्पादन गर्नुहोस्