क्षत्रिय
क्षत्रिय हिन्दू वर्ण व्यवस्था अन्तर्गत शासक एवम् राजकीय भूमिका निर्वाह गर्ने वर्णसमुह हो । क्षत्रियको अर्थ क्षत्र दिने वा रक्षण दिने हो । पौराणिक व्याख्या अनुसार क्षत्रियहरूले विभिन्न क्षेत्रहरूमा राज्यभार सम्हालेका थिए र प्रजाहरूको रक्षण गरेका थिए । क्षत्रियहरूको दुई कुल वा वंश हुन्छ- सूर्यवंश (रविकुल) र चन्द्रवंश (सोमवंश) । भारत, पाकिस्तान, नेपाल तथा विभिन्न ऐतिहासिक हिन्दु राष्ट्रहरूमा बसोबास गर्ने शासकीय पृष्ठभूमिका व्यक्तिहरू यिनै दुई कुलभित्रका क्षत्रिय भएको दाबी गर्छन् ।
पृष्ठभूमि
सम्पादन गर्नुहोस्प्राचिन आर्यावर्तको सिन्धु घाँटीबाट वैदिक संस्कार उत्पत्ति भएको थियो । उक्त समयपूर्व वैदिक शासकहरूलाई राजन्य वर्णका व्यक्ति मानिनथ्यो । ऋग्वेदको एक संहिता:
ब्राह्मणोऽस्य मुखमासित बाहु राजन्य: कय्त:। अरुः यत तद्वैश्य:पदभ्यां शूद्रो आजायतः।।
- ऋग्वेद
यहाँ राजन्य शब्दले शासकहरूलाई जनाउँदछ । वैदिककालको आरम्भसँगै शासकहरूले राजन्यबाट क्षत्रिय भनी सम्बोधन गर्न थाले । क्षत्रियको अर्थ वैदिक ग्रन्थमा क्षतात त्रायते इति क्षत्य... जसको अर्थ क्षत (आघात)बाट त्राण (रक्षा) दिने व्यक्ति हो । यसको अन्य उत्पति पनि भनिन्छ । क्षत्र (राज्य)को शासकलाई क्षत्रिय भनिएको हुनसक्छ । फारसी भाषा (पर्सियन) भाषामा क्षयातीको अर्थ क्षेत्रको अधिपति हो । क्षयातीको संस्कृत बन्धु क्षत्रिय हुनसक्छ । दक्षिण एसियामा क्षत्रिय शब्दको थुप्रै अप्रभंश भै बनेका शब्दहरू छन् । छत्री, छत्तरी, छत्रपति, क्षेत्री, छेत्री, खत्री, छथरीय, आदि हुन् ।
क्षत्रिय धर्म
सम्पादन गर्नुहोस्क्षत्रिय धर्म वा क्षात्र धर्म क्षत्रियहरूले पालना गर्ने कर्तव्य वा दायित्व हो । क्षत्रिय धर्मभित्र शास्त्र अनुसार राज्यशासन कायम गर्ने कर्तव्य क्षत्रियको मानिन्छ । जनधनको रक्षा गर्ने, न्यायपूर्ण शासन गर्ने र विधिपूर्वक युद्धमा भाग लिने क्षत्रिय कर्तव्य भित्र पर्दछ । शौर्य तेजोधृतिर्दाक्ष्यं युद्धेचाप्यपलायनं... महाभारतबाट साभार गरिएको श्लोक अनुसार युद्धमा तेज, वीरता, धैर्य, दक्षता, रणनीति, चतुर्याइँ, षड्यन्त्र, आदिको प्रयोग गर्न क्षत्रियहरूलाई अनुमति दिइएको छ तर युद्धबाट पलायन हुन बन्देज छ । रक्षा र शासनलाई प्रमुख क्षत्रिय धर्म मानिएको छ ।
क्षत्रिय राजा र कुमारहरू
सम्पादन गर्नुहोस्वैदिक, पौराणिक र प्राचिन ग्रन्थहरूमा भएको केही प्रसिद्ध क्षत्रिय राजाहरू:
- इक्ष्वाकु, हरिश्चन्द्र, सगर, भागीरथ, दीलिप, रघु, अज, दशरथ, राम, भरत, पुरुरवा, नहुष, ययाति, यदु, पुरु, कौशिक (विश्वामित्र), दुष्यन्त, सम्राट भरत, शान्तनु, पाण्डु, धृतराष्ट्र, शकुनि, द्रुपद, विराट, युद्धिष्ठिर, कृष्ण, परीक्षित, प्रसेनजित, शुद्धोधन
क्षत्रिय कुलमा जन्मिएका प्रसिद्ध राजकुमारहरूः
क्षत्रिय वंशहरू
सम्पादन गर्नुहोस्- सिसोदिया[१]
- कछवाहा/शेखावत
- सिकरवार
- राठौर
- बैस
- भोंसले (मराठा)
- गायकवाड (मराठा)
- सूर्यवंश (नेपाल)
- कुँवर (क्षेत्री)
- राणा वंश
- थापा वंश तथा अन्य बगाले थापा[२]
- बस्न्यात वंश तथा श्रीपाली बस्नेतहरू
- खबतरी बस्नेत
शक जातिबाट उत्पत्ति भएको कुरा लुकाउन राजपूत जातिका चौहान, पारमार वंशहरूले अग्निवंशको भूमिका बाधेको मानिन्छ ।[३]
अन्य वंश
सम्पादन गर्नुहोस्थरहरू
सम्पादन गर्नुहोस्खस-क्षत्रीय (छेत्री र ठकुरी) का थरहरु:
सम्पादन गर्नुहोस्जनसङ्ख्याको आधारमा ५ क्षेत्री थरहरू निकै प्रचलित देखिन्छ । थापा, कार्की, कठायत, बस्नेत र खड्का बहुसङ्ख्यक ५ थरहरू हुन् !
A ऐ - Air (ऐर)
K क - Kathayat(कठायत),
B ब - Basnet/Basnyat(बस्नेत/बस्न्यात), Bisht/Bista(बिष्ट/बिष्ट्), Banshi(बन्सी), Barma(बर्मा), Baruwal(बरुवाल)
B बा - Baniya(बानियाँ), Bam(बाम)
B बु - Budathoki(बुढाथोकी), Budha(बुढा), budhathapa बुढाथापा , bam बाम
B बो - Bohara ( बोहरा ), Bogati(बोगटी)
C च - Chand(चन्द), Chauhan(चउहान/चुहान), Chhetri/Kshetri(छेत्री/क्षेत्री)
D दे - Deuba (देउवा), Dev (देव) D दा - Dangi(डाँगी)
D धा - Dhami(धामी), Dhawal (धवल)
G घ - Gharti(घर्ती)
K क - Karki(कार्की), Katuwal(कटुवाल)
K कु - Kunwar(कुँवर)
K ख - Khadka(खड्का), Khatri(खत्री),
K खा - Khati(खाती)
M म - Mahar(महर)),Malla(मल्ल), Mahat(महत)
P पा - Pande(y)/Pade(पाँडे/पाण्डे), Paal(पाल), Pahari पहाडी
R रा - Rana(राणा), Ranabhat(रानाभाट) Raut/Rawat(राउत/रावत), Rawal(रावल), Rathore(राथौर/राठौर), Raya(राया), Rayamajhi(रायमाझी)
R रो - Roka/Rokaya(रोका/रोकाया)
S स - Samal(समाल), Sanjel(सन्जेल)
S सि - Singh(सिंह), Silwal(सिलवाल)
S से - Sen(सेन), Saund, Saud, Sawad (साउँद, साउद, सावद)
T था - Thapa (थापा ,Thakuri(ठकुरी)[५]
नेवार-क्षत्रीय (ठकू र क्षथरीय/छथरी) का थरहरु:
सम्पादन गर्नुहोस्A अ – Amatya (अमात्य)
Bh भ – Bharo (भारो), Bhariju (भारिजु), Bhadel*** (भँडेल)
Dh ढ – Dhaubhadel (ढौभडेल), Daiwagya (दैवग्य)
G ग – Gonga: (गोँग), Guruwacharya (गुरुवाचार्य),
H ह – Hada (हाडा)
J ज – Joshi (जोशी), Jonchhe (जोँछे)
K क – Kasaju (कसजु), Kayastha (कायस्थ), Karmacharya*** (कर्माचार्य)
Kh ख – Khyargoli (ख्यर्गोली), Khwakhali (ख्वखली)
L ल- Lakhey (लाखे), Lacoul/Rajkool (लकौल/राजकूल), Layeku (लएकु)
M म- Malla (मल्ल), Munankarmi (मुनंकर्मी), Mulepati (मुलेपती), Mahaju (महाजु), Maskey (मास्के), Mathema (माथेमा), Mool (मूल), Mahapatra(महापात्र)
O व - Onta (ओन्त), Ojhathanchhe (ओझथंछेँ)
P प - Pradhananga (प्रधानाङ्ग), Pradhan (प्रधान), Patrabansh (पात्रबंश), Piya (पिया), Palikhe (पालिखे),
R र – Rajbhandari (राजभण्डारी), Raya (राय), Rajbanshi (राजबंशी), Raghuvanshi (रघुबंशी), Rawal (रावल), Rajbaidya (राजवैद्य), Rathaur (राठौर), Rajlawat*** (राजलवट)
S स – Sainju (सैंजु), Shrestha*** (श्रेष्ठ), Singh*** (सिंह)
T त – Talchabhadel (ताल्चाभडेल), Timila (तिमीला)
Th थ- Thaiba (थैव), Thakur/Thakul (ठाकुर/ठकुल)
V व – Vaidya (वैद्य), Varman (बर्मन)
- ***नेवार वैश्य जाती मा पनि पाईने थर
तराई क्षत्रिय/राजपुतहरूको थर
सम्पादन गर्नुहोस्C च - Chand(चन्द), Chauhan (चौहान)
D द - Deuba(देउवा)
P प - Pal (पाल)
R र - Rajput (राजपुत), Raya (राय), Raghuvanshi (रघुबंशी), Rathaur (राठौर)
S सि - Singh(सिंह)
S से - Sen(सेन)
V व - Verma (वर्मा)
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ En accord avec Col. James Tod (Annals and Antiquities of Rajasthan), C. T. Metcalfe (The Rajpoot Tribes) et quelques autres ethnologues, les ancêtres des Sisodias/Guhilots sont les Guèbres c’est-à-dire perses et sont adorateurs du feu et du Soleil. Il y a de nombreuses preuves pour soutenir cette thèse.
- ↑ Naraharinath, Yogi (१९५५), Itihas Prakash 1, Kathmandu: Itihas Prakash Mandal।
- ↑ (अङ्ग्रेजीमा) Genetic and Historical Evidence of Scythian roots of Rajputs.
- ↑ Ancient Indian History and Civilization By Sailendrda Nath Sen pages 205 & 207
- ↑ http://www.karma99.com/2013/01/chhettri.html