उत्तम कुँवर (वि.सं. १९९५– वि.सं. २०३९) मदन पुरस्कार प्राप्त गर्ने साहित्यकार हुन्। उनले वि.सं. २०२३ सालमा उक्त पुरस्कार पाएका हुन्।

उत्तम कुँवर
जन्महरिबहादुर कुँवर
( १९३८-०५-२५)मे २५, १९३८ (वि.सं. १९९५ साल जेठ १२)
क्षेत्रपाटी, काठमाडौं
मृत्यु३० जुलाई १९८२(1982-07-30) (उमेर ४४)
काठमाडौं
राष्ट्रियतानेपाली
पेशालेखक, सम्पादक
जीवनसाथीशान्ति कुँवर
मातापिता
  • भगवती कुँवर (आमा)
  • जङ्गबहादुर कुँवर (बाबु)
पुरस्कारमदन पुरस्कार

जीवनी सम्पादन गर्नुहोस्

उत्तमको जन्म बाबु जङ्गबहादुर कुँवर र आमा भगवतीका सुपुत्रका रूपमा वि. सं. १९९५ साल जेठ १२ गते क्षेत्रपाटी, काठमाडौंंमा भएको थियो। उनको खास नाम हरिबहादुर कुँवर हो। लामो समय पत्रकारिता गरेका उत्तमले भेटनरीतर्फ आई. एस्सी. गरेका थिए। उनले स्रष्टा र साहित्य (२०२३) शीर्षकको ग्रन्थको लागि मदन पुरस्कार २०२३ प्राप्त गरेका थिए। उनले प्रवल गो. द. बा. पनि पाएका थिए।

कृति सम्पादन गर्नुहोस्

निबन्धलेखनमा दख्खल राख्ने कुँवरका प्रकाशित मौलिक कृतिहरूः

  1. स्रष्टा र साहित्य (अन्तर्वार्ताहरूको सँग्रह, वि. सं. २०२३)
  2. अनुभव र अनुभूति (निबन्धसँग्रह, वि. सं. २०३९)
  3. सर हेनरी लेरेन्सको जीवनी (जीवनी)

सम्पादित, अनूदित र फुटकर कृति सम्पादन गर्नुहोस्

  • रूपरेखा (मासिक, सम्पादन)
  • किरण (हस्तलिखित, सम्पादन)
  • आमा (उपन्यास/रूपरेखामा अनुवाद)
  • विभिन्न पत्रपत्रिकाहरूमा कथा, निबन्ध, लेख, अन्तर्वार्ता प्रकाशित

निधन सम्पादन गर्नुहोस्

उनको निधन २०३९ साल साउन १५ गते काठमाडौंंमा भयो।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्