काँकडभिट्टा
काँकडभिट्टा झापा जिल्लाको एउटा महत्त्वपूर्ण व्यापारिक नाका हो। यो नाकाबाट मेचीपूल तरेपछि भारतको पानीट्याङ्की पुगिन्छ। बङ्गलादेशसंग हुने नेपालको व्यापारको अधिकांश पारवाहन यसै नाकाबाट चल्ने गर्दछ।[२] काँकडभिट्टा बस पार्कबाट नेपालका प्रमुख स्थानका लागि बस पाउन सकिन्छ। यहाँबाट २२ किलोमोटरमा भद्रपुर विमानस्थल (चन्द्रगढी विमानस्थल) रहेको छ भने त्यसै गरि २१ किलोमिटरमा भारतको बागडोगरा विमानस्थल रहेको छ। यस सहरको केन्द्रमा रहेको देवकोटा पार्क हेर्न लायकको छ। त्यसै गरी एसियन हाईवेले यस सहरको शोभा अझ बडाएको छ।
काँकडभिट्टा | |
---|---|
छिमेकी | |
देश | नेपाल |
अञ्चल | मेची |
जिल्ला | झापा |
उन्नतांश | १४२ मिटर (४६६ फिट) |
जनसङ्ख्या (१९९१) | |
• जम्मा | २१३६६[१] |
समय क्षेत्र | युटिसी+५:४५ (नेपली प्रमाणिक समय) |
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ नोभेम्बर २००८।
- ↑ "Nepal to Seek 10,000 Cows from India", Kathmandu: The New Indian Express, IANS, १७ डिसेम्बर २०१४, अन्तिम पहुँच Aug ८, २०१४। वेब्याक मेसिन अभिलेखिकरण १४ अगस्ट २०१४ मिति