बलभद्र कुँवर

नेपालको राष्ट्रिय विभूति

बलभद्र कुँवर (१८४५ माघ १७ - १८७९ चैत्र २८) काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा अङ्क ६ भमरकोट मा जन्मिएका हुन। नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए। उनी नेपालका एक राष्ट्रिय विभूति हुन्। उनका हजुरबुबाको नाम जयकृष्ण र पिताको नाम चन्द्रवीर कुँवरका छोरा थिए। उनी अमरसिंह थापाका नाती तथा काजी रणजोर थापाका भान्जा हुन। बि.सं १८७१ देखी १८७२ को बीचमा चलेको नेपाल अङ्ग्रेज युद्ध पछि उनी प्रसिद्ध भएका थिए ।

श्री कप्तान
बलभद्र कुँवर
Balbhadra Kunwar.jpg
बलभद्र कुँवरको तस्बिर
व्यक्तिगत विवरण
जन्मभँवरकोट, पाँचखाल, काभ्रे जिल्ला
मृत्युसन् १८२२
नौशेरा, पेशावर, पञ्जाब, वर्तमान् पाकिस्तान
नाताहेर्नुहोस्: कुँवर परिवार; अमरसिंह थापाको परिवार; राणा वंश
उपनामबलबडर (Balbudder) अङ्ग्रेजी उपनाम
सैन्य सेवा
निष्ठानेपाल नेपाली
श्रेणीकप्तान
लडाई/युद्धहरूनेपाल अंग्रेज युद्ध, नालापानीको युद्ध

परिवारसम्पादन

बलभद्र कुँवरको जन्म हालको काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिकामा पर्ने भमरकोटमा सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराको रूपमा भयो । उनको बुवापट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा अमरसिंह थापा हुन् । त्यसैले काजी रणजोर थापा उनका मामा हुन् । [१]

जीवनसम्पादन

 
रुपेश डङ्गोलद्वारा निर्मित बलभद्र कुँवरको हस्तचित्र

बलभद्र कुँवर नेपाली सेना (तत्कालिन गोरखाली सेना)को पुरानो गोरख गणको कप्तान थिए। उनले देहरादुनको बाहिर नालापानीको युद्धमा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।[२] उनले नेपाल ब्रिटिस युद्धमा नालापानीमा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीहरूको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे ।

१८१४ अक्टोबर २२का दिन लेफ्टिनेन्ट जनरल जिलेस्पि दुन उपत्यका प्रबेश गरेका थिए । उक्त इलाकाको रक्षार्थ पुरानो गोरख गणका कप्तान बलभद्र कुँवरलाइ जिम्मा लगाइएको थियो । दुन उपत्यका भन्दा झण्डै ८ किमी उत्तरको उच्च स्थानमा रहेको खलङ्गामा किल्ला बनाइएको थियो ।

मृत्युसम्पादन

बलभद्र कुँवरको मृत्यु पञ्जाबी राजा रणजीत सिंहको लागि पेशावर, पञ्जाबमा लड्दा अफ्गानी फौजको तोपले भएको थियो। बलभद्र कुँवर नेपालका राष्ट्रिय विभूति हुन्।[२] सीख अफगान युद्ध मिति १४/३/१८२३ ई. भनी ईतिहास प्रवेशमा (४६९ पृष्ठ ) दिइएको छ। सो सालको पात्रोसँग मिलाई गणना गर्दा विसं १८७९ चैत्र ३ गते मार्च १४ पर्छ। सो लडाइँकोकुरा बुझ्न भीमसेन थापाले लाहोर पठाएका मानिसले लेखेको पत्र अनुसार "चैतका ३ दुन जांदा अजिम षांसंग पेशौरमा नौशेरा भन्याको ठाउँमा हाम्रा पनि लडाइँ भयो। कप्तान बलभद्र कुँमर पर्या" भनी लेखिएको छ। यो पत्र बि.स. १८८० को हो। यसकारण विसं १८७६ चैत्र ३ गते पेशावर नौशेरामा बलभद्र कुँवरको मृत्यु भएको देखिन्छ।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन