बिष्ट नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी क्षेत्रीहरूको थर हो । बिष्ट थर बिटकर उठाउने पदबाट सिर्जित थर हो । काम , स्थान, पद, निगाहा जस्ता विभिन्न अवस्थाबाट नेपालीहरुका थर बनेका छन् । यस्तै गरी बनेको एक थर बिष्ट पनि हो । नेपालको मध्य तथा सुदूर पश्चिम तथा भारतको हिमाचल प्रदेश तथा उत्तराखण्ड , उत्तर प्रदेश तथा पश्चिम बङ्गालमा विशेष गरेर बिष्ट थर लेख्नेहरूको बसोवास रहेको छ । बिष्ट थर लेख्ने सबै एकै होइनन । सांन्डील्य गोत्रीय पुजापाठ गर्ने ब्राहमण बिष्ट दार्चुलामा ,कश्यप गोत्रीय जैसी ब्राहमण बिष्ट डोटीमा भेटिन्छन,आफुलाई भारद्वाज गोत्रीय ठकुरी बताउने बिष्ट डोटी गड्सेरामा भेटिन्छन । यस्तै गौतम गोत्रीय गोरा बिष्ट र कश्यप गोत्रीय काला बिष्ट बैतडी पुर्चुड़ी क्षेत्रमा भेटिन्छन । सल्यान तथा रुकुममा आतस्य गोत्रका बिष्ट क्षेत्रीहरु भेटिन्छन । यी मात्र नभएर नेपालमा ऐडी बिष्ट, खबतरी बिष्ट, खुलाल बिष्ट, पुँवर बिष्ट, आदि बिष्टका विभिन्न प्रकारहरू हुन् ।

बिष्ट/विष्ट
जम्मा जनसङ्ख्या
१ लाख []
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्म और मष्टो धर्म
सम्बन्धित जातीय समूह
पाण्डे, थापा, बस्नेत, कुँवर

खपतरी/खबतरी बिष्ट

सम्पादन गर्नुहोस्

खबतरी बिष्टहरू अन्य खपतरीझैँ कौशिक गोत्रका हुन् ।[]

खुलाल बिष्टहरू अन्य खुलालझैँ धनञ्जय गोत्र हो[]

पुँवर बिष्ट

पुँवार बिष्ट अछामको ढाकुबाट नेपालको विभिन्न ठाउँमा फैलिएका छ्न । भारत खन्डको धारानगर भन्ने ठाउँबाट आएका अएर सिंह ,भएर सिह र जाजर सिंंह तीन दाजु भाइ मध्यका एक भाइ जाजर सिंह अछाम आई अछम लाई सिजापती माहाराजको दरबार कब्जा गरी बसेको भोटे राजा लाई युद्धमा हराई बिष्ट कहलियका हुन र सिंहबाट बिष्ट उपाधी पाएको अछामको ढाकुमा रहेकोपाटापत्र बंशावली मा उल्लेख छ । उपल्लो बिष्ट - मित्रको काल भन्ने उखान छ । कुलदेउता - खाडा वेताल वंश- पुँवार गोत्र- बशिष्ट अछाममा ढाकु, लाची तिखेढुङ्गा, कुच्ची, धमाली, मुलि ,बजुडा र तडिगैरा (बाटुलासैन )यस्तै बाजुराको ढाडाकोट (जगन्नाथ,) दैलेख, डडेल्धुरा कालिकोट र काठमाडौ थापाथली मा पुवार बिष्ट को बसोबास रहेको छ । कर्णाली प्रदेश तिर ढाडाकोटी बिष्ट लाई सबै भन्दा ठूलो क्षेत्री को रूपमा लिईन्छ ।

भिन्न-भिन्न गोत्र भएका बिष्ट क्षेत्रीहरू मध्य गौतम गोत्री बिष्ट जसलाई ऐडी बिष्ट भनिन्छ, यिनीहरू बैतडी जिल्लाको पाटन क्षेत्रको सेरोफेरो, तल्लो स्वराडडडेल्धुरा जिल्लाको मड्चिपुरमा बसेका छन् ।

करिब २५० वर्ष पहिले बाईसे चौबिसे राजाहरूको समयमा पाटन क्षेत्रमा पर्ने कोट भन्ने ठाउँमा ठकुरी वंशका राजाले राज्य गर्दथे । एक समयमा पनेरू थरका राजाले त्यहाँ आक्रमण गरी ठकुरी वंशका राजालाई पराजितगरी आफुले कब्जा जमाए । पराजित ठकुरी वंशका राजा भारतको दुवानगर पुगी त्यहाँका राजालाई सहयोगको लागि आग्रह गरेछन् । त्यहाँका राजाले आफ्ना वीर योद्धा ऐडी बिष्ट, दशौनी बिष्ट, भट्टकठायतको दस्ता सहयोगको लागि खटाएछन् । वीर योद्धाहरूले पनेरू राजालाई परास्त गरी दीप चनलाई राजा बनाए । एक थरी भनाई अनुसार कठायतहरू राजाका बढी विश्वास पात्र थिए । त्यसैले राजाका रक्षक पनि कठायत नै थिए ।[] कठायत परिवारमा एउटा अति सुन्दरी महिला थिइन् जसको रौं निकै लामो थियो । एक दिन राजाको दरबारमा लामो रौं भेटिएछ । त्यो रौं कसको हो भन्ने विषयमा बाहिर कुरा चलेछ । अन्तमा त्यो रौं तिनै सुन्दरीको हो भन्ने किटान भए पछि राजा प्रति शंकागरी राजालाई मार्ने योजना बनाएछन् । सिकारका सौखिन राजालाई सुँगुर आयो सुँगुर आयो भनि दरबारको वरिपरी हल्ला पिटाएछन् । सुँगुर मार्न राजा हतियार सहित दरबारबाट बाहिर निस्कने क्रममा राजाका रक्षक तिनै कठायतले नै गोली हानी हत्या गरेका थिए । त्यसै कारणले त्यो कोटको नाम पछि सुँगुरकोट भनि राखिएको हो ।[] लडाइमा विजय प्राप्त गरी सकेपछि गौतम गोत्री ऐडी बिष्टका पूर्खाहरू बाग बिष्ट र आङ बिष्ट दुई भाइ त्यही ठाउँमा बस्न मन पराई पाटनको टुंडेगैर भन्ने ठाउँमा बस्ने गरेका हुन् । यद्यपी भारतको दुवानगरबाट बाग बिष्ट र आङ बिष्ट आएका हुन् वा उनका पुर्खा आएका हुन् भन्ने कुरा स्पष्ट हुन सकेको छैन । आज त्यो ठाउँलाई बिष्ट बाटुलीको सेरो भनेर चिनिन्छ ।[]

भारतको दुवानगर भन्ने ठाउँबाट टुंडेगैर आई बसेका बाग बिष्ट र आङ बिष्टका सन्तानहरूको अंशबण्डा हुँदा जेठा बाग बिष्टका सन्तानहरू टुंडेगैर र बिष्टेउडामा बसे भने कान्छा आङ बिष्टका सन्तानहरू मध्य जेठा भौसिंह बिष्ट बेडौती, माहिला (नाम थाह हुन नसकेका) पौडी, साहिला गाङी बिष्ट मड्चीपुर (डडेलधुरा) र कान्छा (नाम थाह हुन नसकेका) तल्लो स्वराड भन्ने ठाउँमा बस्ने गरेकाछन् । जेठा भौसिंह बिष्टले आफ्नै पालामा बेडौती छोडी हालको गुजर गाविसको वडा नं. २ तिपुरमण भन्ने ठाउँमा आई बसे । त्यसपछि भौसिंह बिष्टका दुई छोरा वीरा बिष्ट र आन्ते बिष्ट गुजर गाविसको वडा नंवर ५ गुराली भन्ने ठाउँमा आई बसे । अचानक आन्ते बिष्टको निधन भएपछि उनका नाबालक पुत्र हरिसिंह बिष्ट पिथौरागढ जिल्लाको ओड्डा भन्ने ठाउँमा आफ्नो मामाघरमा गई बसे । बाल्यकाल पुरा भएछि पारिवारीक जिवन बिताउन उनी फेरी ओड्डाबाट आफ्नै गाउँ गुराली आए । त्यसपछी उनी हालको गुजर गाविसकै वडा नंवर ७ बुङ्डा भन्ने ठाउँमा बस्न थाले । हरिसिंह बिष्टका सन्तानहरू हाल सोही ठाउँमा बस्ने गरेका छन् । यद्यपी गौतम गोत्री ऐडी बिष्टका सन्तानहरू हाल काठमाडौँ देखि कैलाली कञ्चनपुका विभिन्न भागमा समेत फैलिएका छन् ।[]

