थापा वंश
थापा काजी खलक वा थापा काजी वंश वा थापा भारदार परिवार नेपालको एक थापावंश हो[१] जसले सन् १८०६ देखि १८३७ र सन् १८४३ देखि १८४५ सम्म शासन गर्यो ।[२] राणा वंशको उदयपूर्व यो परिवारले नेपालका शाह वंश, बस्नेत परिवार र पाँडे वंशसँगै राजनीतिक शक्तिको प्रतिस्पर्धा गर्यो ।[१] पाँडे वंश र थापा वंश राजनीतिक रूपमा सदैव कट्टर दुश्मन रहे ।[३] यो वंश थापा कुल बाट उत्पत्ति भएका मुख्तियार भीमसेन थापाको परिवारलाई जनाउँदछ। तर बडाकाजी अमरसिंह थापाका सन्तानहरू पनि भारदार र उच्च अधिकारी भएकाले एउटै कुलको भीमसेन परिवारसँगै कहिलेकाहिं यस वंशमा मिसिएको देखिन्छ। यस वंशका पुरुष व्यक्तित्वहरूलाई थापा काजी भनी सम्बोधन गरिन्छ।
थापा काजी खलक/थापा काजी वंश थापा भारदार परिवार | |
---|---|
भारदार परिवार | |
राष्ट्र | नेपाल |
सम्पदा | थापाथली दरबार बाग दरबार धरहरा |
उपाधिहरू | काजी, मुख्तियार |
सम्बोधन शैलीहरू | काजी साहेब, थापा काजी |
स्थापना | वि.सं. १८६३ |
संस्थापक शासक | भीमसेन थापा |
अन्तिम शासक | माथवरसिंह थापा |
अपदस्थ | वि.सं. १९०२ |
जातियता | खस क्षेत्री |
धर्म | हिन्दु |
वंश उदय
सम्पादन गर्नुहोस्थापा वंशलाई उदय गराउन नेपाल दरबारका काजी भीमसेन थापाको प्रमुख योगदान छ ।[४] यो परिवारले सत्तामा आउनासाथ नेपालको राजपरिवार शाह वंशलाई नाममात्रको शासक बनाइ प्रशासन एवम् सैन्य शक्तिको पूर्ण परिचालन गरेको थियो । थापा वंशावलीका अनुसार मुख्तियार भीमसेन महाराजा जशोधर (धर्मराज) थापा क्षत्रीको २५औं वंशज हुन् ।[५] भीमसेन राजा रणबहादुर शाहको हजुरिया सल्लाहकार हुँदा उनको नजिकको मित्र बन्न पुगे । भीमसेनले राजा रणबहादुरलाई आफ्नो वैचारिक मार्गमा राखेर उनीबाट विभिन्न कार्यसम्पादन गराए । राजा रणबहादुरको हत्या पश्चात भीमसेनले भण्डरखाल पर्व (हत्याकाण्ड) मच्चाउँदा ५५ उच्च अधिकारीको ज्यान गयो र क्षत्रिय थापा नेपालको सत्तामा शीर्ष परिवार बन्न पुगे ।[६] त्यसपछि भीमसेन मुख्तियार (प्रधानमन्त्री) र आफ्नी भतिजी महारानी ललित त्रिपुरा सुन्दरीलाई राजमाता एवम् नायबी बनाइ ३१ साल सम्म भीमसेन मुख्तियार बने ।[६]
थापाका दरबारहरू
सम्पादन गर्नुहोस्थापा परिवारहरू पहिले थापाथली दरबार र पछि उनीहरूको बाग दरबारमा निवास रह्यो । बाग दरबारको निर्माण भीमसेन थापाले गरेका हुन् । [७]
बागदरबारमा जनरल बाग लगायत विभिन्न मन्दिरहरू एवम् पोखरी थियो । उक्त दरबार पछि पुनः थापावंशको उदय पछि प्रम माथवरसिंह थापाले कब्जामा लिए ।[८] छाउनी राष्ट्रिय सङ्ग्रहालय कुनै समयमा मुख्तियार भीमसेनको पूर्व निवास थियो । उक्त सङ्ग्रहालयमा काश्य चित्रहरू, पौभा चित्रहरू र हतियारहरू छन् जसमध्ये फ्रान्सेली राजा नेपोलियन बोनापार्टद्वारा उपहार दिइएको तरबार पनि छ ।[९]
वंशवृक्ष
सम्पादन गर्नुहोस्भीमसेनको वंशवृक्ष (जन्मवर्ष सहित)
सत्यरूपा माया
अमरसिंह थापा (सानुकाजी) (वि.सं.१८१६)
?
