दयाराम श्रेष्ठ
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
दयाराम श्रेष्ठ (वि.सं. २००० - ) अनुसन्धानात्मक लेखक हुन्। धनकुटामा जन्मिएका दयाराम श्रेष्ठ नेपाली साहित्यमा दयाराम श्रेष्ठ 'सम्भव' नामले पनि परिचित छन्। उनी मूलतः समालोचक हुन्। उनले आधुनिक नेपाली कथासित सक्बन्धित विषयमा विद्यावारिधि गरेका छन्।
जीवनी
सम्पादन गर्नुहोस्दयारामको जन्म बाबु सूर्यबहादुर श्रेष्ठ तथा आमा नयनकुमारीका सुपुत्रका रूपमा वि.सं. २००० साल भदौमा सिरान बजार, धनकुटामा भएको हो। उनको साहित्यिक नाम दयाराम श्रेष्ठ 'सम्भव' हो। नेपालीमा एम्.ए. र विद्यावारिधि गरेका श्रेष्ठ प्राध्यापनमा संलग्न छन्।
कृति
सम्पादन गर्नुहोस्उनका प्रकाशित कृतिहरूः
१. साहित्यको इतिहास : सिद्धान्त र सन्दर्भ (समालोचना, वि.सं. २०६१)
२. नेपाली साहित्यका केही पृष्ठ (समालोचना, वि.सं. २०३२)
३. शाहवंश र नेपाली भाषा-साहित्य (समालोचनाहरू , वि.सं. २०३९)
४. रामकथा परम्परा र भानुभक्तीय रामायण (समालोचना, वि.सं. २०४१)
५. नेपाली भाषा र साहित्यको विकासमा शाहवंशको देन (इतिहास, वि.सं. २०४४)
६. नेपाली कथा र यथार्थवाद (शोध-प्रबन्ध, वि.सं. २०३९)
७. नेपालको राष्ट्रिय झण्डा (इतिहास, वि.सं. २०५३)
पुरस्कार
सम्पादन गर्नुहोस्नेपालको राष्ट्रिय झण्डा नामक शोधग्रन्थका लागि उनले मदन पुरस्कार २०५३ प्राप्त गरे।