काजी
काजी एक नेपाली प्रशासनिक एवम् सैनिक मर्यादाको पद वा उपाधि हो। काजी पदको सुरूवाती पदभार मुगल साम्राज्यको देवान र बेलायती परम्पराको प्रधानमन्त्री सरह थियो । कालान्तरमा ४ काजीको नियुक्ति हुन थाल्यो । फ्रान्सिस बुचानन ह्यामिल्टन तथा डिल्ली रमण रेग्मीका अनुसार नेपालको भारदारी सभामा ४ काजी हुने गर्दथे ।[१] त्यसपछि तिनीहरूमध्ये एक मूलकाजी छानिन्थ्यो । राजा रणबहादुर शाहले नाबालक छोरा गीर्वाणयुद्ध विक्रम शाहको निम्ति गद्दी त्याग गर्दा काजीहरूको सङ्ख्या बढेको थियो ।[१]

काजी र क्षेत्री जाति
सम्पादन गर्नुहोस्विशेषतः क्षेत्री परिवारका सदस्यलाई दिइने यस उपाधि अन्य जातहरूमा पनि दिइन्थ्यो। पाँच थरका पुरूषहरूलाई भने यो उपाधि वंशाणुगत रूपमा दिइएको थियो। ती ५ काजी खलकका थरहरूः
- १) थापा वंश
- २)बिष्ट
- ३) Basnet/Basnyat (बस्नेत/बस्न्यात)
- ४) पाँडे वंश
- ५) कुवँर
थप: भण्डारी परिवारलाई पनि दरबारिया खलकसम्म मानिएको थियो।
अन्य थरीहरू पनि उक्त पदबाट सम्मानित थिए। यो पद विशेषतः प्रशासनिक वा सैनिक क्षेत्रका उच्च ओहोदाका जो कोही व्यक्तिलाई दिइन्थ्यो।
काजीहरूको सूची
सम्पादन गर्नुहोस्गोरखा राज्य, नेपाल अधिराज्य तथा अन्य राज्यहरूका काजीहरूको सूची:
मानसिङ खड्का (kaji of gorkha)
- गणेश पाँडे (Kaji of Gorkha)
- कालु पाँडे (Kaji of Gorkha)
- गुरू बोहरा (Kaji of Bajhang)
- शिवराम सिंह बस्न्यात (Senapati Kaji)
- वीरभद्र थापा (Kaji Jethabudha)
- चन्द बहादुर बोहरा (Kaji)
- रामकृष्ण कुँवर (Kaji Jethabudha)
- काशीराम थापा (Kaji of Kantipur)
- वंशराज पाँडे (Dewan Kaji)
- केहरसिंह बस्न्यात (Kaji)
- अभिमान सिंह बस्न्यात (Mulkaji)
- नयन सिंह बोहरा (Sanukaji)
- स्वरुप सिंह कार्की (Mulkaji)
- वीर सिंह बोहरा (Kaji)
- अमरसिंह थापा (Badakaji)
- ढक्रे बोहरा (Kaji of Bajhang)
- दामोदर पाँडे (Mulkaji)
- डम्मर सिंह बोहरा (Kaji)
- कीर्तिमान सिंह बस्न्यात (Mulkaji)
- भीम सिंह बोहरा (Mulkaji)
- बख्तावर सिंह बस्न्यात (Mulkaji)
- अमरसिंह थापा (सानुकाजी) (Sanukaji)
- रणजीत सिंह बोहरा (Kaji of Gorkha)
- भीमसेन थापा (Kaji later Mukhtiyar)
- रणजीत पाँडे
- रणध्वज थापा (Kaji)
- नैनसिंह थापा (Kaji General)
- बालनरसिंह कुँवर (Kaji)
- रणवीर सिंह थापा (Kaji General)
- रणजङ्ग पाँडे (Kaji later Mukhtiyar)
- माथवरसिंह थापा (Kaji later Mukhtiyar)
- गगन सिंह भण्डारी (Kaji)
- जङ्गबहादुर राणा (Kaji later Prime Minister)
पुस्तक
सम्पादन गर्नुहोस्- Joshi, Bhuwan Lal; Rose, Leo E. (१९६६), Democratic Innovations in Nepal: A Case Study of Political Acculturation, University of California Press, पृ: 551।
- Pradhan, Kumar L. (२०१२), Thapa Politics in Nepal: With Special Reference to Bhim Sen Thapa, 1806–1839, New Delhi: Concept Publishing Company, पृ: 278, आइएसबिएन 9788180698132।
- Karmacharya, Ganga (२००५), Queens in Nepalese Politics: an account of roles of Nepalese queens in state affairs, 1775-1846, Nepal: Educational Publishing House, आइएसबिएन 9789994633937।
- Regmi, Dilli Raman (१९७५), Modern Nepal, आइएसबिएन 9780883864913।
- Shrestha, Tulsi Narayan (२००५), Nepalese administration:a historical perspective, आइएसबिएन 9789993304784।
- Wright, Daniel (१८७७), History of Nepal, आइएसबिएन 9788120605527।
- Regmi, Mahesh Chandra (१९७९), Regmi Research Series, Nepal।
- Khatri, Shiva Ram (१९९९), Nepal Army Chiefs:Short Biographical Sketches, University of Michigan: Sira Khatri।
- Paodel, Prabha Krishna (२००३), The founder of Modern Nepal Prithvinarayan Shah।
स्रोत
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ Pradhan 2012, पृष्ठ 8.