खड्का वा खँड्का नेपालको विभिन्न स्थानहरूमा बसोबास गर्ने मस्टो तथा प्रकृती पूजक विशेषताका खस जातिकाे एक थर हाे। यिनीहरु हिन्दू धर्मावलम्बी नेपाली क्षेत्रीहरूको थर हो । उनीहरू केही केही खस-ककेसियन समुदायका हुन् । प्राय सतारुढ क्षेत्रीय वर्गका रूपमा पञ्चभुत जस्ता अचम्मका पदस्थ पारिवारिक वर्ग हुन् । यिनीहरुकाे आर्य सभ्यता भन्दा भिन्न खस सभ्यता छ।

खड्का/खँड्का प्रकारहरु
खस जाति (खस सभ्यताकाे एक थर)
जम्मा जनसङ्ख्या
३,३४,९८५[१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्ममष्टो धर्म
सम्बन्धित जातीय समूह
खड्का, कार्की, थापा, बस्नेत

ऐतिहासिक कथन अनुसार खड्का गोरखा राज्यको राजाहरू भएको देखिन्छ । राजा द्रव्य शाहले खड्काहरूको राज्य स्थानियहरूको सहयोगले हड्पेका थिए । कालिकोटे खड्काहरू पनि कालिकोट राज्यका राजा भएको कालिकोटे खड्का वंसवालीमा उल्लेख गरिएको छ र उक्त राज्यबाट उनीहरूको नाम कालिकोटे निर्धारित भएको हो । शाह राजाहरुले राज्य हडपे पछी भविस्यमा हुने खतरालाई मध्यनजर गरि केहीलाई मरेको र अन्यलाई खेदाएको देखिन्छ | यसरि भाग्ने क्रममा जहाँ राम्रो ठाउ भेटिन्छ वा बिहेवारी हुन्छ त्यहि बस्न थाल्दछन | काठमाडौंमा खड्का गाउँ नै छ जहा धेरै खड्का हरु बिभिन्न राज्ज्यबाट भागेर बसेका थिए| केहि बाठा तथा स्थानीय मगरहरुसंग राम्रो सम्बन्ध भएका खड्का हरु गोरखा तिरै बसेको र सरकार (शाहहरु) को मान्छे आउदा मगर हरुले उनीहरु मगर नै हुन् भनेर राखेको र कालान्तरमा मगर खड्का भएको देखिन्छ |

खड्काहरू विभिन्न प्रकारका छन् । बाग्लुङगे कुँवर खड्का वत्स् गोत्रे खड्का कालिकोटे खड्का, पुँवार खड्का, लकाई खड्का, खबतरी खड्का, खुलाल खड्का, महाराजी खड्का, बुढथापा खड्का, पाल्पाली खड्का, सुबेदी खड्का, आठभैया खड्का, महाराउत खड्का, लामिछाने खड्का, बरभैया खड्का, आदि खड्का प्रकारहरू हुन् ।[२]

महाराजी खड्का सम्पादन गर्नुहोस्

महाराजी खड्काहरू भारद्वाज गोत्रका हुन्। उनीहरू ऐतिहासिक राजा र सेना थिए।

कालिकोटे खड्का सम्पादन गर्नुहोस्

कालिकोटे खड्काहरू अन्य कालिकोटेझैं आत्रेय गोत्रका हुन् ।[३] उनीहरू ऐतिहासिक कालिकोट राज्यका राजा हुन् । उनीहरूमध्ये केहीले आफ्नो थर कालिकोटे मात्र लेख्छन् ।

पुँवार खड्का सम्पादन गर्नुहोस्

पुँवार खड्काहरू कपिल, भारद्वाज, कश्यप (काैशिल्या) गोत्रका हुन् ।[२]

• कपिल गाेत्र: बझाङको चैनपुर नजिक खेतकोट र बाजुराको आटिचौर पाटा र कोर्धमा बढी बसोबास भएका मुख्य रुपमा खेतकोट उद्गम थलो मानिन्छ । उनिहरु बागमति प्रदेशकाे दाेलखा, रामेछाप, भक्तपुर तथा पूर्वि नेपालकाे काेशी र मधेश प्रदेशका केही जिल्लाहरुमा वस्दछन्। कुलदेबता = मष्ट

• भारद्वाज गाेत्र: जुम्लाकाे सिजा उपत्यकावाट जाजरकाेट काैवा काँडा-बयल डाडा आई वसाेवास गरेका र पछि रुकुमकाे सिस्ने गापा भित्र रहेकाे साविक पेउघा गा.वि.स.मा वसाई सरेकाे देखिन्छ। उनिहरुले पेउघाली पित्र समेत पुजा गर्ने हुदा पेउघाली खड्का भनेर समेत चिनिन्छ। उनिहरु अहिले साविक राप्ती हुँदै हाल विभिन्न ठाउँहरुमा वसाई सरी फैलियका छन्।

• कश्यप (काैशिल्य) गाेत्र: काैशिल्य गाेत्र भनेता पनि याे पनि पेउघाली खड्का नै हाे। यिनीहरुले पनि पेउघाली पित्र पुज्छन्। वसाई सराई पछि आफ्नाे गाेत्र थाहा नभए पछि उनिहरुका पुराेहित ब्रामणले काैशिल्य गाेत्र राखिदिएकाे पनि भनिन्छ। याे गाृेत्रका खड्काहरु पनि साविक राप्ती अञ्चल हुँदै विभिन्न जिल्लामा वसाई सरी फैलिएका छन्।

• गाेत्र भन्दा कैरन मुख्य

पुँवार खड्काहरुले गाेत्रलाई भन्दा कैरनलाई वढि प्राथामिकता दिन्छन्। उनिहरुका गाेत्र फरक-फरक भए पनि पुँवार खड्काले पुँवार खड्काकाे छाेरी बहिनीसंग विहेवारी गर्दैनन्। तर, पुँवार खड्का हाेईनन् र गाेत्र एउटै भए पछि छाेरी-चेली लिने दिने गर्छन्।

खुलाल खड्का सम्पादन गर्नुहोस्

धंनजय गोत्र का हुन

लकाईं खड्का सम्पादन गर्नुहोस्

लकाईं खड्काहरू भारद्वाज गोत्रका हुन् ।[३]

खबतरी खड्का सम्पादन गर्नुहोस्

खबतरी खड्काहरू अन्य खपतरीझैं कौशिक गोत्रका हुन् ।[३]

उल्लेखनीय खड्काहरू सम्पादन गर्नुहोस्

सन्दर्भ साम्रगी सम्पादन गर्नुहोस्

बाह्य कडी सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोला सम्पादन गर्नुहोस्