धनवज्र वज्राचार्य (वि.सं. १९८८- वि.सं. २०५१) इतिहासकार हुन्। उनले वि.सं. २०३० सालको मदन पुरस्कार पाएका थिए।

जीवनी सम्पादन गर्नुहोस्

धनवज्रको जन्म बाबु दुर्गावज्र वज्राचार्य र आमा तीर्थकुमारीको सुपुत्रका रूपमा वि.सं. १९८८ चैत १६ गते काठमाडौंमा भएको थियो।[१]

कृतिहरू सम्पादन गर्नुहोस्

धनवज्रका कृतिहरूः
१. पूर्वमध्यकालका अभिलेख
२. लिच्छविकालका अभिलेख

पुरस्कार सम्पादन गर्नुहोस्

उनले लिच्छविकालका अभिलेख नामक ग्रन्थका लागि दर्शन र विज्ञानतर्फको मदन पुरस्कार २०३० प्राप्त गरेका हुन्।[२]

निधन सम्पादन गर्नुहोस्

उनको वि.सं. २०५१ सालमा निधन भयो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. मैनाली, सुजित (२० चैत्र २०७७), "एक ‘धुरन्धर ऐतिहासिक’ को दु:खान्त", कान्तिपुर, अन्तिम पहुँच १९ आषाढ २०७९ 
  2. दिक्पाल, राजकुमार (५ असोज २०७७), "बिर्सिएका विभूतिः धनवज्र बज्राचार्य", हिमालखबर, अन्तिम पहुँच १९ आषाढ २०७९ 

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्