बुढाथोकी
नेपालका जातिय वर्गीकरणअनुसार खस क्षत्री जातमा पर्ने थर /बुढाथोकी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने मष्ट पुजक हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।
पूर्वज
सम्पादन गर्नुहोस्बुढाथोकीहरू मूलतः खस क्षेत्री हुन् । कर्णालीको सिंजा प्रदेशबाट बुढाथोकीहरूको उद्गम भएको पाइन्छ । ११०० वर्षअघि सम्म बुढाथोकीहरुको सिंजा उपत्यका बाइसे चौबिसे राज्य अन्तर्गत त्यहाँका राजाहरु भएको इतिहास छ। देहरादुनबाट उपाध्याय ब्राह्मणहरू नेपाल प्रवेश गरेर यहाँका बसोबासका आधार खस क्षेत्रीहरूको जात वर्गीकरण नगरिन्जेलसम्म कर्णाली प्रदेशका सबै खस क्षेत्रीका एकै थर (चल्ल) रहेको पाइन्छ । बुढाथोकी सेनाको उपल्लो दर्जाको पद (थोक वा क्षेत्रका जिम्मेवारी लिने मुख्य व्यक्ति, बुढा)का आधारमा राखिएको वर्णन पाइन्छ । करिव ९ सय वर्षअघि काठमाडौं उपत्यका आक्रमणका क्रममा दैलेखका दुल्लुबाट प्रस्थान गरेका बुढाथोकीहरू त्यसपछि नेपालभरि नै फैलिएका हुन् ।
बुढाथोकीहरूमा पनि खपतरी , खुलाल, सोडारी गरी बाँडिएका छन् । खपतरी बुढाथोकी कौशिक गोत्रीय हुन भने खुलाल धनन्जय, सोडारी कास्यप गोत्रीय हुन् । कर्णाली क्षेत्रमा बुढाथोकीहरूले बुढाक्षेत्री लेख्ने गरेका छन् ।
संख्या
सम्पादन गर्नुहोस्बुढाथोकीहरू कर्णाली प्रदेश हुँदै नेपालका प्रायः सबै जिल्लामा बसोबास गर्दछन् । पू्र्वमा भारतको असाम राज्यसम्म बुढाथोकीहरूका बसोबास भएको पाइन्छ । नेपालमा बढी संख्यामा जुम्ला, हुम्ला,अछाम, दैलेख,सल्यान, दाङ, दोलखा, रामेछाप, ओखलढुंगा, खोटाङ र झापा जिल्लामा बुढाथोकीहरूको बसोबास रहेको पाइन्छ ।
बुढाथोकीले मान्ने विशेष पर्वहरू
सम्पादन गर्नुहोस्बुढाथोकीहरू अन्य खस क्षेत्रीहरू झै मष्ट पुजक हुन् । बुढाथोकीहरूले पनि मूलतः कुलदेवता पूजा वा देवाली गर्ने गर्छन् । नेपालमा मानिने सनातन हिन्दु धर्मअनुसारका सबै पर्व मान्ने गरेका छन् ।