पाण्डु
पाण्डु महाभारतका एक प्रमुख पात्र हुन् । उनी राजा विचित्रवीर्य कि पत्नि अम्बालिकाका पुत्र हुन् । व्यास ऋषिले अम्बालिकालाई नियोग विधिद्वारा गर्भधान गर्ने क्रममा अम्बालिका डराएकाले, पाण्डु जन्मदा असामान्य जन्मिएका थिए । उनका पत्नीहरू कुन्ती र माद्री हुन् । उनका पाँच पुत्रहरू छन्, जसलाई पाण्डवको नामले पनि चिनिन्छ । कुन्तीबाट युधिष्ठिर, भीमसेन र अर्जुनको जन्म भएको थियो भने, माद्रीबाट नकुल र सहदेव जन्मिएका थिए । उनका जेठा दाइ धृतराष्ट्र दृष्टिविहिन भएकाले उनलाई हस्तिनापुरका कार्यकारी राजा बनेका थिए । उनीलाई सत्य, निस्ठा तथा विवेक र त्यागको प्रतिकको रूपमा मानिन्छ ।
