बुद्ध

पूर्ण रूपमा जागृत वा निर्वाण प्राप्त गरेको व्यक्ति

बुद्ध धर्ममा पूर्ण रूपमा जागृत वा निर्वाण प्राप्त गरेको व्यक्ति बुद्ध हो। यस्ता व्यक्ति लोभ (राग), द्वेष र अज्ञानता सधैंको लागि पार गरेर पूर्ण रूपमा दुःखबाट मुक्त हुन्छन। बुद्ध धर्म अनुसार यी सबै गुण भएका व्यक्तिले निर्वाण प्राप्त गरेको भनिन्छ। यी गुणहरु बुद्ध धर्म नभएको वा लोप भएको अवस्थामा कसैले आफैले प्राप्त गरेमा सो व्यक्तिलाई बुद्ध भनिन्छ। वर्तमानमा साधारण रूपले "बुद्ध" शब्दले सिद्दार्थ गौतम चिनिन्छन। ऐतिहासिक र पूरातात्त्विक रूपमा अस्तित्त्व पुष्टि भएका बुद्ध यिनी मात्रै छन। बुद्ध शब्द संस्कृत शब्द बुद्बाट आएको हो जसको अर्थ "जागृत भएको" हो।

A stone image of the Buddha.
A statue of the Sakyamuni Buddha in Tawang Gompa.
पोखराको मुस्ताङ गुम्बाको परिसरमा रहेको बुद्धको प्रतिमा
पोखराको मुस्ताङ गुम्बाको परिसरमा रहेको बुद्धको प्रतिमा

बुद्धको शिक्षालाई धर्म (पालिभाषामा धम्म) भनिन्छ। बुद्धको धर्म अनुसार सबै दुःख, अनुराग वा सांसारिक बन्धनबाट आउंछन। निर्वाण यी बन्धनहरूबाट मुक्त भएपछि प्राप्ति हुन्छ।

बुद्ध परमेश्वर हुन भन्ने र बुद्ध धर्म बारे एउटा गलत धारणा व्यापक छ। तर, बुद्ध धर्म एउटा अनिश्वरवादी धर्म हो। यो धर्म सर्वशक्तिमान इश्वरको अस्तित्त्व र ईश्वरको कृपाद्वारा मुक्ति वा सुख पाउने जस्ता कुरामा मौन छ। बुद्ध धर्ममा बुद्धलाई एक मार्गप्रदर्शक वा गुरुको रूपमा चित्रित गरिएको छ। यो धर्म अनुसार मार्ग देखाउने बुद्धको धर्म हो, मार्गको विवेचना गरेर मार्गमा हिंड्ने काम धर्ममा ईच्छा राख्ने व्यक्तिको हो। बुद्ध धर्ममा भौतिक संसारको उत्पत्ति अविद्याद्वारा भएको हो र यसबाट पार लाग्न शील, समाधि र प्रज्ञा चाहिन्छ।

त्रिपिटक अनुसार बुद्ध भनेको धर्म नभएको समयमा गुरु बिना चतुरादि सत्य र आर्य अष्टांगीक मार्ग पत्ता लगाएर निर्वाण हुने व्यक्ति हुन्।

साधारण रूपमा सिदार्थ गौतमलाई मात्र बुद्धको रूपमा लिएतापनि त्रिपिटकको बुद्धवंशमा २८ बुद्धको उल्लेख गरिएको छ। साथै, सोही भागमा भविष्यमा धर्म पतन भइसकेपछि आउने मैत्रेय बुद्धको बारेमा पनि उल्लेख गरिएको छ।

बुद्ध धर्ममा सबै प्राणीले निर्वाण प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ। कुनै जात, वर्ग, लिंग आदिले निर्वाण प्राप्ति गर्नबाट कोही पनि वर्जित हुंदैनन्। थेरवाद शाखाको बुद्ध धर्म अनुसार निर्वाण प्राप्त गर्न बुद्ध नै हुनुपर्दैन। बुद्धको धर्म बुझेर, पालना गरेर निर्वाण प्राप्त गर्न सकिन्छ। यस प्रकारले निर्वाण प्राप्त गर्ने व्यक्तिहरूलाई अर्हत भनिन्छ। सद्धर्मपुण्डरीक सूत्र अनुसार सबै प्राणीले भविष्यमा कुनै समयमा बुद्धत्त्व प्राप्त गर्नेछन्।

