अलिखित (उपन्यास)
अलिखित (उपन्यास) ध्रुवचन्द्र गौतमद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। यस उपन्यासले वि सं २०४० को मदन पुरस्कार प्राप्त गरेको थियो ।
लेखक | ध्रुवचन्द्र गौतम |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
विषय | उपन्यास |
प्रकाशक | साझा प्रकाशन |
प्रकाशित मिति | वि.सं.२०४० |
पृष्ठ | २२१ |
पुरस्कार (हरू) | मदन पुरस्कार वि.सं.२०४०[१] |
अलिखित तराईलाई परिवेश मानेर लेखिएको एक सशक्त रचना हो । अलिखित त्यो समाजको कथा हो जो प्रशस्त लेखिएको छैन । त्यो नलेखिएको र नदेखिएको समाजका बारेमा लेख्ने क्रममा प्रशस्त स्वैरकल्पना मिसाएर विभिन्न प्रयोगहरुका साथ आञ्चलिकताको आभास पनि दिने गरेर लेखिएको छ ।