मदन पुरस्कार

साहित्य पुरस्कार

मदन पुरस्कार नेपाली कृतिलाई प्रदान गरिने एक प्रसिद्ध नेपाली पुरस्कार हो। मदन पुरस्कार पुस्तकालयले यो पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गर्दछ।

मदन पुरस्कार
किसिमसाहित्य पुरस्कार
वर्गसाहित्य, विज्ञान, दर्शन, समाजशास्त्र आदि विषयमा उत्कृष्ट योगदान
विवरणसाहित्यिक पुरस्कार
नेपालमा
स्थापनावि.सं. २०१२, (सन् १९५५; ६९ वर्ष अघि (१९५५))
पहिलो पटक प्रदानवि.सं. २०१३ (सन् १९५६)
अन्तिम पटक प्रदानवि.सं. २०७८ (सन् २०२१)
पुरस्कार प्रदानकर्तामदन पुरस्कार गुठी
नगद पुरस्काररु. ४००,०००
पहिलो विजेता(हरू)सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली, बलराम जोशी
हालैका विजेता(हरू)नवराज लम्साल

पुरस्कारको स्थापना सम्पादन गर्नुहोस्

वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो। सोही वर्ष मङ्सिर २८ गतेमा मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप भएको थियो। वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्रविज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान- विदुषीहरूलाई यो पुरस्कार प्रदान गरिन्छ।

गुठीले वि. सं. २०२५ सालसम्म ४/४ हजार रूपैयाँका चारवटा पुरस्कार (साहित्य, समाजशास्त्र र विज्ञान जस्ता चार विषयमा) प्रत्येक वर्ष दिन सक्ने व्यवस्था रहे पनि वि. सं. २०२६ सालदेखि २ वटा कृतिका लागि १०/१० हजार नगद पुरस्कार बनायो। वि. सं. २०३३ सालदेखि एउटा सर्वोत्कृष्ट कृतिलाई रू. २५ हजारको नगद पुरस्कार दिने व्यवस्था भयो। वि. सं. २०४० सालमा रकम रू. ३० हजार पुग्यो। वि. सं. २०४२ सालमा रू. ४० हजार र वि. सं. २०४३ सालदेखि रू. ५० हजार गर्दै वि. सं. २०५१ सालदेखि उक्त राशि वृद्धि गरि रू. १ लाख पुग्यो। वि. सं. २०७५ देखि यो पुरस्कारको राशि चारलाख रूपैयाँ बनाइएको छ।[१]

सुरूमा यो पुरस्कार गद्य, पद्य, विज्ञान, दर्शन र सामाजिक शास्त्र आदि विषयमा उत्कृष्ट कृतिका लागि प्रदान गरिन्थ्यो। वि. सं. २०१३ सालमा पहिलो पटक प्रदान गरिएको यो पुरस्कार प्राप्त गर्ने विजेताहरू क्रमशः सत्यमोहन जोशी, चित्तरन्जन नेपालीबलराम जोशी थिए। वि. सं. २०२३ सालमा 'मानव (महाकाव्य)' कृति लेखेर लेखक मोदनाथ प्रश्रितले २४ वर्षकै उमेरमा हालसम्मको कम उमेरमा मदन पुरस्कार पाउन सफल भएका थिए भने अहिलेसम्मको मदन पुरस्कार पाउने श्रष्टाहरू मध्ये एकै परिवारका दुई सदस्यहरू धनुषचन्द्र गौतमध्रुवचन्द्र गौतमले मदन पुरस्कार पाएका थिए। सत्यमोहन जोशीले सबैभन्दा बढी पटक मदन पुरस्कार पाएका थिए भने महिलातर्फ पारिजात (विष्णु कुमारी वाइवा)ले 'शिरिषको फूल'बाट र झमक घिमिरेले 'जीवन काँडा कि फूल'बाट पाउनु भएका थिए। मूलधन ४० लाख रूपैयाँबाट प्राप्त हुने व्याजबाट मदन पुरस्कार गुठीले हरेक वर्ष मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्रदान गर्दै आएको छ।

पुरस्कार बारे सम्पादन गर्नुहोस्

  • मदन पुरस्कार प्राप्त पहिलो उपन्यास

मन(उपन्यास)

  • मदन पुरस्कार प्राप्त पहिलो कथा सङ्ग्रह

नयाँसडकको गीत

  • मदन पुरस्कार प्राप्त पहिलो निबन्ध सङ्ग्रह

एब्स्ट्रयाक्ट चिन्तन: प्याज

  • मदन पुरस्कार प्राप्त पहिलो महाकव्य

मानव (महाकाव्य)

  • मदन पुरस्कार प्राप्त गर्ने पहिलो महिला

पारिजात

  • मदन पुरस्कार प्राप्त गर्ने कम उमेरका लेखक

मोदनाथ प्रश्रित (२४ वर्ष)

  • मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी

फादर विलियम बर्क हेलिङ्गयाक्स

मदन पुरस्कार प्राप्त कृतिहरू सम्पादन गर्नुहोस्

वर्ष कृति कृतिकार
वि.सं २०७९ ऐँठन विवेक ओझा[२]
वि. सं २०७८ अग्नि नवराज लम्साल[३]
वि. सं २०७७ लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह भगिराज इङ्नाम
वि.सं २०७६ महारानी चन्द्रप्रकाश बानियाँ
वि.सं २०७५ रणहार योगेश राज
वि.सं २०७४ योगमाया नीलम कार्की "निहारिका"
वि.सं. २०७३ धृतराष्ट्र घनश्याम कँडेल [४]
वि.सं. २०७२ ऐना रामलाल जोशी [५]
वि सं. २०७१ खुसी विजय कुमार पाण्डे [६]
वि.सं. २०७० खलङ्गामा हमला एउटी नर्सको डायरी राधा पौडेल
वि.सं. २०६९ दमिनी भीर राजन मुकारुङ
वि.सं. २०६८ सेतो धरती अमर न्यौपाने
वि.सं. २०६७ जीवन काँडा कि फूल झमक घिमिरे
वि.सं. २०६६ नेपालका बालीनाली र तिनको दिगो खेती नरबहादुर साउद
वि.सं. २०६५ एक हातको ताली युवराज नयाँघरे
वि.सं. २०६४ अन्तर्मनको यात्रा जगदीश घिमिरे
वि.सं. २०६३ छापामारको छोरो महेशविक्रम शाह
वि.सं. २०६२ राधा कृष्ण धारावासी
वि.सं. २०६१ पल्पसा क्याफे नारायण वाग्ले
वि.सं. २०६० नयाँ ईश्वरको घोषणा गोपाल पराजुली
वि.सं. २०५९ नेपालको कानूनी इतिहासको रुपरेखा रेवतीरमण खनाल
वि.सं. २०५८ अभिनव संस्कृति कोष हरिराम जोशी
वि.सं. २०५७ नेपालको सिमाना बुद्धिनारायण श्रेष्ठ
वि.सं. २०५६ अतिरिक्त अभिलेख दिनेश अधिकारी
वि.सं. २०५५ दु खान्त नाटकको सृजना परम्परा डा. केशवप्रसाद उपाध्याय
वि.सं. २०५४ विसर्जन लोकेन्द्रबहादुर चन्द
वि.सं. २०५३ नेपाली राष्ट्रिय झण्डा डा. दयाराम श्रेष्ठ
वि.सं. २०५२ योजनगन्धा विनोदप्रसाद धिताल
वि.सं. २०५१ सही शब्द फादर विलियम बर्क हेलिङ्गयाक्स
वि.सं. २०५० माध्यमिक नेपाली गद्याख्यान शरद्चन्द्र शर्मा भट्टराई
वि.सं. २०४९ पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) डा. भवेश्वर पंगेनी
वि.सं. २०४८ पागल बस्ती सरुभक्त
वि.सं. २०४७ मृत्युञ्जय महाकाव्य भानुभक्त पोखरेल
वि.सं. २०४६ नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्‌को भूमिका डा. राजेश गौतम
वि.सं. २०४५ ज्योति ज्योति महाज्योति दौलत विक्रम विष्ट
वि.सं. २०४४ उत्सर्ग प्रेम राजेश्वर देवकोटा
वि.सं. २०४३ लिच्छवि संवत्‌को निर्णय नयराज पन्त
वि.सं. २०४२ वैकुण्ठ एक्सप्रेस मोहनराज शर्मा
वि.सं. २०४१ प्रत्यागमन कन्चन पुडासैनी
वि.सं. २०४० अलिखित डा. ध्रुवचन्द्र गौतम
वि.सं. २०३९ माधवी मदनमणि दीक्षित
वि.सं. २०३८ नदी किनाराका माझी मोहन कोइराला
वि.सं. २०३७ नरसिंह अवतार जगदीश शमशेर राणा
वि.सं. २०३६ नेपालका परम्परागत प्रविधि डा. छविलाल गजुरेल, करुणाकर वैद्य
वि.सं. २०३५ घामका पाइलाहरू ध. च. गोतामे
वि.सं. २०३४ लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन डा. वासुदेव त्रिपाठी
वि.सं. २०३२ आगत भवानी भिक्षु
वि.सं. २०३० लिच्छविकालका अभिलेख धनवज्र वज्राचार्य
वि.सं. २०२९ आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् ईश्वरबल्लभ
वि.सं. २०२८ कर्णाली लोक संस्कृति प्रदीप रिमाल, डा. चूडामणि बन्धु. बिहारीकृष्ण श्रेष्ठ. स्थिरजंगबहादुर सिंह. सत्यमोहन जोशी
वि.सं. २०२७ नेपाली निर्वाचनको रूपरेखा महानन्द सापकोटा
वि.सं. २०२६ बेलाइततिर बरालिँदा तारानाथ शर्मा
वि.सं. २०२५ मङ्गली कुसुम धर्मराज थापा
वि.सं. २०२५ टिपन टापन पारसमणि प्रधान
वि.सं. २०२४ नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास ग्रीष्मबहादुर देवकोटा
वि.सं. २०२४ एब्स्ट्रयाक्ट चिन्तन: प्याज शङ्कर लामिछाने
वि.सं. २०२३ मानव मोदनाथ प्रश्रित
वि.सं. २०२३ स्रष्टा र साहित्य उत्तम कुँवर
वि.सं. २०२२ शिरीषको फूल पारिजात
वि.सं. २०२१ वस्त्र निर्माणकला लक्ष्मीबहादुर श्रेष्ठ
वि.सं. २०२१ प्राचीन हिन्दू अर्थशास्त्र नवराज चालिसे
वि.सं. २०२१ प्राकृत पोखरा मुकुन्दशरण उपाध्याय
वि.सं. २०२१ नेपाली भाषा र साहित्य बालकृष्ण पोखरेल
वि.सं. २०२० जोसमनी सन्त परम्परा र साहित्य जनकलाल शर्मा
वि.सं. २०२० नैषधीय चरित कोमलनाथ अधिकारी
वि.सं. २०१९ आमाको सपना गोपालप्रसाद रिमाल
वि.सं. २०१८ नयाँ सडकको गीत रमेश विकल
वि.सं. २०१७ विस्फोट भीमनिधि तिवारी
वि.सं. २०१७ नेपाली राष्ट्रिय मुद्रा सत्यमोहन जोशी
वि.सं. २०१६ महाकवि देवकोटा नित्यराज पाण्डे
वि.सं. २०१५ उद्यान गङ्गाविक्रम सिजापति
वि.सं. २०१५ कवि व्यथित र काव्यसाधना कृष्णचन्द्रसिंह प्रधान
वि.सं. २०१४ मृत्तिका उद्योग करुणाकर वैद्य
वि.सं. २०१४ मन लीलाध्वज थापा
वि.सं. २०१३ अधिकविभव स्थिरविद्युत् उत्पादक बलराम जोशी
वि.सं. २०१३ जनरल भीमसेन थापा र तत्कालीन नेपाल चित्तरञ्जन नेपाली
वि.सं. २०१३ हाम्रो लोक संस्कृति सत्यमोहन जोशी

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्