बुद्धिनारायण श्रेष्ठ

बुद्धिनारायण श्रेष्ठ (वि.सं. १९९८ - ) नेपालका भूगोलविद् तथा सीमाविद् हुन्। नापी, सिमाना र सीमा व्यवस्थापन विषयमा यिनले आधा दर्जन बढी पुस्तक लेखेका छन्।

जीवनीसम्पादन

बुद्धिनारायणको जन्म बाबु हस्तबहादुर श्रेष्ठ र आमा योग कुमारीका सुपुत्रका रूपमा वि.सं. १९९८ वैशाख १७ गतेका दिन रामबजार, ओखलढुङ्गामा भएको हो।

- उनले नेपालको राष्ट्रिय सिमाना तथा सीमा व्यवस्थापनबारे अध्ययन, अनुसन्धान, प्रकाशन एवम् देश विदेशमा प्रवचन, औ नापी, नक्सा, भू-सूचना प्रणालीसम्बन्धी परामर्श सेवा तथा यससम्बन्धी प्रतिवेदन तयार पार्ने काम गरिरहेका छन्।

- उनले लाई ब्रेरी अफ् कंग्रेस- अमेरिका, ब्रिटिश लाई ब्रेरी- लन्डन, नेशनल लाई ब्रेरी अफ् चाइना- बेजिङ् तथा नेपालको राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय, मदन पुस्तकालयमा नेपालको ऐतिहासिक सीमा नक्सा तथा सर्न्दर्भ सामग्रीको अध्ययन अनुसन्धान गरेका छन्।

- उनले निम्न क्षेत्रमा अनुभव बटुलेका छन् -

  • महानिर्देशक -५ वर्ष समेत नेपाल सरकार, नापी विभागमा २७ वर्ष नापनक्साको क्षेत्रमा सेवा -संवत २०२२-२०४९)।
  • सदस्य सचिव, शहरी योजना आयोग- काठमाडौँ महानगरपालिका -९ महिना), २०६० पुषदेखि।
  • सदस्य, नापीसम्बन्धी विशेष अदालत, कास्की पोखरा -२ वर्ष, २०३१ चैतदेखि २०३३ माघसम्म।
  • बोर्ड मेम्बर, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, परराष्ट्र मन्त्रालय।
  • सदस्य, ट्रान्सपरेन्सी इन्टरन्याशनल नेपाल।
  • प्रवन्ध निर्देशक, भूमिचित्र -नापनक्सा कम्पनी प्रा. लि.मा १९ वर्ष-विभिन्न प्रकारका नापीनक्सा, भौगोलिक सूचना प्रणाली, भू-उपयोग, चक्लाबन्दी, डिजिटल नक्साङ्कन, भूमि व्यवस्थापन तथा सुधार सम्वन्धी व्यावसायिक परामर्श सेवा, २०४९ फागुनदेखि हालसम्म)।
  • सदस्य -नापी विशेषज्ञ), र्सर्भे लाईसेन्सिङ बोर्ड, नेपाल सरकार नापी विभाग -२०६० मंसिरदेखि २०६४ कार्तिक सम्म)।
  • कन्सल्टान्ट -परामर्शदाता), राष्ट्रिय योजना आयोगको दशौँ योजना तर्जुमा टोली -भू-उपयोग तथा चक्लावन्दी सम्वन्धी द्यबअपनचयगलम एबउभच तयार गर्ने काममा २०५९ वैशाखदेखि ४ महिना कार्य गरेको)।
  • विशेषज्ञ सदस्य, राष्ट्रिय भू-उपयोग परिषद -राष्ट्रिय योजना आयोगको माननीय उपाध्यक्षको अध्यक्षतामा गठित परिषदमा २०५९ वैशाखदेखि दर्ुइ वर्षसहभागी भएको)।
  • टीम लिडर, प्रिपरेशन अफ् डिजिटल क्याडस्ट्रल डाटाबेस प्रोजेक्ट -काठमाडौँ भ्याली म्यापिङ् प्रोग्राम, काठमाडौँ महानगरपालिका, २०५९ वैशाखदेखि ६ महिना)।
  • टीम लिडर, काठमाडौँ भ्याली बेस म्यापिङ् प्रोजेक्ट -नेपाल सरकार, शहरी विकास बिभागका लागि म्यापिङ् प्रोजेक्टमा २०५४ साउनदेखि २ वर्ष ।
  • टीम लिडर, नेपालमा भू-सूचना प्रणाली कस्तो हुनर्ुपर्छ -भूमि सुधार तथा व्यवस्था मन्त्रालयका लागि परामर्श प्रतिवेदन तयार पार्ने कार्यमा २०५३ वैशाखदेखि ८ महिना)।
  • म्यापिङ् कन्सल्टान्ट, कृषि आयोजना सेवा केन्द्र, म्ष्कतचष्अत ब्नचष्अगतिगचभ एबिललष्लन एचयवभअत -२०४९ माघदेखि १ वर्ष।
  • सदस्य-सचिव, नापनक्सा समिति -राष्ट्रिय विज्ञान तथा प्रविधि परिषदअर्न्तर्गत, २०४४ कात्तिकदेखि ५ वर्ष।
  • नेपाली प्रतिनिधिमण्डलको नेतृत्व, नेपाल-भारत तथा नेपाल-चीन संयुक्त प्राविधिक सीमा समितिका बैठकहरूमा २०४४ देखि २०४९ सम्म नेपालको प्रतिनिधित्व तथा नेतृत्व गरेको।
  • नेपालको नापनक्सा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा, डिजिटल नक्सांकन औ नापीनक्सा, भू-सूचना प्रणाली, भू-उपयोग नीति, शहरी तथा नगरपालिकाहरूको जिआईएस नक्सांकन सम्बन्धी २० भन्दा बढी कार्यमा परामर्श सेवा प्रदान गरेको।

कृतिहरूसम्पादन

उनका केही कृतिहरूः

  • कित्ता नापी जनउपयोगका लागि (नापी, वि.सं. २०३८)
  • नेपालको सिमाना (भूगोल, वि.सं. २०५७)
  • राष्ट्रिय सुरक्षाका सन्दर्भमा सीमा व्यवस्थापन (भूगोल, वि.सं. २०५९)
  • सिमानाको ज्ञान(भूगोल, वि.सं. २०६४)
  • भारत-नेपाल सीमावर्ती बाँध (भूगोल, वि.सं. २०६६)
  • बोर्डर म्यानेजमेन्ट अफ् नेपाल (भूगोल-इतिहास, वि.सं. २०६०)
  • सीमा संग्राम (सीमा इतिहास-राजनीतिक भूगोल, वि.सं. २०६९)
  • इन्टरनेशनल बाउन्डरी मेकिङ् -पुस्तक)- सहलेखन -कोपेनहेगन, डेनमार्क) सन् २०१३
  • झापा दिर्ग्दर्शन -पुस्तक)- सहलेखन २०६७
  • नेपाल-भारत र चीन सन्धि -पुस्तक)- सह लेखन २०६६
  • राष्ट्रियता र सङ्घीयता सम्बन्धी विवाद : स्वरूप र सारतत्व -पुस्तक)- सहलेखन २०६५
  • नेपालको सर्न्दर्भमा राष्ट्रवाद -पुस्तक)- सहलेखन २०६४
  • सुस्तामा भारतीय अतिक्रमणको वास्तविकता -पुस्तक)- सहलेखन २०६२
  • प्रमुख सम्पादक, मिलन म्यागेजिन, जाइका अलुमनाई एशोसियसन अप\m नेपाल, काठमाडौँ।
  • [[उनका ३०० भन्दा बढी लेख-रचनाहरू पत्र-पत्रिकामा प्रकाशित भएका छन्।
  • [[दैनिक, साप्ताहिक, मासिक पत्र-पत्रिका, म्यागेजिन तथा जर्नलले १०० भन्दा बढीे सीमासम्बन्धी अन्तर्वार्ता तथा समाचार प्रकाशन गरेका छन्।

पुरस्कारसम्पादन

उनले * नेपालको सिमाना नामक ग्रन्थका लागि मदन पुरस्कार २०५७ प्राप्त गरेका थिए। यसबाहेक उनले निम्न अभिनन्दन-पत्र, कदर-पत्र आदि प्राप्त गरेका छन् -