तिम्रापै बिष्ट

सम्पादन गर्नुहोस्

एक समयमा बिष्टहरू घट्ट ल्याउने भनी डोटीतिर लागेछन् । बाटोमा जाँदा दाउरा घाँस काट्दै गरेका महिलाहरूसँग भेट भएछ । ति महिलाहरूले तिमीहरू को हौ भनि सोधिछन् । जवाफमा बिष्टहरूले तिम्रापै बिष्ट हौं भनेछन् । अनि किन आएका हौ त भनि महिलाहरूले फेरी सोध्दा जवाफमा बिष्टहरूले रातो हाली सेतो निकाल्ने खाज्न आएका हौं भनि भनेछन् । ति महिलाहरूले आफूलाई जिस्काएको ठानेछन् र त्यस पछि दुवै थरी आफ्नो आफ्नो बाटो लागेछन् । साँझ वास बस्ने क्रममा बिष्टहरू तिनै महिलाहरूको गाउँमा पुगेछन् । तिनीहरूलाई देख्दा हामीलाई जिस्काउने यिनै हुन् भनि चिनेछन् र आ-आफ्ना लोग्नेलाई भनेछन् । यि कस्ता बदमास रहेछन् को हौ भनि सोध्दा तिम्रापै बिष्ट हौं भन्छन् , किन आएका भनि सोध्दा रातो हालेर सेतो निकाल्ने खोज्न आएका भन्छन् भने पछि त्यस गाउँका पुरूषहरू र बिष्टहरू बीच ठुलो विवाद परेछ । अन्तमा गाउँलेहरूले बिष्टहरू उपर शिलगढी अदालतमा मुद्दा हालेछन् । त्यो मुद्दा अदालतमा ६ वर्षसम्म चलेको थियो । प्रतिवादमा बिष्टहरूले अदालतमा बयान दिंदै भने हामीहरू ऐडी बिष्ट हौं, तिपुरमण भन्ने ठाउँमा बस्ने हुनाले हामीलाई तिम्रापै बिष्ट भन्ने गर्दछन् । त्यस्तै रातो हाली सेतो निकाल्ने भनेको घट्ट हो जसमा रातो गहुँ, कोदो हाल्दा सेतो पिठो निस्किन्छ । त्यसैले तिम्रापै बिष्ट हौं र रातो हाली सेतो निकाल्ने खोज्न हिंडेका हौं भनि अर्थ लगाए पछि अदालतले उनिहरूलाई सफाई दिएको थियो । त्यसै फैसला पछि त्यहाँका बिष्टहरूलाई तिम्रापै बिष्ट भन्ने चलन पनि बसेको हो ।[]

