रावल नेपाल तथा भारतमा बसोवास गर्ने एक प्रकारको थर हो । रावल थर लेख्नेहरु फरक फरक कुलखान्दानका भेटिन्छन | यिनका गोत्र पनि फरक फरक छन् | भारत उत्तरखंड राज्यको बागेश्वर र केदार नाथमा रावल थर लेख्ने भारद्वाज गोत्रीयहरु मन्दिरका पुजारी छन् । यसर्थ रावल थर भिभिन्न खानदानमा भेटिन्छ ।डोटी डडेल्धुराका शौनक गोत्रीय रावलहरु आफूलाई ठकुरी भन्दछन भने त्यसैगरि बझांङ्ग का कौशिक गोत्रीय रावलरानाकोटी बझांङ्ग का विभिन्न ठाँउ जस्तै जुजी को टम्टाना, मोरिबगर, अनि छबिस को जिउली लगायत नेपाल का केहि जिल्लाहरुमा बसोबास गर्दछन् जो आफुलाई क्षेत्री भन्दछन् बाजुराका कश्यप गोत्रीय रावल अछामका संडील्य गोत्रीय रावल ,कश्यप गोत्रीय रावल आफूलाई छेत्री भन्दछन | बैतडीका गौतम गोत्रीय मारकंड जातिहरू पनि रावल लेख्छन | देउकी चडायकाहरूबाट जन्मेका कश्यप गोत्रीय वैश्य भूल जाति पनि बर्तमानमा रावल थर लेख्छन | इतिहास हेर्दा जुम्लाका कल्याल राजा तथा कल्याल शाहीका पूर्वज बलिराजलाई रावल भनेर लेखिएको भेटिन्छ | रावल राज्पुत्रको प्रयावाची शब्द हो |

हामी गुरुङ भित्र हजारौं रावल गुरुङ छ पुर्व रावल लाम्छाने गुरुङ