बुद्धका प्रकारसम्पादन

त्रिपिटकमा दुई प्रकारका बुद्धको वर्णन गरिएको छ। सम्यकसम्बुद्धप्रत्येकबुद्ध

१. सम्यकसम्बुद्धहरूले आफूले बुद्धत्त्व प्राप्त गरेको कुरा अरुलाई भन्छन र बुद्धत्त्वको बारेमा अरुलाई सिकाउंछन। यस्ता बुद्धले अरुलाई धर्मोपदेशनाद्वारा जागृत गर्छन र लोप भएको धर्मलाई पुनर्जीवन दिन्छन। ऐतिहासिक बुद्ध, सिदार्थ गौतम, सम्यकसम्बुद्ध हुन।

२. प्रत्येकबुद्ध वा शान्त बुद्ध सम्यकसम्बुद्ध जस्तै निर्वाण प्राप्त गर्छन तर धर्मोपदेशना गर्दैनन। धर्मको आध्यात्मिक पक्षमा यी बुद्ध सम्यकसम्बुद्ध भन्दा दोस्रो रहन्छन। यस्ता बुद्धको जन्म बुद्ध शासन नभएको समयमा मात्र हुन्छ। यस्ता बुद्धले अभिसमाचारिकसिक्खाको बारेमा अरुलाई उपदेश दिन्छन। कुनै ग्रन्थहरूमा भने प्रत्येकबुद्धलाई आफ्नै प्रयासले धर्म बुझेका तर धर्मको सर्वज्ञता प्राप्त नगरेका वा धर्मको फल पूर्ण रूपले नपाएका भनेर वर्णन गरिएको छ। [१]

सम्यकबुद्धका चेलाहरूलाई श्रावक वा अर्हत भनिन्छ। यी शब्दहरुका अर्थहरूमा केही मात्रामा भिन्नता छ। अनुबुद्ध भन्ने शब्द बिरलै प्रयोग हुन्छ। यो शब्द बुद्धले खुद्दकपाठमा प्रयोग गरेका छन। [१] सो ग्रन्थमा बुद्धले निर्देशन पाएपछि बुद्ध भएकालाई अनुबुद्ध भनेका छन। जागृत भएका चेलाहरूले दुबै प्रकारका बुद्ध झैं निर्वाण र परिनिर्वाण प्राप्त गर्छन। यसरी निर्वाण र परिनिर्वाण प्राप्त गर्ने चेलाहरूलाई अर्हत भनिन्छ।

१२औं शताब्दीको एक थेरवादी टीका अनुसार सावकबुद्ध (श्रावकबुद्ध) भन्ने शब्द निर्वाण प्राप्त गरेको चेलालाई जनाउन प्रयोग गरिएको छ। यो ग्रन्थ अनुसार बुद्ध ३ प्रकारका हुन्छन। तर, यो परिभाषा प्रयोग गर्दा आफैले धर्म प्राप्ति गरेको बुद्धको परिभाषा नरहने हुन जान्छ। मूलप्रवाह थेरवाद र महायान ग्रन्थहरूले यस प्रकारका बुद्धलाई मानेका छैनन।

बुद्धका गुणहरुसम्पादन

दश गुणसम्पादन

बुद्धका दश गुणलाई त्रिपिटक र महायानसूत्रमा लिपिबद्ध गरिएका छन-

  • तथागत
  • अर्हत
  • सम्यकसम्बुद्ध
  • विद्याचरन सम्पन्न (विद्या र आचरण सम्पन्न)
  • सुगत
  • अनुत्तर
  • लोक-विद (संसार जान्ने)
  • पुरुष दम्य सारथि (मानिसहरूको अगुवा)
  • सास्ता देव-मनुष्यनम (देव र मनुष्यको शिक्षक)
  • भगवत


