भक्ति थापा

नेपाल-अङ्ग्रेज युद्धका नायक,

भक्ति थापा क्षेत्री वि.स. १८७१ सालतिर नेपाल-अंग्रेज युद्धको बखत नेपालका बरिष्ठ सैनिक थिए। उनलाई नेपालको राष्ट्रिय विभूति मानिन्छ।

सरदार श्री
भक्ति थापा
Bhakti Thapa.jpg
सरदार भक्ति थापा
देउथलका महावृद्धवीर
व्यक्तिगत विवरण
जन्मसन् १७४१
लमजुङ जिल्ला, नेपाल
मृत्युसन् १८१५
देउथल, उत्तराखण्ड, भारत
सन्तान(हरू)रामदास सिंह थापा
पुरस्कारराष्ट्रिय विभूति
सैन्य सेवा
निष्ठानेपाल नेपाल
श्रेणीसरदार
लडाई/युद्धहरूनेपाल-अंग्रेज युद्ध

सुरुवातसम्पादन

 
सरदार भक्ति थापा, पुँवर क्षत्री कुलका दीपक

उनी लमजुङ राज्यको पुँवर थापा परिवारमा जन्मेका थिए ।[१] उनी पहिले लम्जुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडे । गोरखा (नेपाल) संगको अन्तिम् युद्धमा पराजित भै युद्धबन्दि का रूपमा काठ्माडौं पुगेको करिब एक वर्ष पछि उनी नेपाली फौजका सरदार भै नेपाल एकिकरण अभियानमा संलग्न भएका थिए ।

जीवन र मृत्युसम्पादन

 
सरदार भक्ति थापा र नेपाली सैनिकहरू

७३ वर्षको उमेरमा नेपाल-अंग्रेज युद्धमा देउथलको लडाइको नेतृत्व गरेका थिए। उक्त युद्धमा अङ्ग्रेज हमलामा परि वि.स. १८७२ साल वैशाख ६ गते उनको मृत्यु भएको थियो। उनको सहासको कदर कर्दै अङ्ग्रेजले उनको शवलाई पूर्ण सैनिक सम्मानका साथ फर्काएको थियो। अङ्ग्रेजहरूले उनको सम्मानमा एक स्मारक पनि बनाए जुन हाल भारतको उत्तराखण्ड राज्यमा अवस्थित छ।

प्रसिद्धीसम्पादन

७३ वर्षको वृद्ध उमेरमा नेपाली सेनाको नेतृत्व गर्दै बेलायती तालिमप्राप्त जवान सैनिक फौजमाथि हमला गरेका भक्ति थापा एक अमर्त्य देशभक्तिको उदाहरण हुन् । बेलायती फौजले दोसला ओडाएर सम्मानपूर्वक उनको लाश जिम्मा लगाएका थिए ।

स्रोतसम्पादन

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोलासम्पादन