खुसी (पुस्तक)
खुसी वि.सं. २०७१ मा विजय कुमार पाण्डेद्वारा लेखिएको कथा, संस्मरण र निबन्ध समेटिएको नेपाली भाषाको पुस्तक हो।[१][२] लेखकले यो पुस्तकमा आफ्नो जीवनको भोगाइलाई २९ वटा शीर्ष अध्यायमार्फत पुस्तकमा उतारेका छन्। पुस्तकको प्रारम्भ ‘प्रसव वेदना’ नामक शीर्षकबाट हुन्छ भने अन्त्य ‘जाँदाजाँदै’ नामक शीर्षकबाट भएको छ। यस वाहेक पुस्तकमा 'ह्यातको पार्किङ लट', 'पहिलो पेग', 'एम्बिसन', 'प्रतिभा', 'अञ्जली' र 'सम्पादकलाई गोली' लगायतका शीर्षकहरू रहेका छन्। यो पुस्तकले वि.सं. २०७२ को मदन पुरस्कार प्राप्त गरेको थियो।[३]
लेखक | विजय कुमार पाण्डे |
---|---|
मूल शीर्षक | खुसी |
देश | नेपाल |
भाषा | नेपाली |
विषय | आत्मकथा |
विधा | कथा, संस्मरण र निबन्ध |
पृष्ठहरू | ३२६ |
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "विजयकुमारको खुशी : केही असल, केही खराब", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-११-१७।
- ↑ "खुशी !", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-११-१७।
- ↑ "विजयकुमारको खुशीले पायो मदन पुरस्कार", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-११-१७।