स्वस्तिमा खड्का
स्वस्तिमा खड्का (जन्म ४ जुलाई १९९५) एक नेपाली अभिनेत्री हुन् जो मुख्य रूपमा नेपाली सिनेमामा काम गर्छिन्। उनी 'लभ लभ लभ' (सन् २०१७), 'छक्का पञ्जा २' (सन् २०१७), नाइ नभन्नु ल ५' (सन् २०१८), र 'बुलबुल' (सन् २०१९) मा देखा परेकी छिन्।
स्वस्तिमा खड्का | |
---|---|
![]() सन् २०१९ मा खड्का | |
जन्म | काठमाडौँ, नेपाल | ४ जुलाई १९९५
नागरिकता | नेपाली |
पेशा | अभिनेत्री, मोडल |
गृहनगर | काठमाडौँ, नेपाल |
जीवनसाथी | निश्चल बस्नेत (वि. सन् २०१६) |
खड्काले सन् २०१५ को किशोर प्रेमप्रसङ्गयुक्त 'होस्टल रिटर्न्स'मा अभिनेत्रीको रूपमा पदार्पण गरेकी थिइन्, जसका लागि उनलाई सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि राष्ट्रिय चलचित्र पुरस्कारका लागि मनोनयन गरिएको थियो। यो प्रारम्भिक सफलता व्यवसायिक रूपमा सफल चलचित्रहरूको शृङ्खलाद्वारा पछ्याइएको थियो। उनको पदार्पण पछि, उनी सन् २०१७ को प्रेमप्रसङ्गयुक्त नाटक 'लभ लभ लभ'मा देखा परेकी थिइन्, जसले आलोचकहरूबाट सकारात्मक समीक्षा प्राप्त गरेको थियो। सन् २०१७ मा, खड्का सामाजिक नाटक चलचित्र 'छक्का पञ्जा २' मा देखा परेकी थिइन्, जुन व्यावसायिक रूपमा सफल भएको थियो, जसले रिलीजको पहिलो छ दिनमै ६० मिलियन नेपाली रुपैयाँ कमाएको थियो, र दोस्रो सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको थियो। उही वर्ष, खड्काले नाटक चलचित्र 'बुलबुल'मा अभिनय गरेकी थिइन्। चलचित्र ९२औँ एकेडेमी पुरस्कारमा सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय कथानक चलचित्रका लागि नेपाली प्रवेशको रूपमा चयन गरिएको थियो, तर यो नामित भएको थिएन। चलचित्रमा उनको अभिनयले आलोचनात्मक प्रशंशा प्राप्त गरेको थियो।
नेपाली चलचित्रमा प्रवेश गर्नु भन्दा पहिले, उनले १७ वर्षको उमेरमा मिस टिन नेपालमा भाग लिएकी थिइन्। उनले सन् २०१६ देखि निश्चल बस्नेतसँग बिहे गरेकी छिन्।
व्यक्तिगत र प्रारम्भिक जीवनसम्पादन
स्वास्तिमा खड्काको जन्म ४ जुलाई १९९५ मा काठमाडौँ, नेपालमा भएको थियो।[१] उनले आफ्नो प्रवेशिका परीक्षा (एसएलसी) वीरेन्द्र सैनिक आवासीय महाविद्यालय, भक्तपुरबाट पूरा गरेकी थिइन्। खड्काले थापाथली क्याम्पसबाट आर्किटेक्चरल इन्जिनियरिङमा तीन बर्षे डिप्लोमा लिएकी छिन्। १७ वर्षको उमेरमा, उनले नेपाली राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस टिन नेपालमा भाग लिएकी थिइन्।[२][३]
फिल्मोग्राफीसम्पादन
वर्ष | चलचित्र | भूमिका | टिप्पणीहरू | सन्दर्भ |
---|---|---|---|---|
२०१५ | होस्टेल रिटर्न्स | एलिना | ||
२०१७ | लभ लभ लभ | समृद्धि | ||
२०१७ | प्रेम गीत २ | अतिथि भूमिका | [४] | |
२०१७ | २ रुपैयाँ | नर्तकी | ||
२०१७ | छक्का पञ्जा २ | आकांक्षा | ||
२०१८ | छक्का पञ्जा ३ | |||
२०१८ | जय भोले | निशा | [५] | |
२०१८ | नाइ नभन्नु ल ५ | अञ्जना/रञ्जना | ||
२०१९ | बुलबुल | रनकला | ||
२०१९ | हजार जुनी सम्म | अवन्तिका | ||
२०१९ | घामड शेरे | गौरी | ||
२०२० | चपली हाइट ३ | [६] |
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ Nepal, Anand (१५ अक्टोबर २०१४), "Swastima Khadka, Biography of Hostel Return actress", Nepali Actress, मूलबाट १४ नोभेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अप्रिल २०२०।
- ↑ Subedi, Abhigya (१ मे २०१९), "Swastima Khadka: On The Art Side Of Things", The Nepali Man, मूलबाट १५ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अप्रिल २०२०।
- ↑ Nepal, Anand (७ अगस्ट २०१७), "Swastima Khadka – a new sensation in Nepali film industry", Nepali Actress, मूलबाट १९ नोभेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अप्रिल २०२०।
- ↑ "Watch Video : Swastima & Pradeep To Romance For Prem Geet 2", Moviemandu, ३ जनवरी २०१७, मूलबाट १५ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अप्रिल २०२०।
- ↑ "Jai Bholey goes into production", The Kathmandu Post, १६ फेब्रुअरी २०१८, मूलबाट १५ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अप्रिल २०२०।
- ↑ "Swastima Khadka featuring in 'Chapali Height 3'", My City, ११ सेप्टेम्बर २०१९, मूलबाट २४ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अप्रिल २०२०।