दुर्योधन
दुर्योधन महाभारतको प्रमुख पात्र हुन्। उनी हस्तिनापुरका राजा धृतराष्ट्र तथा गान्धारीका जेठा छोरा र कौरवहरूका जेठा भाइ हुन्। उनलाई घमण्ड र अन्यायका प्रतिकको रूपमा चिनिन्छ। दुर्योधनको वध पाण्डु पुत्र भीमसेनले गरेका थिए ।
दुर्योधन | |
---|---|
Duryodhana | |
प्राप्त जानकारी | |
शीर्षक | हस्तिनापुरका "युवराज" |
हतियार | गदा |
परिवार | धृतराष्ट्र (पिता) गान्धारी (माता) |
जीवनसाथी | मयुरी |
बच्चा | लक्ष्मण कुमार |
धर्म | हिन्दू |
जन्म
सम्पादन गर्नुहोस्दिक्षा
सम्पादन गर्नुहोस्कर्णसंगको सम्बन्ध
सम्पादन गर्नुहोस्जुवा र द्रौपदीको चीर हरण
सम्पादन गर्नुहोस्विराट युद्ध
सम्पादन गर्नुहोस्मत्स्य राज्यका सेनापति किच्चक एक बलिया मानिस थिए। उनको हत्या त्यसै राज्यका रानी सुनैनाका दासी सैरन्धीका गन्धर्व पतिले मारेको कुरा बाहिर आएको थियो। त्यो कुरा सुनेपछि कर्णले किच्चकको हत्या सामान्य गनधर्वले गर्न नसक्ने बताए। उनको हत्या जरासन्ध, दुर्योधन, कर्ण, कृष्ण वा भीमले मात्र गर्न सक्ने बताए। त्यसैले दुर्योधनले पाण्डवहरू बिराट राजाको मत्स्य राज्य गुप्तवास बसेको कुरा अड्कल गयो। त्यसैले उनले मत्स्य राज्य माथि आक्रमण गर्ने विचार गरे। उनले आफ्ना मित्र सुशर्मालाई एक तर्फबाट हमला गर्न लगाए। र दुर्योधनको सेनाले अर्को तर्फबाट हमला गर्यो। तर अर्जुन र भीमले मत्स्य राज्यको रक्षा गरे।
कुरुक्षेत्र युद्ध
सम्पादन गर्नुहोस्शान्ति प्रस्ताव
सम्पादन गर्नुहोस्१२ वर्षको वनवास र १ वर्षको अज्ञातवासको शर्त पूरा गरेपछि पनि जब कौरवले पाण्डवलाई उनीहरूको राज्य फिर्ता दिन अस्विकार गरे तब पाण्डवहरूलाई युद्ध गर्न बाध्यता सिर्जना हुन गयो । परन्तु श्रीकृष्णले बताए कि यो युद्ध सम्पूर्ण विश्व सभ्यताको विनाशको कारण बन्न सक्दछ अतः उनले युद्ध रोक्ने हर सम्भव प्रयास गर्नको लागि सुझाव दिए। कृष्णले दुर्योधनलाई एक अन्तिम अवसर अवश्य दिनु पर्ने बताए, त्यसकारण कृष्ण पाण्डवको तर्फबाट कुरुराज्य सभामा शान्तिदूत बनेर गए र दुर्योधनबाट पाण्डवलाई केवल पाँच गाँउ दिएर युद्ध टार्ने प्रस्ताव राखे। जब दुर्योधनले पाण्डवलाई सियो टुप्पो जति जमिन पनि नदिने बताए तब कृष्णले बुझे कि दुर्योधनको यस हठको कारण उसको वंश र साथीहरूलाई साथ-साथ कयौं निर्दोष मानिसहरु युद्धको बलि चढ्न पर्छ। यस कुराले दुर्योधन क्रोधित बनेर श्रीकृष्णलाई बन्दी बनाउने कोशिश गरे तर कृष्णले आफ्नो विराट रूप प्रदर्शन गरेर त्यहाँबाट हिडे । यस पछि युधिष्ठिर युद्धको लागि विवश हुनु पर्यो। यसै समय भगवान वेदव्यासले धृतराष्ट्रको सामु गएर बताए कि "तिम्रा पुत्रहरूले समस्त गुरुजनको कुराको अवहेलना गरेर अन्ततः महाविनाशकारी युद्धलाई निमन्त्रणा दिए।" धृतराष्ट्रले युद्धको संसूचना जान्ने विन्ती गर्दा वेदव्यासजीले उनलाई महायुद्ध देख्न सकिने दिव्य दृष्टि प्रदान गर्ने कुरा बताए। यसमाथि धृतराष्ट्रले "मेरै कुलको विनाश भएको मेरै आँखाले हेर्न सक्दिन। अतः हजुरले कृपा गरेर यस्तो व्यवस्था गरिदिनु पर्यो कि यस युद्धको समाचार मलाई मिलि रहोस्।"
यो सुनेर वेदव्यासजी ले सञ्जयलाई दिव्य दृष्टि प्रदान गरे र भने , “हे धृतराष्ट्र! मैले सञ्जयलाई दिव्य दृष्टि प्रदान गरेको छु । सम्पूर्ण युद्ध क्षेत्रमा कुनै पनि कुरा लुक्न छिप्न सक्दैन। उनले तिमीलाई यस महायुद्धको सारा वृत्तान्त सुनाउनेछन्।” यति भनेर वेदव्यासजी बिदा भए।
युद्धको तयारी
सम्पादन गर्नुहोस्युद्ध
सम्पादन गर्नुहोस्गदा युद्ध
सम्पादन गर्नुहोस्कुरुक्षेत्र युद्धको अठारौँ दिन भीमले दुर्योधनको बचेका अन्य भाइहरूलाई मारे, सहदेवले शकुनिलाई मारिदिए र आफ्नो पराजय भएको जानेर दुर्योधन एक तलाउमा लुके तर पाण्डवले ललकारेपछी दुर्योधन भीमसंग गदा युद्ध भयो र छलपुर्वक कम्मरमा प्रहार गरेकाले उनको मृत्यु भयो यस प्रकार पाण्डव विजयी भए ।
मृत्यु
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ महाभारत,उद्योगपर्व गीताप्रेस गोरखपुर