लमजुङ जिल्ला अन्तर्गत पर्ने दुराडाँडामा जन्मिएका कोमलनाथ अधिकारी (१९५०-२०२३) संस्कृत साहित्यमा आचार्य सम्मको उपाधि हासिल गरेका व्यक्ति हुन् । उनको महत्त्वपूर्ण अनुदित कृति कोमलगीता हो । यसमा श्रीमद्भगवद्गीताको छायानुवाद गरिएको छ । संस्कृत भाषा नबुझ्ने गीता पारखीका लागि यो पुस्तक अत्यन्त उपयोगी रह्यो र अझै पनि यसको महत्त्व त्यत्तिकै छ । गीताको तत्तत् छन्दमा भएको यो पूस्तक महत्त्वपूर्ण मानिन्छ । उनको कृति नैषधीय चरित्रका लागि उनलाई २०२० सालको मदन पुरस्कार प्रदान गरिएको थियो । उनका कृतिहरू यसप्रकार छन् :-[१]

  1. कोमलगीता (अनु.१९९०)
  2. कोमलचण्डी (अनु.२०१३)
  3. रघुवंश (अनु.२०१५)
  4. नैषधीय चरित्र (अनु.२०२०)
  5. मेघदूत (अनु.२०२२)
  6. साहित्य दर्पण (अनु.२०३३)
  7. कुमारसम्भव (अनु.२०२५)


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान