सुशीला रायमाझी (२०१३-२०६८) नेपाली चलचित्र कलाकार थिइन्। रेडियो नाटकबाट अभिनय यात्रा सुरू गरेकी रायमाझीले रङ्गमञ्च, ठूलो पर्दा, सानो पर्दामा समेत अभिनय गरेकी थिइन्।

सुशीला रायमाझी चलचित्र सम्बन्धी एउटा कार्यक्रममा सन् २००७ याक एण्ड यति होटलमा

शुरूवाती जीवन सम्पादन गर्नुहोस्

वाल्यकाल सम्पादन गर्नुहोस्

शिक्षा सम्पादन गर्नुहोस्

पेशागत जीवन सम्पादन गर्नुहोस्

सुशीलाले प्रकाश थापाले निर्देशन गरेको चलचित्र सिन्दूरबाट चलचित्र अभिनय यात्रा थालेकी थिइन् । उनले युगदेखि युगसम्म, आमा, सुपरस्टार, कहाँ भेटिएला, सानो संसार, नाता रगतको, माया नगर, म तिमी विना मरिहाल्छु नाता रगतको, लगायतका चलेका चलचित्रमा अभिनय गरेकी छन्। उनले मह जोडीले बनाएको टेलिचलचित्र रङ नम्बर मा पनि अभिनय गरेकी थिइन्।[१] [२]

अभिनय यात्राकै क्रममा सुशीला रायमाझीले २०३२ सालमा सांस्कृतिक संस्थानमा जागिर पाइन्। [३] जहाँ उनले विभिन्न नाटकहरूमा अभिनय गरिन्।

उनले अभिनय गरेको रूपमती टेलिसिरियलबाट नेपाली दर्शकहरूमा उनको जीवन्त अभिनयको गहिरो छाप परेको थियो।[स्रोत नखुलेको] दर्शकको रोजाइमा परेकी सुन्दर रूप भएकी र रङ्गमञ्चबाट खारिएर चलचित्र क्षेत्रमा प्रवेश गरेकी कलाकार भए तापनि उनले धेरै चलचित्रमा अभिनय गर्न पाइनन्।[४] जे जति चलचित्रमा अभिनय गरिन् त्यो प्रसंसित थियो।

पछिल्लो समय उनले चलचित्र निर्माण गरेकी थिइन्। उनले निर्माण गरेका चलचित्र धनसम्पत्ति, पिँजडा आदि हुन्। यिनले आफनी छोरी प्रसिद्धिका रायमाझी लाई धनसम्पत्ति चलचित्रबाट डेब्यु गराएकी थिइन्।[१]

उनले अभिनय गरेको अन्तिम नेपाली चलचित्र कालापानी हो।[१]

रायमाझीको क्यान्सर रोगबाट २०६८ माघ १२ गते काठमाडौंको बि एण्ड बी अस्पतालमा निधन भयो।[२] रायमाझीको सोही राती पशुपति आर्यघाटमा परिवारका सदस्यहरु मात्रको उपस्थितिमा दाहसंस्कार गरियो। [५]



सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "चरित्र अभिनेत्री सुशीलाको निधन"।  লেখা " https://www.kantipurdaily.com/printedition/2012/01/26/262480.html" উপেক্ষা করা হয়েছে (सहायता); कान्तिपुर दैनिक १२ माघ २०६८
  2. २.० २.१ "सुशीला रायमाझी", अन्तिम पहुँच जुन १, २०१८  हिमाल खबर पत्रिका
  3. "१५ गतेपछि म चम्किएँ"।  লেখা " https://www.kantipurdaily.com/entertainment/2014/07/29/393138.html" উপেক্ষা করা হয়েছে (सहायता); कान्तिपुर दैनिक १३ साउन २०७१
  4. "मेरा हिरोइन"।  লেখা " https://www.kantipurdaily.com/koseli/2012/09/07/279205.html" উপেক্ষা করা হয়েছে (सहायता); रमण घिमिरे, कान्तिपुर दैनिक २२ भाद्र २०६९
  5. "किन रहस्यमा राखियो यिनका निधनलाई ?", अन्तिम पहुँच जुन १, २०१८  घटना र विचार साप्ताहिक

बाह्य कडीहरू सम्पादन गर्नुहोस्