कार्की

नेपाली बहुसङ्ख्यक क्षेत्री वर्गको थर

कार्की पुरातन वर्गीकरण अनुसार क्षेत्री पहाडी राजपुत जातिमा पर्ने थर हो।[२][३] प्राचीन खस राज्यमा कार्की थरको नामाङ्कन 'कर अधिकृत' भइ कर उठाउने व्यक्तिलाई कार्की भनिएको हो।[४]

कार्की
जम्मा जनसङ्ख्या
३,७०,६६० विश्वव्यापी[१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
नेपाली भाषा, डोटेली भाषाबैतडेली भाषा,कुमाउनी भाषा
धर्महरू
हिन्दु धर्म
सम्बन्धित जातीय समूह
खड्का, थापा, बस्नेत

कुमाऊँको इतिहास अनुसार कार्की कोङ्कण राज्यका राजा थिए। बाह्रौँ शताब्दीतिर कार्कीहरू नेपाल प्रवेश गरेको हो। भारतको कुमाऊँमा कार्कीहरूको आदि पुरुषको रूपमा विर सङ्ग्राम सिंह कार्कीलाई चिनिन्छ।[५] सन् २०१४ मा कार्की नेपालको छैठौँ ठूलो थर थियो।[६][७] यस थरका व्यक्तिहरू नेपालभर बसोबास भएको हुनाले यिनीहरू एक सत्तारुढ जाति हुन्। कार्की थर भित्र पनि विभिन्न उपसमूहहरू रहेको पाइन्छ। 'रिखले कार्की', 'लामा कार्की', 'सुतार कार्की', 'मुडुला कार्की', 'खुलाल कार्की', 'खपतरी कार्की', रुमे कार्की, 'सिंजापति कार्की', 'गोदार कार्की', आदि कार्कीहरूको कुलघरान हुन्।[८]

मुडुला कार्की

मुडुला कार्कीहरू मौदगल्य गोत्रका हुन्।[९]

लामा कार्की

लामा कार्कीहरू पराशर गोत्रका हुन्।[९] उनीहरू लुकुवा देवाली मनाउँछन्। उनीहरूको प्राचिन कथन अनुसार एकजना वृद्धा मोहीको ठेकीभित्र परी मृत्यु भएकोले उनीहरू लुकुवा देवाली मनाउँछन्।

सुतार कार्की

सुतार कार्कीहरू घृतकौशिक गोत्रका हुन्।[९]

रिखले कार्की

'रिखले कार्की'हरू कश्यप गोत्रका हुन्।[९]ऋषिखाल (धेरै ऋषिहरू भएको स्थान)पछि अपभ्रंश हुँदै रिखाली नाम रहन गएको हो। यहाँ बसोवास गर्ने कार्कीहरूलाई रिखले कार्की भनिन्छ। रिखले कार्कीको बर्मो अनुसार रिखाली गाउँ बडाबाग र उनका कान्छाभाइ गडदेउ मल्लले बसालेका थिए।[स्रोत नखुलेको] रिखले कार्कीका बिजपुरुष खाणजित बाजे महाराज बडाबाग मल्ल(कार्की)लाई मानिन्छ। बाजे बडाबागलाई घोडागौणका जीतवार, वालीचौखणाका जितवार भनेर पनि सम्मान गरिने गर्दछ। रिखले कार्कीहरूको कुल देवता दोगडाभुमिराजकेदार हुन्। रिखले कार्कीहरूका काडा कार्की, सेरा कार्की, नाउली कार्की भाइ हुन्।[स्रोत नखुलेको]रिखलेको बर्मो अनुसार ।।।।।।।।।।।।।।।।।।।।।।।।।।बडाबाग मल्ल/गडदेउ मल्ल(कार्की)

लगभग ११ आंै शताब्दितिर भारत विजय प्राप्त गरिसकेका मुस्लीम शाशकहरूले भारतवर्षका कैयौँ भागमा त्यहाँ निवास गरिरहेका मानिसहरुलाइ इस्लामधर्म कबुल गर्न वा देश छोड्ने उर्दी जारी गरे । यसले ठूलै आतङ्गको रुप लियोे । वर्तमान उत्तराञ्चलराज्यको गढवालमा पर्ने ‘गढकत्युरो/गडोकत्युरो’ भन्ने ठाउँमा निवास गर्दै आइरहेका कैयौँ कत्युरा मल्ल हिन्दुहरु मुसलवानधर्ममा जान नसकेर आफ्ना पुर्खाले मान्दै आइरहेको सनातन धर्म बचाउन कालीनदी पार गरी डोटि राज्यमा प्रवेश गरे।यसैक्रममा गढकत्युरोका  तिनभाई(१.बडाबाग मल्ल,२.नाम नखुलेका,३.गडदेउ मल्ल)पनि तत्कालीन डोटि राज्यको च्वाँगढमा पुगे।

