समाजशास्त्र मानव समाजको अध्ययन हो। यो सामाजिक विज्ञान (सामान्य रूपमा जसको यो पर्यायवाची हो)को एक शाखा हो, जो मानवीय सामाजिक संरचनागतिविधि सँग सम्बन्धित जानकारीको परिष्कृत गर्ने र त्यसले विकास गर्नको लागी, अनुभवजन्य विवेचन[१][२]विवेचनात्मक विश्लेषण[३] को विभिन्न पद्धतिहरू लाई उपयोग गर्दछ, प्रायजसो जसको ध्येय सामाजिक कल्याणको अनुसरणमा यस्तो ज्ञानलाई लागू गर्नु हुन्छ।। मानिसको अन्तरसम्वन्ध र अन्तराक्रियाको अध्ययन गर्ने विषयलाई समाजशास्त्र भनिन्छ । जसको मुख्य उद्देश्य समाजमा व्यक्तिका व्यवहारको वैज्ञानिक तरिकाले अध्ययन गरी व्यक्ति र समाजका बीचको सम्बन्ध वन हो । मानव समाज र सामाजिक अन्तरक्रियाको वैज्ञानिक अध्ययन गर्ने विषय समाजशास्त्र हो । जसले समाजका ब्यक्ति र उनीहरूका क्रियाकलाप के कसरी एक अर्काप्रति अन्तरसम्वन्धित र अन्तरक्रियी छन भन्ने तथ्यको अध्ययन गर्दछ । यसैले समाजशास्त्रले समाजले कसरी ब्यक्तिलाई प्रभाव पार्दछ र व्यक्तिले । समाजलाई कसरी प्रभाव पार्दछ भन्ने तहसम्मको सम्बन्धको अध्ययन गदछ । । परिवार , शैक्षिक , आर्थिक , धार्मिक , राजनैतिक , कानुनी जस्ता संस्थाहरूमा व्यक्तिको सम्वन्ध र व्यवहारको अध्ययन गर्ने विषय समाजशास्त्र हो । यसले समाजशास्त्रले हामीलाई आँफु , आफ्नो समाज र आफ्नो सामाजिक वातावरण वुझ्न सिकाउछ । समाजमा व्यक्तिका व्यवहारहरु किन र कसरी हुँदा रहेछन । भनेर समाजको जटिल संरचनामा व्यक्तिका सम्वन्ध र व्यवहारहरु परिवार । समुदाय राज्य र विश्व तहमा अन्तरसम्वन्धत गरेर बुझ्न सिकाउने विषय नै समाजशास्त्र हो । व्यक्ति र समाजको वहुआयानिक पक्षको अध्ययन यस विषयमा गरिन्छ । यसबाट जटिल परिवर्तित समाजको अध्ययन हुनसक्छ । समाजशास्त्र शब्द यसको विकासको दृष्टिले हेर्दा अंग्रेजी भाषाको ' Sociology ' जुन ल्याटिन भाषाको ' Societus ' र ग्रीकभाषाको ' Logos 'बाट बनेको देखिन्छ । जसको पूरा अर्थ हो ' Societus ' को अर्थ Society र Logos को अर्थ ' Science ' वा ' Study ' भन्ने बुझिन्छ । यसैले समाजको अध्ययन गर्ने । | विज्ञानका रूपमा समाजशास्त्रलाई शाब्दिक अर्थ दिन खोजेको स्पष्ट हुन्छ । यसबाट के पनि अर्थ लगाउन सकिन्छ भने ' समाज ' भन्ने अवधारणा व्यापक छ । । यहि व्यापकताको अध्ययन गर्ने विषय समाजशास्त्र हो । सामाजिक सम्बन्ध , । अन्तरक्रिया प्रक्रिया र परिवर्तनका बारेमा अध्ययन गर्ने विषय नै समाजशास्त्र । हो । यसैले समाजको समग्र पक्षको अध्ययन गर्ने विषय नै समाजशास्त्र हो भन्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. गिडेंस, एंथोनी, डनेर, मिशेल, एप्पल बाम, रिचर्ड. 2007इंट्रोडक्शन टू सोशिऑलोजी. छठा संस्करण. न्यू यर्क: डबल्यू. डबल्यू. नोर्टन र कंपनी
  2. Ashley D, Orenstein DM (२००५), Sociological theory: Classical statements (6th ed.), Boston, MA, USA: Pearson Education, पृ: 3–5, 32–36। 
  3. Ashley D, Orenstein DM (२००५), Sociological theory: Classical statements (6th ed.), Boston, MA, USA: Pearson Education, पृ: 3–5, 38–40।