लोकेन्द्रबहादुर चन्द

लोकेन्द्र बहादुर चन्द नेपालका राजनीतिज्ञ तथा नेपालका भूतपूर्व प्रधानमन्त्री हुन्। उनी साहित्यकारका रूपमा पनि परिचित छन्।

लोकेन्द्र बहादुर चन्द
Lokendra Bahadur Chand Son of Mahabir Chand.png
नेपालका २७औँ प्रधानमन्त्री
कार्यकाल
वि.सं. २०५९ असोज २५ – वि.सं. २०६० जेठ २२
पूर्वाधिकारीशेरबहादुर देउबा
उतराधिकारीसूर्य बहादुर थापा
कार्यकाल
वि.सं. २०५३ फागुन २९ – वि.सं. २०५४ असोज २१
पूर्वाधिकारीशेरबहादुर देउबा
उतराधिकारीसूर्य बहादुर थापा
कार्यकाल
सन् १९९० अप्रिल ६ – सन् १९९० अप्रिल १९
पूर्वाधिकारीमरिचमान सिंह श्रेष्ठ
उतराधिकारीकृष्ण प्रसाद भट्टराई
कार्यकाल
सन् १९८३ जुलाई १२ – सन् १९८६ मार्च २१
पूर्वाधिकारीसूर्य बहादुर थापा
उतराधिकारीनगेन्द्रप्रसाद रिजाल
व्यक्तिगत विवरण
जन्म (१९४०-०२-१५) फेब्रुअरी १५, १९४० (उमेर ८२)
कुरकुटिया गाउँ, बैतडी
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी

जीवनीसम्पादन

लोकेन्द्रबहादुरको जन्म बाबु महावीर चन्द र आमा श्रीमती लक्ष्मीदेवीका सन्तानका रूपमा वि.सं. १९९६ साल फागुन ३ गते कुरकुटिया गाउँ, बैतडी जिल्लामा भएको हो। १२ ठकुरी थर मध्येको एउटा थर चन्द हो।

प्रधानमन्त्रीसम्पादन

उनी वि.सं. २०४०, वि.सं. २०४६, वि.सं. २०५३ र वि.सं. २०५८ मा गरि चार पटक नेपालको प्रधानमन्त्री बनेका थिए। तर पछिल्ला प्रधानमन्त्रीत्व धेरै लामो समय टिक्न सकेनन्।

तेस्रो कार्यकाल, २०५३सम्पादन

वि.सं. २०५३ फागुन २६ मा शेरबहादुर देउवाको सरकार ढलेपछी फागुन २७ मा चन्दले एमालेको समर्थनमा सरकार बनाए। एमालेको समर्थनमा बनेको यो गठबन्धन सरकारलाई खिसी गर्नेहरूले 'चमाले' (चन्द र एमाले) भन्ने गरेको सरकारमै भन्दथे।[१] उन्कको सरकारले बि.सं. २०५४ जेठ ४ र जेथ १३ मा दुई चरणमा स्थानेय निकायको निर्वाचन सम्पन्न गरेको थियो। श्रावण ४ मा जिल्ला विकास समितिका पदाधिकारीको निर्वाचन गरेको थियो।

तर सरकारमै सहभागी भएका राप्रपाका केही मन्त्रीहरू सहभागी भएर अविश्वास प्रस्ताव ल्याएका थिए। कमल थापा सहितका मन्त्रीहरूले "मुसा प्रवृति" देखाएको भन्दै २०५४ असोज १८ मा चन्दले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।[२]

चौथो कार्यकाल, २०५९-६०सम्पादन

२०५९ असोज १८ मा राजा ज्ञानेन्द्रले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न असक्षम भएको भनी शेरबहादुर देउवालाई प्रधानमन्त्री पदबाट मुक्त गरि मन्त्री परिशद विघटन गरे। त्यसपछि नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२७ बमोजिमको बाधा अड्काउको अधिकार प्रयोग गरि लोकेन्द्र बहादुर चन्दलाई प्रदमा नियुक्त भए।।।

२०६० जेठ १६ मा चन्दले राजा समक्ष राजीनामा बुझाए।

बहुदलीय व्यवस्थासम्पादन

वि.सं. २०५१- वि.सं. २०५६सम्पादन

वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा राप्रपाले २० सिट जित्यो। डा. यादवप्रसाद पन्तको घरमा भएको गोप्य मतदानमा चन्दले सुर्यबहादुर थापालाई पछि पर्दै संसदीय दलको नेता बने। थापाको एक मत कम आएको थियो।

वि.सं. २०५३ मा शेरबहादुर देउवाको सरकार ढलेपछी चन्दले एमालेको समर्थनमा सरकार बनाए। एमालेको समर्थनमा बनेको यो गठबन्धन सरकारलाई खिसी गर्नेहरूले 'चमाले' (चन्द र एमाले) भन्ने गरेको सरकारमै भन्दथे।[३]तर सरकारमै सहभागी भएका राप्रपाका केही मन्त्रीहरू सहभागी भएर अविश्वास प्रस्ताव ल्याएका थिए। कमल थापा सहितका मन्त्रीहरूले "मुसा प्रवृति" देखाएको भन्दै चन्दले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।[४]

चन्दले राजीनामा दिएपछि कांग्रेसको सहयोगमा सूर्यबहादुर थापाको नेतृत्वमा सरकार गठन भयो। वि.सं. २०५४ साल पौष २४ मा प्रधानमन्त्री थापाले संसद् विघटनका लागि राजा समक्ष सिफारिस गरेका थिए। पौष २९ मा राजाले संसद विघटन र विशेष अधिवेशनको समावेदन मध्ये कुनले प्राथमिकता पाउने भनेर सर्वोच्च अदालतसँग राय मागे। २०५४ माघ २२ मा सर्वोच्च अदालतले विशेष अधिवेशन बोलाउने प्रावधानलाई मान्यता दिनु पर्ने राय पेस गरेको थियो। राजाले संसद विघटन रद्द गरेका थिए। संसद विघटनको मुद्दालाई लिएर राप्रपा पार्टी फुट्यो र लोकन्द्रबहादुर चन्दले राप्रपा (चन्द) गठन गरेका थिए।

२०५४ चैत्र २८ मा सुर्यबहादुर थापाले राजीनामा दिए।

वि.सं. २०५६- २०५९सम्पादन

वि.सं. २०५६ सालको आम निर्वाचनमा राप्रपा (चन्द)को पत्तासाफ भयो। चन्द राप्रपामा फर्किए।

मदन पुरस्कारसम्पादन

उनले विसर्जन (कथासङ्ग्रह) नामक ग्रन्थका लागि वि.सं. २०५४ को मदन पुरस्कार प्राप्त गरेका थिए।

व्यक्तिगत जीवनसम्पादन

चन्दको चार छोरा र तीन छोरी छन्। छोराहरूमा: जयन्त चन्द, अरुण चन्द, विनोद चन्द र भुपेन चन्द। जयन्त चन्द राजनीतिमा छन् र दुई पटक मन्त्री भएका थिए र अहिले राप्रपामा सअक्रिय छन्। अरुण चन्द व्यवसायी हुन्। बिनोद चन्द कम्प्युटर इन्जिनियर हुन्। भुपेन चन्द कलाकार तथा परोपकारी हुन् जो अहिले अमेरिकामा बसोबास गर्छन्।

बाह्य कडीहरूसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. मणि दाहाल, "राप्रपा गठन, एकीकरण र विभाजनको नालीबेली" (नेपालीमा), अन्तिम पहुँच २०७४ श्रावण २६ 
  2. मणि दाहाल, "राप्रपा 'एकता महाधिवेशन' मा फुटको चिन्ता" (नेपालीमा), अन्तिम पहुँच २०७८ मंसिर १८ 
  3. मणि दाहाल, "राप्रपा गठन, एकीकरण र विभाजनको नालीबेली" (नेपालीमा), अन्तिम पहुँच २०७४ श्रावण २६ 
  4. मणि दाहाल, "राप्रपा 'एकता महाधिवेशन' मा फुटको चिन्ता" (नेपालीमा), अन्तिम पहुँच २०७८ मंसिर १८