यो कथा ती वीर सपूत योद्धाहरुको जसको विरगथा ईतिहासका पानाहरुमा लेख्न छुटियो या जानीजानी लेखिएन।हामिले यहाँ रिखालीहरुको बर्मो अनुसार ती युद्धाहरुको ओझेल परेको ईतिहासमा सानो भएनी प्रकाश पार्ने कोसिस गरेका छौ।

डोटि राईकाका सिपाहीहरुले हड्डाकट्टा बलिया जबर पुरुषहरु आफ्नो राज्यमा प्रवेश गरेको देखेर बन्धक बनाएर राईका दरबारमा पेस गर्छन।

त्यहा राईकाले सोधपुछ गर्दा बडाबागले आफू गरोकत्युराका मल्ल भएको र राज्यमा मुस्लिम आक्रमण थेग्न नसकेर शान्ति संग जिवनयापन गर्न बस्न योग्य भुमी खोज्दै यहाँ सम्म आईपुगेको कुरा बताउन्छन।

राईकाले बडाबाग र भाईहरुलाई बन्धी मुक्त गरेर शाही मेहमान नमाजी गरेर आफ्नो छोरिको स्यमबरमा भागिदार बन्न निम्तो दिन्छन।केही दिन पछि राईकाकी छोरिको स्वयम्बरको कार्यक्रम राखिन्छ।र सर्त यस्तो हुन्छ,"जसले बिजो मार्न सक्छ त्यहि राजकुमारी संग बिहे गर्न योग्य ठहर हुनेछ।"(बिजो मार्नु भनेको धनुसबाणले कुनै सानो बस्तुमा निसाना लगाउने एक प्रकारको खेल हुन्थ्यो )।राजकुमारीको कान्थमा चार औला छिर्ने एउटा चुरा राखिन्छ र त्यो चुराभित्र तिर छिराउनु पर्ने हुन्छ।समारोहमा आएका बाह्रराठ ठकुरीहरुले हात खडा गरिदिन्छ।र बडाबाग अघि बड्छन धनुसबाण हानेर नकपाल छोई न कुनै चोट लगाई चुरामा तिर पसाएर खेल जित्छन।राजा अतिखुसी हुन्छन।राजकुमारी संग स्वयमर गराईदिन्छन।।र अन्य दुई भाईहरुको बिहे नि आफ्नै कुलघरानाका कन्याहरु संग गराईदिन्छन।

तर यो स्वयंमर देखि अन्य ठकुराईहरु नाखुस भएर बडाबागलाई युद्धको लागि ललकार्छन।र युद्ध शुरु हुन्छ बडाबागले बाह्रराठ ठकुरीहरुलाई एक एक गरेर परास्त गरिदिन्छन।बाह्र ठकुरीहरुलाई परास्त गरेपछो बडाबागमा अहम उत्पन्न हुन्छ।राईकाले जितेपछो टीका थाप्न बुलाए पछि बडाबाग जितको उन्मातमा आफ्नो अहमताले राईका तथा आफ्नै सासुराको अगाडि यसो भनेर सिर ननिहुराउने कुरो गर्दछन,``म गरो कत्युरोको सुर्य बंशि मल्ल ठकुरी बाह्रखाण ठकुरीहरु जित्ने खाणजित हजुरको अगाडि सिर निहुराउदिन बरु मेरो दाहिने पाखुरामा टीका लगाउ."

आफ्नै ज्वाईको यस्तो अहमताले भरिएको वचन सुनेर राजा रिसले चुर हुन्छन।र बडाबागलाइ ठकुरी देखि झराएर कार्की हुने आदेस दिन्छन।

केही दिन दरबारमा बसेर तिनटैभाई बस्न लाएक जमिन खोज्दै निस्कन्छन।घुम्दाघुम्दै धेरै ऋषिहरु तपस्या गरिरहेको ठाउमा पुगेछन।त्यहा ऋषिहरु सग आदरसम्मान गर्दै आफू न पहिरो जाने न बाढी आउने पानी भएको बस्न लाएक जमिन खोजिरहेको बताउन्छन।ऋसिले त्यो सारा भुभागमा यहि जमिन बस्न उपयुक्त बताउन्छन र बडाबागलाई जमिन यसो भन्दै दिएर जान्छन।"यो भुमिमा अन्याय नगर्नु,छलकपट नगर्नु यो देव स्थल हो,यदि कुनै किसिमको पाप गर्यौ भने,यहाँ को जमिन भासिएर पानी सुकेर जानेछ,र तिम्रा पुस्तौपुस्ता दुक्ब भोग्ने छन।"

बडाबाग भाईहरु सानो कुटि बनाएर  दरबार गएर आफ्नी भार्याहरु लिएर त्यो ठाउँ मा फर्कन्छ्न र ऋषि भएको ठाउँ हुनाले ठाउको नाम ऋषिखाली राख्दछन।(ऋषिखालीको अपभ्रम्ष नै रिखाली हो)

ऋषिखाल पुगेपछी मझिल्ला भाईले आफू यहाँ कार्की भएर बस्न नसक्ने र अन्त्यै गएर मल्ल भएर नै बस्ने कुरा भाईहरु संग राखेर पुर्व तिर ख्यातड(हालको खप्तड) भन्ने ठाउँ गएर बस्न थाल्छन।

जेठा भाई बडाबाग र लक्ष्मण जस्ता कान्छाभाई गडदेउ रिखाली मै बस्न थाले।

दोगडा देवता र बडाबाग/गड देउ

दुबै भाइ एक दि सिकारमा हिडे।दुईटा घोरड देखेछन र धनुरधारी भाईहरुले घोरडलाई तिर हान्छन तर घोरड पिडामा भागेर एउटा  घना जङ्गल भित्र प्रवेश गर्दछन।पछ्याउँदै गरेका भाईहरु घोरड अचानक अँखा अगाडि बाटै लुप्त भएको देखेर अचम्मित हुन्छ।त्यति कै मा घना जङ्गलको माथी बाट अवाज आउन्छ।"मेरा शरणमा आएकाहरुलाई तिमिहरुले मार्ने दुस्साहस नगर यहाँ बाट गईहाल नत्र तिम्रो बिनास निस्चित छ।"

चतुर बडाबागले बिन्ती गर्दछन"हे अदृश्य देव तपाईं जो कोहो पनि हो बहुत शक्तिशाली र दयावान हुनुहुन्छ।मैले जिवनमा धेरै दुख भोगे आफ्नो राज्य सत्ता,कुल कुल्यायन,देव सबै थोक त्याग्नु परेको छ।आज देखि म हजुरलाई मेरो ईष्ट देवको रुपमा हृदय देखि  स्वईकार गर्दछु।मलाई प्रसाद स्वरुप यी दुई घोरड दिनुहोस।मेरा घरमा बालबच्चा भुखले मरिरहेका छन।"

घोरड देखा पर्छन र दुबै भाइ काधमा राखेर खुसी हुँदै घर तिर फर्कन्छन।

बडाबाग-पनेरु-दोगडा

रिखाली पारी ढिक्कगाढको सेरामा किल्ला बनाएको पनेरु शामन्तिले बडाबागलाई ओल्को(कर)बुझाउ भनेर सन्देश पठाउन्छ।बडाबागले ठाडो रुपम ओल्को नदिने,आफ्नो पसिनाको धार बिना सित्तै कसैलाई नदिने सन्देस पनेरुलाई पठाउन्छ्न।आफ्नो आदेश नमानेको झोकमा रिसाएको पनेरुले बडाबागलाई बन्धक भनाउन असि जना सिपाही पठाउन्छ।

सिपाही पक्रिन आएको देखेर बडाबाग चिन्तित हुन्छन।र अचानक जङ्गमा ईष्ट मानेको शक्तिलाइज सम्झिन्छन।अचानक बडाबागको पछाडी तिर 40जना देवफौज खडा हुन्छ ।बडाबागमा उर्जा हौसला आन्छ र आफ्नो कमान देखि तलवार झिकेर पनेरुका सिपाहिहरुलाई क्षणभरमै तितर्बितर गरिदिन्छन।

अनि बडाबागले प्राथना गर्दछन।

"हे देउ हे कुले तम मेरा दगडी भया धन्यवाद छ तम मेरा दगडी सधै रहिरया मेरा सन्तानका दगडीरहि रहा तमलाई हम दोगडानामले पुकार गद्दु,तमरो नाम जपुन्ज्या तमलाई सम्झिन्ज्या दुख कष्टका बेला हमरो डरभौ नाश भैइ गयो तमलाई हम भौनेकी भौ हद्दे भौ नेल्ले हमरा कुल्याअ दोगडाभौनेली नामले पुकार गद्दु।"

दुबै भाइ दोगडामा अझ प्रगाढ विस्वास गर्न थाले।

दिन हु।कुर्जो चडाएर पुजा गर्छन।दोगडा पातलमा ध्यानमा बस्ने गर्छन।रिखाली कार्कीहरुले कयौ युद्धमा आफ्नो वीरता पराक्रम दोगडाको कृपाले देखाउदै आए।ईतिहास साक्षी छ रिखालीले लडेका कुनै पनि युद्धमा पराजयको सामना गर्नु परेन कारण एकमात्र दोगडाभौनेली ।

बडाबाग-बिभोचन-पनेरु युद्ध

बडाबागलाई दोगडाले सपनीमा बिभोचनको दरबारमा गएर सन्यदस्ता सहयोग मागेर पनेरुको अत्याचार बाट मुक्त हुन सुझाव दिन्छ।देवताको आदेश अनुसार बडाबाग स्वराड बिभोचन कहाँ जान्छन ।त्यहा पुगेर सबै वृतान्त बताउन्छन।बिभोचलाई देवताले सपनामा पहिले बताएको बिभोचनले बडाबागलाई बताउन्छन।र आफ्नो सैन्य दस्ता लिएर बिभोचन बडाबाग संग आफै आउन्छ्।

पराजयको साम्ना गर्नु परेको पनेरु फौज फेरि तयारी साथ हमला गर्ने नियतले 250जनाको सैन्य दस्ता तयार गरेर युद्धको लागि निस्कन्छ।बडाबागको नेतृत्वमा रहेको सन्य मोर्चा ढिकगाढ वारि लुकाएर राखिन्छ।जसो जसो पनेरु फौज नदि तर्छन बिभोचनका सेनाले काट्दै नदिमा फाल्दै गर्छन र सबै सेनालाई सखाप पारिदिन्छन।

बिभोचन बडाबाग देखि खुसी भएर धेरै जमिन बिर्ता दिन्छन।लगभग हालको बैतडीको एक चौथाई भाग पुरै बडाबागलाई बिर्तामा दिएको कथा रहेको छ।

बडाबाग र गडदेउ अलग हुन्छन।।।

दुर दृष्टि भएका  भाईहरुले भोलिका दिनमा सन्तान वृद्धि हुँदै जादा रिखालीको जमिन सानो पर्न सक्ने दुर्गामी सोछ राखेर अझ जमिन बस्न योग्य बनाउने निर्णय गर्दछन।बस्न योग्य जमीन खोज तलास गर्दा न्वालीमा भेटाउन्छन।र त्यहा को भाइ बस्ने भनेर विचार गर्दा बडाबागले भाइ गडदेउलाई बस्न जाउ भनेर भन्छन।तर गडदेउ जाने मन नभए नि बडाबाग दाईको आदेश मानेर जान तयार हुन्छन।बडाबागले गडदेउलाई न्वाली बसाल्न छल गरेको भान्ने नि सुनिन्छ जस पापको कारण रिखाली फासिएर पानीको मुहान सुकेको भन्ने नि छ।

बडाबाग आफ्ना मझिल्ला भाइ भेट्न ख्यातड जान्छन।

ख्यातडामा एउटा मानिसको मासु खाने धामि रहेछ।त्यसले पालै पालो घर पिच्छे मानिसको मासु खाने रहेछ।बडाबागका भाईको घरको पालो आउन्छ र बडाबाग आफू जान्छन।त्यसलाई भन्छन।त संग भएको शक्ति प्रयोग नगरी त म संग युद्ध गर मलाई जितेपछी खान सक्छस।"6दिन सम्म युद्ध चल्छ र 7औ दिन बडाबागले त्यो मान्छेखाने धामिलाई मारिदिन्छन।

बडाबाग/गडदेउले आफ्ना सहयोगी राखे।

बडाबागले कहिले नि आफ्ना सहयोगिहरुलाई तल्लो मल्लो जात भनेर भेदभाव गरेनन।सबैलाई एक समान हेरे।घर जमिन  बिहिन गरेनन घर जग्गा दिएर आफ्नोपन दिएर धेरैलाई सहारा दिए र दिनहु काममा सहयोग लिए।

तल्ले सोराड देखि औझी लिएर आए -गीत नाट्य,बाद्य मनोरञ्जन कार्य को लागि ।।

लुहारलाई बसाले-हातहतियार बनाउन।।

बाहुन पुरोहित भट्ट राखे-पुजापाठ गराउन।

घरकामकाजको लागि हात बटाउने-मौर

कयौ अनाथहरुलाई आफ्नो छत्रछायामा आफ्नो कुलनाम दिएर धर्मपुत्र मानेर पालनपोषण गरे।

सबैलाई समान दृष्टिले हेरे र कुनै किसिमको भेदभाव राखेनन।

बडाबाग तथा गडदेउ मल्लले यी उपाधि पाएका थिए।

१:खाणजीतबाजे माहाराज।

२:बालीचौखणाका जितवार

३:घोडागौणका जितवार

४:धनकारी

५:पकडिया

रिखले कार्कीको गौरवमय ईतिहास माटोमा कसरी मिल्न गयो।

गोर्खा राज्यमा बिलिन भएपछि रिखालिको ईतिहास मात्र नभएर अधिकाङ्स विरपुरुषहरुको ईतिहास ओझेल परेको थियो।गोर्खाहरुको बिरोध गर्नेहरुको त बंश समेत नास गरिएका उदाहरण भेटिन्छन।त्यसैले त शुदुर तिर गोर्खाणीराज भनेर तथा रातो मुण्डावाला भनेर कथा सुनाईन्छ।हो रिखाली कार्की नि तिनै वीर पुरुष तथा अधिनस्त दासता स्वैइकार नगर्ने स्वतन्त्र भएर बाच्न  चाहने वीर हरुका सन्तान हुन।सायद रिखालिहरुले गोर्खाको जिहुजुरी गरेको भए ईतिहास धुमिल हुने थिएन।तर स्वाभिमानी  ले कहाँ जिहुजुरी गर्न सक्थे र।गोर्खा दमनको सिकाएर भएका रिखालीहरुलाई खाउलाउमा नै धौ धौ परिरहेको सकेको थियो।त्यसो अवस्थामा आफ्नो मुलकुल लेख्ने कसको ध्यान जान्छ र बस बिहानबेलुकाको गाँस जुटाउन नै ब्यस्त रहे।जब पन्चायत ब्यवस्था आयो तब बल्ल रिखालीले केही राहत पायो।तर सत्ता धनको मोहमा घर घरमा नै आगो बल्न थाक्यो।बर्षा देखि भोकाएका रिखलेहरु एकैचोटी पाउँदा पचाउन सकेनन।भाईभाई लड्न थाले।राजनितीक पद भिक दिएको सम्मानको मातमा आफ्नै दाजुभाईलाई म ठूलो त सानो भन्न थाले।पुर्खाले देखाएको त्याग,बलिदान,स्वाभिमानको बाटो बिराए।पुर्खा कुलको नाममा स्थापना गरेका थाप्ना(एक प्रकारको कुलपुरुषहरुको सम्झनामा बनाईने मन्दिर जस्तो)भत्काउन थाले।आफ्नै कुलको खुलेआम दोज्जिया उडाउन थाले।लुकेको ईतिहास उजागर गर्नु त कता कता नया बदनामी ईतिहास रच्न थाले।

उल्लेखनीय कार्कीहरू

सन्दर्भ साम्रगी

  1. "Karki Surname", forebears (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-१७ 
  2. "खस क्षेत्री र बाहुनबीच किन कुटुम्बेरी चल्दैन ?", जनबोली (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-१७ 
  3. "खशहरूमा रहेको भ्रम र यथार्तता", इन्डिजेनस भ्वाइस (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-१७ 
  4. "नेपालका खस जाति : एक सामान्य परिचय", नेपाली डिजिटल (नेपालीमा), २०१२-१०-०३, अन्तिम पहुँच २०२०-०८-१७ 
  5. "इतिहास बनता जा रहा 'संग्राम' का नौला", दैनिक जागरण (हिन्दीमा), अन्तिम पहुँच २०२०-०८-१७ 
  6. "Why we need to talk about caste", द काठमाडौँ पोस्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-१७ 
  7. "बाहुनको जनसंख्या घट्यो, देशभरिका बाहुन काठमाडौँमा थुप्रिए", आनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-१७ 
  8. http://www.karma99.com/2013/01/chettri-surnames.html?m=1
  9. ९.० ९.१ ९.२ ९.३ "List of Gotras with Thar (surname, Lastname)", विजय कुइकेल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-१७ 

यो पनि हेर्नुहोस्