रोकाया

नेपाली क्षेत्री थर

रोकाया  :- नेपालको प्राय पश्चिम् क्षेत्रमा बसोबास गर्ने यो क्षेत्री अन्तर्गत पर्ने थर हो । रोकाया सरकारी दर्जाबाट उत्पत्ति भएको थर हो। रोकाया महतको सहयोगीलाई भनिन्थ्यो । रोकाया पनि तीन किसिमका उच्च मध्य र निम्न रहेको पाइन्छ । यिनिहरु भारतबाट नेपाल आयको किबदन्ती छ । कास्यप गोत्र मान्ने रोकाया प्रमुख मानिन्छ ! रोकायामा सबभन्दा उच्च रोकाया उचिधुङ्गे रोकाया हो । यो रोकाया पश्चिम भारत हुँदै जुम्लाको सिंजा बाट अन्यत्र सम्म बसोबास रहेको पाइन्छ । जुम्ला बाट बाजुरा कालिकोट बझाङको माझिगाउ,दुर्गाथली ३ विजाडा र बास्काटिया सम्म फैलिएको छ्न ।

रोक्का वा रोका क्षेत्री,मगर तथा दलितको थर हो भने रोका/राेकाया क्षेत्री को थर हो यो थर भएका क्षेत्री हरु कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न ठाउमा बसोबास गर्दछन ! खत्री क्षेत्री जस्तै रोकाया हरु पनि ब्राह्मण जातिका पुरुसले क्षेत्रीनी बिहे गरेर झरेका हुन । उल्लेखनीय रोकायाहरू:

  1. शैलेन्द्र रोकाया ( उचिढुङे) पत्रकार , बझाङ।
    • हंसराज रोकाया। युवा नेता दुर्गाथली ३ बझाङ।


बाङ्ग जिल्ला दुर्गाथली गाउँपालीका वडा न ३ बिजाडा रोकाया, माडको पुरानु काहानी धने रोकायाको मुख बाट । तल्ली कत्युर मल्ली कत्युर जित्यगा गोविचन्द्र राजा, देविधुर बस्दा जटीचन्द्र, गोविचन्द्र को मृत्यु भयो कियाकाज गर्न खोज्दा कतै पनि पायन देविधुरका जटी चन्द्र जे भने पनि भनेको मान्नेथिए । गोविचन्द्र को किया जटीचन्द्र बसे । क्रियाकाष्ट गरी सकेपछी जटीचन्द्र लाई धनसम्पती दिएर डाँडो कटायो । काली तरी वारी आया शुद्ध ठाउँ हेयो । दार्चुल्लाको खण्टेश्वरीमा बसे जटीचन्द्र रगुवंशबाट रोकाया बन्या तिनले त्यही विवाह गरी त्यही बसे । जेठा गुद्धम रोकाया तिन भाई जेठा व्यापारी गर्ने लाग्या । बाजको व्यापार गर्ने लाग्या बझाङ्ग जिल्ला आया । कुट्याल सौगासंग आया कस्तुरी विना र बाज लिई आयाका साड र रोकाया । डुम्रीगा तल्लागाई बावन इन्द्रजाल पडेका रैछन् । सिपाहीले बाज समायो र उडायो । गुदुम रोकायले मेरो बाज केहि उडाई भन्यो । त्यसपछि हातहालाहाल भई जनै टुटायो । तल्ला गाई बावनले तेरो बाजको र कस्तुरीको मोल म दिन्छु । भनि न्याया दियो । यस्ता माईस चाहिगा हुनाले आफुसंग लियो । बिजाडाका मुख्या बनायो । ताइबाट वाजको मोल असुल्यायो । धेरै पुस्ता भयो। लेख्या पढेका छेयाइन। एक जना माडलाई रोकायाले आफनो आनकाटीगो भाई बनायो । आजसम्म विहेवारी चलेको छैन् । त्यो झगडा भएगो कुट्याल सौगाले दार्चुल्ला खबर पुत्रायो । दार्चुल्लाबाट काईसा भाई खोजि आया । अर्को सौगासंग आया । पत्ता लाउन सकेन पणेश गया। थापासंग भैयारी भई । उईलगो जमाना पढाई लेखाई नहुनाले अर्काको अधिनमा रनिछ्या । माईसगो कमिकमजोरी थियो । तिन भाई हुन जेठा गुद्धम, माईला गिठ्या कान्छा को नाम थाहाँ थिएन । रोकायातल्ला गाईले लियो माडलाई उपल्ला राठिले लियो तनका दास भयौ । मेरो नाममा जग्गा दर्ता अरिदेउ भन्ना अरेन धेरै साल बित्यो । जित्या मुख्याको नाममा १८९० सालमा दर्ता भयो । कसै कसै को नाम चिनेका छन् बुबा साग्या, छोरा भान्या, भानेका छोरा जिते, जितेका छोरा करसिङगे, जसबिरे, कन्थया, कन्थ्याका छोरा कईले, कन्थ्याका छोरा धने रोकाया हुन । राजा कोपालामा राजा बोलाउन्या डुमरयाल बावनले बिजाडाको दुध खिरचौका जान्थ्यो । बगिन्ना भैसा को कुराउनि लैना भैसाको खिर खिरचौका बनाउने, राजाल खान्थ्ये खिरचौको यसले नाम रहेको थियो । नामः धने रोकाया बर्ष ७६