नेपालमा कश्यप गोत्रका भण्डारीहरू पर्वत, बागलुङ र तनहुँ जिल्ला लगाएतका जिल्लामा पाईन्छन।

थर
भण्डारी
उच्चारणढाँचा:ˈbha-n-daa-riˈनेपालीː
भाषानेपाली
उत्पत्ति
उत्पत्ति भएको क्षेत्रदक्षिण एशिया
भाषाको उत्पत्तिनेपाली, संस्कृत
मूलब्राह्मण
अन्य नाम
भिन्नताभण्डारी
अर्थब्राह्मण
यो पनि हेर्नुहोस्पौडेल, भट्टराई, अधिकारी, निरौला,
वंशज
कश्यप ऋषि

वशिष्ठ गोत्रीय भण्डारीहरू

सम्पादन गर्नुहोस्

सीजापति भण्डारी(क्षेत्री) जुम्लाको सीजा र दैलेखमा धेरै बसोवास भइरहेको र हाल पछिल्लो पुस्ता सुर्खेत, बाँके र बर्दिया लगायत का जिल्लामा बसोवास गरिरहेका छन। धर्म हिन्दु,कुल देवता देवीमष्टा हो।

वशिष्ठ गोत्रीय भण्डारीहरू

सम्पादन गर्नुहोस्

प्रदेश नम्बर ३ अन्तर्गत नुवाकोट जिल्लाको थानसिङ थातथलो भएका वशिष्ठ गोत्रीय भण्डारीहरू ब्राह्मण हुन् । हाल धादिङ, काठमाडौँ, रामेछाप, चितवनलगातका जिल्लामा समेत पुगेर बसोबास गर्ने वशिष्ठ गोत्रीय भण्डारीहरूलाई गोत्रावलीमा थानसिङे भण्डारी भनेर उल्लेख गरिएको छ ।

गौतम गोत्रीय भण्डारीहरू

सम्पादन गर्नुहोस्

महाकाली अञ्चलको बैतडी जिल्लामा बसवास गर्ने क्षेत्रिय भण्डारीहरू गौतम गोत्रीय भण्डारीहरू हुन् । विभिन्न ऐतिहासिक प्रमाणहरूका अनुसार सबै भन्दा पहिले गौतम गोत्रिय भण्डारीहरू भारतको दुवा नगरबाट गौतम गोत्री बिष्ट, भट्टहरूसँग नेपाल प्रवेस गरेर बैतडी जिल्लाको पाटनमा आई बसेका थिए । त्यस पछि उनीहरू बैतडी जिल्लाको रोडीदेवल गाविसमा वसोवास गरेको देखिन्छ । उनीहरू त्यस समयमा दुवानगरका गौतम गोत्री राज परिवारको खटन पटनमा वर्तमान नेपालको बैतडी जिल्लामा आएको बताइन्छ । बैतडी जिल्लाको रोडीदेवलबाट मुस्या भण्डारी बैतडीको दशरथ चन्द नगरपालिकामा आई बसेका थिए । उनका सन्ततीहरू अहिले बैतडीकै विभिन्न स्थानहरूमा वसोवास गरिरहेको देखिन्छ । अहिले गौतम गोत्री भण्डारीहरू शिलगढी, पाटन, मेलाउ, रोडी, रन्तोली, बड्तोली तथा काठमाडौँ, कञ्चनपुरकैलाली जिल्लाका विभिन्न स्थानहरूमा वसोवास गरिरहेका छन् ।[]

भण्डारीका अन्य गोत्रहरू

सम्पादन गर्नुहोस्

उल्लेखनीय भण्डारीहरू

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय लेखक राजेश कुमार बटाला