दाङ उपत्यका
दाङ उपत्यकाको मुख्य नदी बबई हो र दाङको भुगोल बबई उपत्यका भनेर पनि चिनिन्छ। स्योर लगायतका अन्य साना ठूला खोला नदी हरू पनि यो उपत्यकामा प्रवाहीत हुदै वहने गर्दछन। दाङ जिल्लामा पर्ने यो सबै भन्दा ठूलो उपत्यका संपूर्ण राप्ती अञ्चलकै अन्न भण्डारको रूपमा रहेको छ साथै तीन नगरपालिका (त्रिभुवननगर, तुलसीपुर र त्रिपुर)रहेको यो उपत्यकाकामा बाणीज्यकेन्द्र हरू समेत विकास भइसकेका छन, खास गरी त्रिभुवननगर र तुल्सीपुरले राप्तीका संपूर्ण पहाडी क्षेत्रमा सामान पैठारी गर्दछन। नेपालको दोस्रो पुरानो महेन्द्र संस्कृत विश्वविद्यालय (हाल, नेपाल संस्कृत विश्वविद्यालय वनाइएको)समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस त्रिभुवननगर तथा अन्य क्याम्पस तथा विद्यालय समेत यस उपत्यकामा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेकाले यो उपत्यका पुरै राप्तीको पहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणीज्य केन्द्र समेत हो।
विकासिल भएर पनि राप्ती अञ्चल र पश्चिम नेपाल र राप्ती अञ्चलको बिकसीत जिल्लाका रूपमा दाङलाई गनिन्छ। सडक यतायतमा दाङ उपत्यकालाई देउखुरी उपत्यकामा पर्ने लमही बजार अवस्थीत महेन्द्र राजमार्ग सँग एक पक्की सहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखि तुल्सीपुर सम्म तथा बिचका अन्य ग्रामीण गाँउ तथा बजारलाई यातयात सेवा प्रदान् गर्दछ। साथमा दाङ राप्ती अञ्चलको पहाडी क्षेत्रको पनि मुख्य ब्यावसायीक स्थल हो। रोल्पा,रूकुम,प्युठान, सल्यान सँग यस उपत्यकाको त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ । त्यसै गरी त्रिभुवन नगर देखि सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनिएको छ भने तुल्सीपुर बाटै पनि एक कच्ची सहायक मार्गले उपत्यका बाहिर पश्चिमी खण्डको महेन्द्र राजमार्ग सँग जोडदछ। स्थानीय सडकहरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनि छन। दुर सञ्चारमा टेलीफोन एस टि डि , आई एस टि डि तथा इमेल इन्टरनेटको सुविद्या पाउन सकिन्छ स्थानीय यातायातका साधन हरूमा मुख्य दुई शहरमा थोरै टयाक्सी तथा रिक्साको सुविद्या रहेको छ भने ग्रामीण क्षेत्र तर्फ साइकल मोटरसाइर्कल गोरू गाढा प्रचलित छन। [१][२]
चित्र दीर्घा
सम्पादन गर्नुहोस्-
दाङ उपत्यका
-
सुर्खेत-दैलेख सडक खण्ड, दाङ उपत्यका
-
सुर्खेत-दैलेख सडक खण्ड, दाङ उपत्यका
-
सुर्खेत-दैलेख सडक खण्ड, दाङ उपत्यका
-
दाङ उपत्यका
-
काँक्रेबिहारबाट दाङ उपत्यका
-
काँक्रेबिहारबाट दाङ उपत्यका
-
काँक्रेबिहारबाट दाङ उपत्यका
-
काँक्रेबिहारबाट दाङ उपत्यका
-
दाङ उपत्यका
-
दाङ उपत्यका
-
दाङ उपत्यका
-
दाङ उपत्यका
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ http://www.tribhuvannagar.gov.np/ वेब्याक मेसिन अभिलेखिकरण २००७-१०-२२ मिति
- ↑ http://www.merodang.com/ वेब्याक मेसिन अभिलेखिकरण २००७-१०-२२ मिति