बस्नेत
बस्नेत वा बस्न्यात नेपालको विभिन्न स्थानहरूमा बसोबास गर्ने मस्टो तथा प्रकृती पूजक हिन्दू धर्मावलम्बी विशेषतया नेपाली क्षेत्रीहरूको थर हो । [२] आधुनिक समयमा बस्नेतहरूको मुख्य थलो गोर्खा हालको जिल्लालाई मान्ने गरेको पाइन्छ ।
जम्मा जनसङ्ख्या | |
---|---|
२,३६,२४१ विश्वभर[१] | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
नेपाल | |
भाषाहरू | |
नेपाली भाषा | |
धर्महरू | |
हिन्दु धर्म र मष्टो धर्म | |
सम्बन्धित जातीय समूह | |
थापा, कुँवर, बिष्ट |
ऐतिहासिक रूपमा बस्नेत चार पुस्त्यौनी काजी परिवारहरू मध्ये एक हो । अन्य तीन परिवारहरू पाँडे वंश, कुँवर परिवार र थापा वंश हुन् । पाण्डे परिवारसँग बस्नेत परिवारको ऐतिहासिक निकटता छ ।[३]
बस्नेतहरू पूर्णतय क्षेत्रीवर्गका राजन्यहरु हुन् । उनीहरू खस समुदायका हुन् । प्राय सतारुढ क्षेत्रीय वर्गका रूपमा जमिनदार, मुखिया, काजी, जिम्मल र पञ्च जस्ता उच्च पदहरूमा आधुनिक इतिहासदेखि आसिन छन् ।[३] ऐतिहासिक समयमा विशेष गरी खप्तडि बस्नेतहरूको खप्तड क्षेत्रबाट बङ्स बिस्तार भएको पाइन्छ। बस्नेतहरूमा गोत्रका आधारमा विभाजन छ । श्रीपाली बस्नेत, खप्तडि बस्नेत, खुलाल बस्नेत, लामिछाने, आदि बस्नेतका प्रकारहरू हुन् ।[४]
श्रीपाली/सिरुपाली बस्नेत
सम्पादन गर्नुहोस्श्रीपाली बस्नेतहरूको गोत्र भारद्वाज गोत्र हो ।[५] गोरखाका एक श्रीपालीहरू शिशाकोटी महादेव, वीरभद्र, महाकाली लाई कुल देवता र अराध्यादेवी (दक्षिणकाली) लाई इष्ट देवता मान्ने गरेका छन् भने बाँकी अन्य सबैैैले मष्टो मान्दछन्।
गोरखा जिल्लाका श्रीपाली बस्नेतहरू नेपाल एकिकरणका मुख्य सहयोगी हुन् । सेनापति बडावीर शिवराम सिंह बस्न्यातको परिवारले राजा पृथ्वीनारायण शाहलाई महत्त्वपूर्ण योगदान दिएका छन् । उनका चार छोराहरू (काजी नाहरसिंह बस्न्यात, सेनापति केहरसिंह बस्न्यात, मूलकाजी अभिमान सिंह बस्नेत र बडाहाकिम धोकलसिंह बस्न्यात)ले उक्त अभियानमा भाग लिएका थिए । पृथ्वीनारायण शाहको चर्चित भनाइसङ्ग्रह दिव्योपदेशमा उक्त भनाइ उल्लेखित छः पाण्डेको ढाल र बस्नेतको तरवारले मैले नेपाल उपत्यका आक्रमण गर्दैछु । केहरसिंह बस्न्यातका २ छोराहरू कीर्तिमान् सिँह बस्न्यात र बख्तावर सिंह बस्न्यात पनि मूलकाजी भएका थिए । उनीहरू काजी कालु पाण्डेका नाति हुन् ।[६]
खपतरी/खबतरी/खप्तडी बस्नेत
सम्पादन गर्नुहोस्खप्तडी बस्नेत/बस्न्यात झर्रा क्षत्रिय(शुद्व क्षत्रिय)वंश हाे ॥ काैशिक गाेत्रिय खप्तडी बस्न्यात रघुवंशी क्षत्रिय हुन ॥ खप्तडका राजा बलदेवका छाेरा संग्राम सिंहले गाैठ धुप (गाई र गाईकाे गाेबर) पुजा जसलाई गाेष्ट देउता/महारूद्र गाैं रक्ष शिव भनिन्छ र साथमा गंगा भवानी(देवी पार्वती) पुजाकाे थालनी खप्तडमा सुरूगरेका हुन ॥ संग्राम सिंहले आफ्नाे कान्छाे छाेराे अजय सिंहलाई वैवश्वतन्याय काे उपाधी दिएकाहुन ॥ कालन्तरमा वैवश्वतन्याय अपभ्रङस हुदै वैवश्वतन्याय-बस्न्याय-बस्न्यात-बस्नेत-बसनाथ (बर्मामा बसनाथ भनिन्छ)भएकाे हाे ॥ अजय सिंह(वैवश्वतन्याय) का छाेरा भाेटुबिर सिंह बस्न्यात (अम्बर सिंह प्रथम) ले त्यहीँ गाेठधुप पुजालाई बिजाेडी 3 बर्षमा कुलपुजामा रूपान्तरण गरि खप्पर देवी (खप्पर मष्ट) मान्नु र छाक बलि दिनु भनेर आदेस दिनुभएकाे हाे ॥ भाेटुबिर सिंह बस्न्यातका छाेरा ऐमान सिंह बस्न्यात जब खप्तडबाट लमजुङ आउनुभएकाे हाे र त्यसपछि बिजय दशमीमा लिगलिगकाेटमा दाैडेर राजा बन्ने प्रथा सुरू गरिएकाे हाे ॥ जब ऐमान सिंह बस्न्यात लमजुङ आउनु भयाे त्याे पछिमात्र कास्कीबाट कुलमन्डन खान/खाण का छाेरा यसाेब्रमा शाहलाई राजा बनाउन भनि लमजुङ लगिएकाे हाे ॥ ऐमान सिंह बस्न्यातका जेष्ठ छाेरा वंशुराज बस्नेतकाे गाईगाेठमा यसाेब्रमा शाहका कान्छा छाेरा द्रब्य शाह बसेका हुन र मित्र हुन ॥ बैशाख पुणिमाकाे गाेठधुप (गाई र गाईकाे गाेबर पुजा) मा द्रब्य शाहले गाेष्ट देउता जसलाई महारूद्र भनिन्छ अर्थात गाैं रक्ष शिव खप्तडी बस्नेतकाे कुललाई द्रब्य शाहले कुलमानेका हुन र आउदाे बिजय दशमीमा लिगलिग काेटमा वंशुराज बस्नेतले दुई हातमा 2 वटा तलवार लिएर द्रब्य शाहलाई सुरक्षा दिदै सँगै दाैडेर बिजय बनाई गाैं रक्ष राज्य (गाेर्खा राज्य) काे स्थापना गरेकाे हाे ॥ वंशुराज जीकाे साथले नै गाेर्खा राज्य स्थापित भएकाे हाे ॥ वंशुराज जीका नाती पुन्नरीका दुई छाेरा किन्नरी र नरी द्रब्य शाहका नाती राम शाहकाे पालामा नुवाकोट बेत्रावती हुदै पुर्व तर्फ दाेलखा र पछि रामेछाप, लिखुखाेला आएका हुन ॥ क्षत्रि, बाहुन, कामी, दमाई र सार्कीलाई किराँत राज्यमा खप्तडी बस्नेतले लिएर आएकाे हाे ॥ लिखुखाेला राज्य खप्तडी बस्नेतले 6 पुस्ता राज्य गरेकाे हाे र अम्बर सिंह (दितिय) ले बहादुर शाह सँग राज्य जुवामा हारेका हुन ?? सर्त गाेर्खाले हारे लिखुखाेलामा गाभ्ने लिखुखाेलाले हारे गाेर्खामा गाभ्ने तर लिखुखाेलाले राज्य हार्याे र गाेर्खामा गाभियाे त्यसैले नेपालकाे पुर्वी भाग बिना युद्ध गाेर्खामा गाभिएकाे हाे ॥ जुवामा राज्य हार्ने अम्बर सिंहले साेलु कागेलमा गई बाहुनकाे बिर्ता किनेर बसेका हुन ॥ कमाण्डिङ कर्णेल पहलमान सिंह बस्नेत खब्तरी बस्नेत हुन् । उनलाई खप्तडी राजा र श्री १को उपाधि दिइएको थियो । त्यस्तै पूर्व गृहमन्त्री यज्ञबहादुर बस्न्यात, सेनापति सिँह बहादुर बस्न्यात, पूर्व राजदूत डा. सिँँह बहादुर बस्न्यात, जनरल चिनीया बहादुर बस्न्यात खब्तडि बस्नेत हुन् । [७]
खुलाल बस्नेत
सम्पादन गर्नुहोस्खुलाल बस्नेतहरू अरू खुलाल जस्तै धनञ्जय गोत्रका हुन् ।[४]
लामिछाने बस्नेत
सम्पादन गर्नुहोस्लामिछाने बस्नेतहरू अरू लामिछाने जस्तै गर्ग गोत्रका बस्नेत हुन् ।[४]
यो पनि हेर्नुहोला
सम्पादन गर्नुहोस्स्रोतहरू
सम्पादन गर्नुहोस्- ↑ "बस्नेत:वैश्विक प्रोफाइल", अन्तिम पहुँच २०१७-०३-१०।
- ↑ "बस्नेत परिवार", अन्तिम पहुँच २०१७-०३-११। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-१५ मिति
- ↑ ३.० ३.१ "पाँच काजी परिवार", अन्तिम पहुँच २०१७-०३-११।
- ↑ ४.० ४.१ ४.२ "बस्नेतको समुह तथा गोत्र", अन्तिम पहुँच २०१७-०३-१०।
- ↑ "श्रीपाली बस्नेतको गोत्र", अन्तिम पहुँच २०१७-०३-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०७ मिति
- ↑ https://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?showComment=1489935927353&m=1#c8178148443274477370
- ↑ http://www.khaptadibasnet.org/research-articles/ वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०६ मिति