ऐडी बिष्टको मुख्य संस्कृति

सम्पादन गर्नुहोस्

बाग बिष्ट र आङ बिष्टको पालामा कैलपाल र सिमोडालाई कुल देवताको रूपमा पूजा गर्ने गर्दथे । अहिले पनि बाग बिष्टका सन्तानहरूले सिमोडालाई कुल देवताको रूपमा पूजा गर्ने गर्छन् भने आङ बिष्टका सन्तानहरू (पौडी वासी) ले कैलपाललाई कुल देवताको रूपमा पूजा गर्ने गरेका छन् । आङ बिष्टकै जेठा सन्तान भौंसिंले बैतडी छोडी तिपुरमण, गुराली आए पछि भूमीराजलाई कुल देवताको रूपमा पूजा गर्ने गरेका छन् । यसका अतिरिक्त भौसिंका नाति हरिसिंका सन्तानहरूले माता वामनीलाई कुल देवता सरह नै पूजा गर्दै आएका छन् । साथै भौसिंका सन्तानहरूले कैलपाल, सिमोडा, सिगास आदि देवीदेवताको पनि पूजा आजा गर्ने गर्दछन् । ऐडी बिष्टहरूले गौरा पूजालाई विशेष चाडको रूपमा मनाउने गरे ता पनि दशैं, तिहार, मकर सङ्क्रान्ती तथा वैशाखी (विशु पर्व) जस्ता चाडपर्वहरूलाई पनि पर्वको रूपमा मनाउने गर्दछन् । []

उल्लेखनीय बिष्ट/विष्टहरू

सम्पादन गर्नुहोस्

भारद्वाज गोत्रीय बिष्ट

सम्पादन गर्नुहोस्

यिनि बिष्टहरु पौराणिक कालका राजपुतका बङ्सज हुन् र यिनिहरु रजस्थानको जयपुर देखि हुदै उत्तराखन्डका कुमाउॅ गढवाल छेत्रमा र नेपालको पस्छिमिभुभागमा बस्ने गर्दछ्न | पुराना समयमा यिनका पुर्खाहरु राजाका सेना अधिकारि हुने गर्दथे | कसैले त कुमाउॅ  गढवालका छेत्रमा राज सासन चलाएको इतिहास पनि छ | यिनिहरुको पुर्वज सबैभन्दा पहिले दार्चुला छिरे र त्याहाको बिभिन्न थलोमा बसोबास गरे | त्याहा बिष्टहरू मान मर्यादा प्रतिष्ठानले बसेका थिये, तिनिहरुको बिहेवारि पनि प्राचिन कालका क्षेत्रीय राजपुत तथा ठकुरीहरू सित हुने गरेको इतिहास छ | एक पटक जङ्गलमा सिकार गर्दा हरिण मारेर खादा त्याहाका मान्छेले एक जुट भयेर बिष्टहरुको सक्तिसालि परिवार्को रिस मानेर षडयन्त्र गरे र हरिणको मासुलाइ सुङुर्को मासु भन्दै चर्चा गर्न थाले | तथापि अझै पनि दार्चुलाका चेत्रमा बिष्टहरूको राम्रै पद प्रथिस्ठान छ | त्याहाबाट केहि परिवारहरु बैतडी,डडेलदुरा र डोटीमा बसोबास गरे | डोटी बाट बाजेहरु छुट्टिएर एक दिपायल बसे एक वगलेक नजिकै बिष्ट गाउँमा बसे एक सलेना बिष्ट गाउँमा बसे एक गडसेरा गएर बसे भन्न सुनेको पाइन्छ | डोटीमा जब मल्ल ठकुरीहरूले डोटीका स्थापित राजाहरुलाइ युद्धमा परास्थ गर्दै गर्दा बिष्टहरूसित पनि ठुलो युद्ध भयेको इतिहास छ जस्मा दुबै तिरका योद्धा काटियका र मारियेका थिये | तेसैले गर्दा यिनि बिष्टहरू कसैबाट हेपियेको अथवा चेपियेको इतिहास छैन र कोइ राजा रजौटाबाट सन्चालित भायेको पनि छैन | यिनिहरुको बन्सावलि तामपत्र पनि छ तथापि कति तामपत्रहरु माउबादिकालमा नष्ट भैसकेका छन् | यिनिहरुलाइ सुरबिर योद्धा  र न्याय प्रेमि मानिन्थ्यो | अहिलेका समयमा नेपालको दार्चुला, डोटी, डडेलधुरा आदि लगायत उत्तराखन्डका कुमाउॅ गढवालछेत्रमा बिष्टहरु बस्दछ्न |

सन्दर्भ सूचीहरू

सम्पादन गर्नुहोस्
  1. http://forebears.io/nepal
  2. २.० २.१ http://savitri.com.np/gotra-and-thars-surname-in-nepal/ वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण लेखक राजेश कुमार बटाला

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्