अमरसिंह थापा
अमरसिंह थापा (प्रधानमन्त्री भीमसेनका पिता अमरसिंह थापा (सानुकाजी) अर्कै व्यक्तित्व हुन्) नेपाल अङ्ग्रेज युद्धका समयमा नेपालको पश्चिम किल्लाका सर्वोच्च कमाण्डर हुन् । उनलाई नेपालको राष्ट्रिय विभूति मानिन्छन् । उनी निर्भय, पराक्रमी, युद्धचातुर्य, इमान्दार र विश्वासी भएकोले राजा रणबहादुर शाहको पालामा अङ्ग्रेजहरूसँगको युद्धमा सुदूर पश्चिमाञ्चलको रक्षाको जिम्मा पाएका थिए । उनी र उनका सैनिकहरू लङ्गुरगढी छोडी १००० कि.मि. ३० दिनमा पार गर्दै मातृभूमिको रक्षार्थ दोस्रो नेपाल तिब्बत युद्धमा नुवाकोट आइपुगेका थिए ।[२] त्यस ताका अमरसिंह थापालाई अङ्ग्रेज तर्फका जनरल अक्टरलोनीले ठुलो प्रलोभन देखाउदा पनि अनि त्यस्तो लोभ लालचमा नफसी राष्ट्रिय हितलाई सर्वोपरि ठानी वीरता पूर्वक अङ्ग्रेजसँग लडेकाले हामी उनीलाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्दछौँ ।
श्री बडाकाजी जर्नेल अमरसिँह थापा | |
---|---|
![]() बडाकाजी अमरसिंह थापा | |
उपनाम(हरू) | ज्यूँदो बाघ, बडाकाजी, जर्नेल अम्वरसिंह |
जन्म | वि.सं. १८०८ जनै पूर्णिमा[१] सिरानचोक, गोरखा जिल्ला |
मृत्यु | वि.सं. गोसाइँ कुण्ड, रसुवा जिल्ला |
निष्ठा | ![]() |
दर्जा | जनरल |
युद्ध | नेपाल अङ्ग्रेज युद्ध, नेपाल-तिब्बत युद्ध वा नेपाल-भोट युद्ध |
पुरस्कार | राष्ट्रिय विभूति |
सम्बन्ध | ५ छोराहरू रणजोर सिंह थापा, रणध्वज थापा, रामदास थापा, नरसिंह थापा |
उक्त मोहरछापमा उनको नाउँ अमरसिंह नभइ अम्वरसिंह रहेको छ ।
व्यक्तिगत जीवनसम्पादन
उनको जन्म वि. सं. १८०८ मा जनै पूर्णिमाको दिन बाघ भीम सिंह थापा र उमादेवीका पुत्रको रूपमा भएको हो । बाघ भीम सिंहले पलाञ्चोकको युद्धमा वीरगति पाएपछि मारवाट अनुसार उनले पिताको स्थान लिए । उनी रणजय (रन्जै) थापाका नाति हुन् भनी बालकृष्ण समको कृति अमरसिंहमा समेत लेखिएको छ ।
थापा वंशावलीका अनुसार बडाकाजी अमरसिंह थापा ज्यामरुककोटका राजा बगाले कुलका जसोधर (धर्मराज) थापाका २३औं पुस्ता देखिन्छन् । काजी वीरभद्र थापा पनि २३ औँ पुस्ता हुन भनी लेखिएको छ ।
उनका पुत्र काजी रणजोर सिंह थापाले पनि उनीसँगै नेपाल अङ्ग्रेज युद्ध लडेका थिए। उनका अर्का पुत्र रणध्वज थापा मुख्तियार भीमसेन थापाका सहयोगी काजी थिए । त्यस्तै अर्का छोरा नरसिंह थापाको मोहरछाप मकवानपुरको एक पत्रमा पाइएको थियो ।[३]
प्रसिद्धिसम्पादन
आज पनि उनलाई नेपालको ज्यूँदो बाघ मानिन्छ । उनलाई एसियाली वीरहरू सँग तुलना गरिन्छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाको नाम यिनको नाममा राखिएको हो । अमरगढी किल्लामा यिनको यो प्रसिद्ध भनाइ सहितको मूर्ति छ ।
प्रसिद्ध भनाइ:
म बाघको बच्चा डमरू हुँ, सिनो खाने कुकुर हैन।
योगदानसम्पादन
उनले गरेका प्रमुख योगदानहरू यस प्रकार छन्।
- नेपालको एकीकरणमा योगदान पश्चिम नेपालका जुम्ला, डोटी, कुमाउँ, गढवाल, देहरादुन, श्रीनगर तथा कांगडालाई नेपालमा गाभ्ने काममा नेतृत्व गरे।
- उक्त कामका लागि डडेल्धुरा जिल्लामा भूगोलिय दृष्टिले उच्च र मजबुत किल्ला बनाएका थिए जसलाई अङ्ग्रेजले पार गर्न असफल भए । त्यस किल्लाबाट सारा पश्चिम क्षेत्रको विजय हुँदै गयो ।
- पाल्पालाई नेपालमा गाभे ।
- महाकाली नदी भन्दा पश्चिमका राज्यहरूको संरक्षकको रूपमा सेवा प्रदान गरे ।
- पञ्जाबका राजा रणजीत सिंह विरूद्ध युद्ध गरेका थिए ।
- अंग्रेजले नेपाल बिरूद्ध युद्ध शुरू गरे पछि नाहान, चम्बा, अल्मोडा, कांगडा, देहरादुन आदि ठाउँमा युद्ध लडे ।
- डेभिड अक्टरलोनीका पुत्र र अमरसिंहका पुत्र रणजोरको मितेरी सम्बन्ध भएतापनि अलिकति पनि सङ्कोच मानेनन् ।
- गङ्गा नदीको उदगमस्थल गंगोत्रीमा एउटा मन्दिर स्थापना गरेका थिए जुन् अहिले भारतिय हिमालयको चार धाम बन्न पुगेको छ ।
मृत्युसम्पादन
उनको इच्छा विपरीत सुगौली सन्धि भएपछि उनी निर्वासमा गोसाइँकुण्ड गए । त्यहीँ यिनको वि.सं. 1816 मा निधन भयो ।