योजनगन्धा
योजनगन्धा विनोदप्रसाद धितालद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१] यो पुस्तक साझा प्रकाशनले सन् १९९५ मा प्रकाशित गरेको थियो । पुस्तक महाभारतकी पात्र सत्यवतीमा आधारित छ। पुस्तकले प्रतिष्ठित मदन पुरस्कार जित्यो। उज्यालो हुन अघी नामक आञ्चलिक उपन्यास लेख्ने लेखकको यो दोस्रो पुस्तक हो।
लेखक | विनोदप्रसाद धिताल |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
प्रकार | पौराणिक कथावस्तु |
प्रकाशित | वि.सं २०५२ |
प्रकाशक | साझा प्रकाशन |
प्रकाशित मिति | २०५२ |
मिडियाको प्रकार | छापा |
पृष्ठ | ५२२ |
पुरस्कार (हरू) | |
आइएसबिएन | 9789993324911 |
Preceded by | उज्यालो हुनु अघि |
सारांश
सम्पादन गर्नुहोस्पुस्तकमा माझीको छोरीबाट हस्तिनापुरकी रानी बन्ने सत्यवतीको कथालाई चित्रण गरिएको छ। योजना गन्धको कथानक मुख्यतया महाभारत र आंशिक रूपमा हरिवंश पुराण र देवी भागवतमा आधारित छ। योजनागन्ध पनि विशाल ग्रन्थ महाभारतको विशालता भित्र लुकेका अनगिन्ती पात्रहरू मध्ये एक हो। हिन्दू पौराणिक नारी पात्र योजनागन्धको पनि महाभारतमा महत्वपूर्ण स्थान छ भने उपन्यासकार धितालले योजनागन्धलाई यस उपन्यासमा मुख्य पात्रको रूपमा चित्रण गरेका छन् ।[२]
पुरस्कारहरू
सम्पादन गर्नुहोस्उनको पुस्तकले नेपाली साहित्यको सर्वोच्च साहित्यिक सम्मान २०५२ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।[३][४] सो किताबले सोही वर्ष साझा पुरस्कार पनि जितेको थियो।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ साझा प्रकाशका उपन्यासहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१० मिति
- ↑ https://www.samakalinsahitya.com/sahitya/details/5152
- ↑ "मदन पुरस्कारकाे ६२ वर्षे इतिहास, हालसम्म क-कसले पाए पुरस्कार ?", अगस्ट १७, २०२०।
- ↑ "मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०५३) – मदन पुरस्कार गुठी", guthi.madanpuraskar.org, अन्तिम पहुँच २०२१-११-२५।