  • र्सर्टिफिकेट अफ् एप्रिसियसन : इन्टरनेशनल फेडरेसन अफ र्सर्भेयर्स, कोपेनहेगेन- डेनमार्क, ३० नोभेम्बर २०१५ ।
  • एडर्अर्ड डोलेजल अवार्डः अठारौँ इन्टरनेशनल सोसाइटी फर फोटोग्रामेट्री एण्ड रिमोट सेन्सिङ्ग, भियना-अस्टि्रया, ११ जुलाई १९९६।
  • सम्मान-पत्र : नेपाली साहित्य विश्व संसद, काठमाडौँ, २०७३ जेठ १५ ।
  • धन्यवाद-पत्र : रेडियो जनसञ्चार, भक्तपुर, २०७२ चैत ३० ।
  • स्वाभिमान सम्मान : न्युज२४ टेलिभिजन, काठमाडौँ, २०७२ वैशाख ८ ।
  • अभिनन्दन-पत्र  : योगी नरहरीनाथ ट्रष्ट अध्यात्मिक परिषद, काठमाडौँ, २०७० असार ६।
  • ग्रेटर नेपाल सम्मान-पत्र : ग्रेटर नेपाल राष्ट्रिय साप्ताहिक, काठमाडौँ, २०७० जेठ ४।
  • इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान : लूनकरणदास-गङ्गादेवी चौधरी साहित्य-कला मन्दिर काठमाडौँ, २०६५ साउन १९।
  • उत्कृष्ट पत्रकारिता पुरस्कार : श्री ३ महाराज देव शमशेर जबरा सन्तति प्रतिष्ठान, काठमाडौँ, २०६२ साउन १५।
  • स्मृति पुरस्कार : राष्ट्रिय विभूति अमरसिंह थापा स्मृति प्रतिष्ठान, ललितपुर, २०६२ साउन १६।
  • पशंसा-पत्र : नेपलिज एशोसियसन अफ हुस्टन- अमेरिका, १४ सेप्टेम्वर २००३।
  • अभिनन्दन-पत्र : अन्तर्रर्ााट्रय मन्च, उन्नतिशील नेपाली समाज तथा नोबेल एकेडमी, काठमाडौँ, २०५८ पुस २७।
  • सम्मान-पत्र : जे. पी. प्रतिष्ठान काठमाडौँ, २०६१ असार २७।
  • कदर-पत्र : नेपाल सरकार, नापी बिभाग, काठमाडौँ, २०६४ जृठ १४।
  • विशिष्ट नागरिक सम्मान : राजनीतिशास्त्र र्सर्ूयरत्न शाक्य प्रतिष्ठान पोखरा, २०६७ असोज ८।
  • गणतान्त्रिक सम्मान-पत्र : राष्ट्रिय जन-दबाब समूह नेपाल, २०६५ मंसिर १५।
  • अन्य विभिन्न सङ्घ संस्थाहरूबाट अरु १४ अभिनन्दन-पत्र, सम्मान-पत्र, प्रशंसापत्र, कदरपत्र प्रदान गरिएको छ।

उनले निम्न पदक तथा विभुषण प्राप्त गरेका छन्

  • सुप्रवल जनसेवाश्री -तेस्रो २०६९
  • वीरेन्द्र-ऐर्श्वर्य सेवा पदक २०५८
  • गद्दी आरोहण रजत महोत्सव पदक २०५३
  • गोरखादक्षिणबाहु -तेस्रो २०४८
  • दर्ीघसेवा पदक २०४८
  • जानपद सेवा पदक २०३८
  • गोरखादक्षिणबाहु -चौथो २०३४
  • शुभ राज्याभिशेक पदक २०३१

सन्दर्भ सामग्रीहरूसम्पादन

उनले निम्न कार्यहरू पनि गरेका छन् ः

  • नेपालको सिमाना, सीमा व्यवस्थापन, समस्या तथा समाधानका उपाय, राज्य पुनः संरचना, सुरक्षा सरोकार, संविधान लेखनमा सिमाना आदि सम्बन्धी विदेश -अमेरिकाको ५ राज्य, लण्डन, मस्को, टोकियोे, बेजिङ, सोल आदि)मा र स्वदेशमा गरी ४० पटकभन्दा बढी प्रवचन प्रस्तुति गरेको।
  • विभिन्न पत्र-पत्रिका तथा धभदकष्तभ दयिनमा गरी सीमांकन, सीमा समस्या समाधान -कालापानी समस्या के हो, सुस्तामा किन समस्या भयो, सन् १९५०को सन्धि सुधार कि खारेजी, सुगौली सन्धि के हो जस्ता), सीमा व्यवस्थापन - नेपाल-भारत सीमा खुला कि नियमन, सीमामा काँडे तारबार, सीमा वारपारमा परिचयपत्र आदि) सम्बन्धि ३०० भन्दा बढी लेख रचना प्रकाशित भएको।
  • कालापानी, सुस्ताजस्ता राष्ट्रको सीमा मामिला सम्बन्धमा टेलिभिजन, रेडियो, एफ् एम्ले ९० भन्दा बढी अन्तर्वार्ता प्रसारण गरेको।
  • दैनिक, साप्ताहिक, मासिक पत्र-पत्रिका, म्यागेजिन तथा जर्नलले १०० भन्दा बढीे सीमासम्बन्धी अन्तर्वार्ता तथा समाचार प्रकाशन भएको।

बाह्य कडीहरूसम्पादन