आध्यात्मिक चिन्तनसम्पादन

सबै बुद्ध संघका अनुसार बुद्धत्त्व प्राप्त गर्ने व्यक्ति पूर्ण रूपमा राग, द्वेष, अविद्या रहित र सम्सार मुक्त हुन्छन। बुद्ध पूर्ण रूपमा जागृत र प्रज्ञायुक्त र दुख मुक्त हुन्छन।

बुद्धधातु वा बुद्धको प्रकृतिसम्पादन

बुद्ध धर्मका विभिन्न संघले बुद्धत्त्वको प्रकृतिको बारेमा विभिन्न धारणा राख्दछन।

त्रिपिटक: बुद्ध मानव हुन्सम्पादन

त्रिपिटक अनुसार बुद्ध मानव हुन र उनीसंग आलौकिक गुण थिए(केवत्त सुत्त)। साधारण व्यक्तिका जस्तै बुद्धको शरीर र mind परिवर्तन भइरहन्छ। तर बुद्धको धर्म सिद्धान्त यी परिवर्तन संगै परिवर्तन भएनन। यो धारणा थेरवाद र प्राचीन बौद्ध संघहरूमा व्याप्त छ।

महायानको सनातन बुद्धसम्पादन

महायानवादी केही संघहरूमा बुद्धत्त्व प्राप्ति पछि प्राणी मानव भन्दा माथि उठेर सनातन भएको विश्वास गरिन्छ। धर्मकाय भनिने यो अवस्थामा अनगिन्ती गुणयुक्त हुन्छन। महापरिनिर्वाण सूत्र अनुसार बुद्धले "Nirvana is stated to be eternally abiding. The Tathagata [Buddha] is also thus, eternally abiding, without change." भनेको आधारमा यी चिन्तनहरूको विकास भएको हो। यो चिन्तनलाई सद्धर्मपुण्डरीकसूत्र र तथागतगर्भमा परिमार्जित गरिएको छ।

कलामा बुद्धको चित्रणसम्पादन

 
Buddha statues at Shwedagon Paya
 
Jade Buddha statue at Shwedagon Paya

बुद्धलाई विभिन्न प्रकारका मूर्ति र चित्रमा चित्रित गरिएको पाइन्छ। साधारण रूपमा बुद्धलाई तीन आसनमा चित्रित गरिन्छ:

  • बसेको अवस्था (पद्मासन)
  • विश्राम गरिरहेको अवस्था
  • उठेको अवस्था
  • होटेइ, लाफिंग बुद्ध, चीनको मध्यकालीन भिक्षुहरुद्वारा चित्रित मैत्रेय बुद्ध
  • क्षीण अवस्था महात्याग तथा अतिवादी ध्यान गर्दाको अवस्था


चिन्हसम्पादन

बुद्धको मूर्तिमा बुद्ध जनाउने केही चिन्ह राखिएका हुन्छन, जस्तै:

  • उन्नत शिर
  • लामो कान

त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणको वर्णन गरिएको छ।

हस्तमुद्रासम्पादन

बुद्धको आसन र मुद्राले विभिन्न अर्थ व्यक्त गर्दछ। यस्ता अर्थ क्षेत्रीय रूपमा भिन्न पनि हुने गर्दछ। जस्तै वज्र मुद्रा जापान र कोरियामा प्रसिद्ध छ भने भारतमा बिरलै पाइन्छ। बुद्धका उभिएका मूर्तिहरूमा वरदा (वरदान दिने) र अभया (भयरहित) मुद्रा प्रसिद्ध छन।

सन्दर्भ सामग्रीहरूसम्पादन

Cited references

  1. Ratanasutta:56

General references

  • What the Buddha Taught (Grove Press, Revised edition July १९७४), by Walpola Rahula
  • Buddha - The Compassionate Teacher (२००२), by K.M.M.Swe

बाह्य‍ सूत्रहरूसम्पादन

हेर्नुहोस्सम्पादन