अमर न्यौपाने एक प्रख्यात नेपाली साहित्यकार हुन्। आख्यानकार न्यौपानेले वि.सं. २०६८ सालको मदन पुरस्कार पाएका हुन्। उनको पहिलो कृति पानीको घाम वि.सं. २०६६ मा प्रकाशित भएको थियो जुन कृतिले उनले पद्मश्री पुरस्कार प्राप्त गर्न सफल भएका थिए। उनको वि.सं. २०६८ मा प्रकाशित सेतो धरती उपन्यासले वि.सं. २०६८ को मदन पुरस्कार प्राप्त गर्न सफल भएको थियो। उनले वि.सं. २०७२ मा शिक्षासम्बन्धी उपन्यास करोडौँ कस्तुरी प्रकाशनमा ल्याएका थिए। उनले आफ्नो पछिल्लो कृति गुलाबी उमेर वि.सं. २०७६ मा प्रकाशित गरेका थिए।[१] उनको यो उपन्यास किशोरीको मनोविज्ञानमा आधारित कृति हो। कसरी किशोरीहरूको शारीरिक तथा मानसिक विकास हुन्छ र कसरी उनीहरूको शरीर र व्यवहारमा परिवर्तन हुँदै जान्छ भन्ने कुरा उनले यस पुस्तकमा लेखेका छन्। उनले यस उमेर समूहलाई गुलाबी उमेर भनेर नामाङ्कन समेत गरेका छन्।

अमर न्यौपाने
जन्मचितवन, नेपाल
पेशासाहित्य
भाषानेपाली
राष्ट्रियतानेपाल नेपाली
उल्लेखनीय कार्यहरूसेतो धर्ती, पानीको घाम, करौडौँ कस्तुरी, गुलाबी उमेर
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार २०६८
गुलाबी उमेर उपन्यास विमोचनमा लेखक कृष्ण धरावासी र नायिका केकी अधिकारीसँग

जीवनी सम्पादन गर्नुहोस्

नेपाली भाषाका साहित्यकार अमर न्यौपानेको जन्म वि.सं. २०३४ सालमा चितवन जिल्लाको रंगीला भन्ने स्थानमा पिता एकनाथ न्यौपाने र माता हरिमाया न्यौपानेका दोस्रो सन्तानका रूपमा भएको थियो। उनको पहिलो कृति पानीको घाम नामक उपन्यास वि.सं. २०६६ मा प्रकाशित भएको थियो। यस कृतिले २०६६ सालको पद्मश्री साहित्य सम्मान प्राप्त गरेपछि उनी नेपाली साहित्य जगतमा चिनिएका हुन्। उनको अर्को उपन्यास सेतो धरतीले वि.सं. २०६८ सालको मदन पुरस्कार प्राप्त गरेपछि उनको चर्चा एकाएक चुलियो। न्यौपाने चितवनका स्थायी बासिन्दा हुन्।

‍‍

लेखनशैली सम्पादन गर्नुहोस्

"भगवानलाई पनि पाप लाग्ने भए सबैभन्दा धेरै पाप उनैलाई लाग्थ्यो होला ।"
अमर न्यौपाने, सेतो धरती

कृति सम्पादन गर्नुहोस्

पुरस्कार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्