कर्णाली प्रादेशिक अस्पताल

कर्णाली प्रादेशिक अस्पताल वा प्रादेशिक अस्पताल सुर्खेत पहिले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको रूपमा परिचित, नेपालको कर्णाली प्रदेश, सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा अवस्थित एक सरकारी अस्पताल हो।[१][२] यो नेपालका तीन अस्पतालमध्ये एक हो जहाँ निःशुल्क मिर्गौला प्रत्यारोपण गरिन्छ।[३][४]

कर्णाली प्रादेशिक अस्पताल
नक्सा
भौगोलिक विवरण
स्थानसुर्खेत, कर्णाली प्रदेश, नेपाल
निर्देशाङ्क२८°३६′०५″N ८१°३५′३१″E / २८.६०१४९१३°N ८१.५९२०८२६°E / 28.6014913; 81.5920826निर्देशाङ्कहरू: २८°३६′०५″N ८१°३५′३१″E / २८.६०१४९१३°N ८१.५९२०८२६°E / 28.6014913; 81.5920826
सङ्गठन
प्रकारसङ्घीय स्तरको अस्पताल
सेवाहरू
आकस्मिक विभाग
शैय्या३०० शैय्या
इतिहास
पूर्व नाम(हरू)मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, सुर्खेत
सञ्चालनवि.सं २०१९
कडीहरू
वेबसाइटhttps://provincehospital.karnali.gov.np

विसं २०१९ मा सुर्खेतको गोठीकाँडामा स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको थियो। त्यसपछि यसलाई २०२४ सालमा सुर्खेत उपत्यकामा सारिएको थियो। विसं २०२९ मा यसलाई १५ शय्याको सुर्खेत जिल्ला अस्पतालको रुपमा स्तरोन्नती गरिएको थियो। विसं २०४९ मा यसलाई २५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको थियो। विसं २०६२ मा पुनः ५० शय्याको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको रूपमा स्तरोन्नति गरिएको थियो। विसं २०७५ मा यसलाई ३०० शय्याको कर्णाली प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरिएको थियो।[५] हालै कर्णाली प्रादेशिक अस्पताललाई ५०० शय्याको तृतीय स्तरको अस्पतालमा स्तरोन्नति गर्ने सम्झौता भएको छ।[६]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Introduction of Karnali Province Hospital", Karnali Province Hospital, अन्तिम पहुँच ३० डिसेम्बर २०२३ 
  2. "Karnali Provincial Hospital introduces online OPD tickets", The Rising Nepal, अन्तिम पहुँच ३० डिसेम्बर २०२३ 
  3. "Karnali Provincial Hospital is providing critical medical care", The Kathmandu Post, अन्तिम पहुँच ३० डिसेम्बर २०२३ 
  4. "Karnali reports 1st successful kidney transplant", Online Khabar, अन्तिम पहुँच ३० डिसेम्बर २०२३ 
  5. "About Karnali Provincial Hospital", अन्तिम पहुँच ३० डिसेम्बर २०२३ 
  6. "Karnali Provincial Hospital to be upgraded to 500 beds", The Rising Nepal, अन्तिम पहुँच ३० डिसेम्बर २०२३