महाकवि देवकोटा कवि लक्ष्मीप्रसाद देवकोटाको जीवनीमा आधारित नित्यराज पाण्डेद्वारा लिखित जीवनी हो।[१] यो पुस्तक सन् १९५९ (वि.स. २०१६) मा साझा प्रकाशनद्वारा प्रकाशित भएको थियो र त्यसै वर्ष यो कृतिले मदन पुरस्कार जित्न सफल भएको थियो।[२] देवकोटाको निधन भएको वर्षमा यो पुस्तक प्रकाशित भएको थियो ।

महाकवि देवकोटा
लेखकनित्यराज पाण्डे
मूल शीर्षकमहाकवि देवकोटा
देशनेपाल नेपाल
भाषानेपाली
विषयलक्ष्मीप्रसाद देवकोटा
प्रकारजीवनी
प्रकाशितसन् १९५९
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
सन् १९५९
मिडियाको प्रकारपुस्तक
पृष्ठ३०७
पुरस्कारमदन पुरस्कार
आइएसबिएन9789993327929

सारांश सम्पादन गर्नुहोस्

नित्यराज पाण्डे लक्ष्मीप्रसाद देवकोटाको घर नजिकै हुर्केका थिए। देवकोटाबाट प्रेरित भएर उनले उनको जीवनी लेख्ने निर्णय गरेका थिए।[३] देवकोटालाई नेपाली साहित्यमा महाकवि (महाकवि) भनेर चिनिन्छ। नेपाली साहित्यमा उनलाई धेरै माया र सम्मानका साथ हेर्ने गरिन्छ। यो पुस्तक २४ अध्यायमा विभाजित छ।[४]

देवकोटाको जन्म १३ नोभेम्बर १९०९ ( वि.सं. १९६६ कार्तिक २७) मा पिता पण्डित तिल माधव देवकोटा र आमा अमर राज्य लक्ष्मीदेवीको घरमा लक्ष्मीपूजाको रात काठमाडौँको धोबिधारामा भएको थियो। उनले पटना विश्वविद्यालयबाट स्नातक गरेका थिए। उनले त्रिचन्द्र कलेजपद्म कन्या कलेजमा प्राध्यापकको रूपमा काम गरेका थिए। आफ्नो जीवनकालमा उनले कविता, कथा, महाकाव्य र एक उपन्यास प्रकाशित गरेका थिए। उनी मुख्यतया नेपाली भाषामा लेख्ने गर्थे तर बेलाबेलामा अङ्ग्रेजीमा समेत लेख्थे र आफ्नै रचनालाई अङ्ग्रेजीमा अनुवाद पनि गर्थे। उनको मुना मदन नामक महाकाव्य नेपालको सबैभन्दा लोकप्रिय पुस्तक हो। उनको सन् १९५९ सेप्टेम्बर १४ मा पशुपतिनाथ मन्दिर, काठमाडौंमा बागमती नदीको किनारमा मृत्यु भएको थियो।

सङ्ग्रहन सम्पादन गर्नुहोस्

यो पुस्तकले सन् १९५९ (वि.स. २०१६) को लागि प्रतिष्ठित मदन पुरस्कार जिटेको थियो।[५][६] लेखक पाण्डेले नगद चार हजार रुपैयाँ पुरस्कार पाएका थिए। चार हजार पुरस्कारसँगै उनले आफ्नो पुस्तकको थप प्रतिहरू प्रकाशित गर्न खर्च गरेका थिए। उनले पाण्डुलिपि टाइप गरि पाण्डुलिपि पुरस्कार समितिमा बुझाएका थिए। पुरस्कार पाएपछि उनले पुस्तक प्रकाशित गरेका हुन्।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नित्यराज पाण्डेले देखेका “महाकवि देवकोटा”", साहित्य सगारम (नेपालीमा), २०२०-११-२२, अन्तिम पहुँच २०२१-११-२७  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-२० मिति
  2. "विद्याकुमारी पाण्डेले वि.सं. १९९४ मा लेखेको कृष्णलीला पट", हिमाल खबर (नेपालीमा), २०१३-०२-०६, अन्तिम पहुँच २०२१-११-२७ 
  3. "सम्झनामा नित्यराज", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२७ 
  4. ढुंगाना, गोपीकृष्ण, "व्यथितले महाकविलाई चिमोटेपछि...", समकालीन साहित्य (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२७ 
  5. "नित्यराज पाण्डे – मदन पुरस्कार गुठी", मदन पुरस्कार (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२७ 
  6. "कसले हत्याउला यस वर्षको मदन पुरस्कार ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२७