भीमसेन थापा (वि.सं.१८३२)
अमृतसिंह थापा
रणबम थापा
रणजावर थापा
? (सानैमा खसेको छोरा)
ललिता देवी पाँडे
जनक कुमारी पाण्डे
दीर्घा कुमारी पाँडे
नैनसिंह थापाको छुट्टै वंशवृक्ष:
ललित त्रिपुरा सुन्दरी (वि.सं.१८५०)
उजीर सिंह थापा (वि.सं.१८५२)
माथवरसिंह थापा (वि.सं.१८५५)
गणेश कुमारी कुँवर
शेरजङ्ग थापा
रणोज्वल थापा
विक्रम सिंह थापा
अमरसिंह थापा*
- माथवरसिंहका पुत्रको नाम अमरसिंह थियो जुन माथवरसिंहको हजुरबुवाको पनि हो । पुत्र अमरसिंह कर्णेल थिए ।[१०]
- गणेश कुमारी कुँवर राणा शासनका संस्थापक जंगबहादुर राणाकी माता हुन् ।.[१४]
सन्दर्भ साम्रगीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ Joshi & Rose 1966, पृष्ठ 23.
- ↑ Joshi & Rose 1966, पृष्ठ 25.
- ↑ "Thapa and Pande family animosity", पृ: २६।
- ↑ Pradhan 1966, पृष्ठ. 22-23.
- ↑ थापा वंशावली; लेखक: योगी नरहरिनाथ
- ↑ ६.० ६.१ Pradhan 2012, पृष्ठ 16.
- ↑ JBR, PurushottamShamsher (२००७), Ranakalin Pramukh Atihasik Darbarharu [Chief Historical Palaces of the Rana Era] (Nepaliमा), Vidarthi Pustak Bhandar, आइएसबिएन 978-9994611027, अन्तिम पहुँच १२ मे २०१७।
- ↑ "Baghdurbar – The Tiger Palace | The Tara Nights", thetaranights.com, अन्तिम पहुँच १२ मे २०१७। वेब्याक मेसिन अभिलेखिकरण १० जनवरी २०१९ मिति
- ↑ http://www.fishtail.org/index.php?option=com_page&task=view&id=371 वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-१० मिति
- ↑ १०.० १०.१ Hamal 1995, पृष्ठ 206.
- ↑ Acharya 2012.
- ↑ Pradhan 2012, पृष्ठ 22-23.
- ↑ https://www.kantipur.ekantipur.com/ampnews/2014-03-01/384965.html[स्थायी मृत कडी]
- ↑ JBR, PurushottamShamsher (१९९०), Shree Teen Haruko Tathya Britanta (Nepaliमा), Bhotahity, Kathmandu: Vidarthi Pustak Bhandar, आइएसबिएन 99933-39-91-1।
किताब
सम्पादन गर्नुहोस्- Joshi, Bhuwan Lal; Rose, Leo E. (१९६६), Democratic Innovations in Nepal: A Case Study of Political Acculturation, University of California Press, पृ: 551।
- Pradhan, Kumar L. (२०१२), Thapa Politics in Nepal: With Special Reference to Bhim Sen Thapa, 1806–1839, New Delhi: Concept Publishing Company, पृ: 278, आइएसबिएन 9788180698132।
- Shaha, Rishikesh (१९८२), Essays in the Practice of Government in Nepal, Manohar, पृ: ४४, ओसिएलसी 9302577।
- Adhikari, Indra, Military and Democracy in Nepal, Routledge, आइएसबिएन 9781317589068।