शरद्चन्द्र शर्मा भट्टराई

शरद्चन्द्र शर्मा भट्टराई (वि.सं. १९८७- वि.सं. २०५९) समालोचक, निबन्धकार हुन्।

जीवनी सम्पादन गर्नुहोस्

भट्टराईको जन्म वि.सं. १९८७ साल कार्तिक ८ गते गैह्रीधारा, काठमाडौंमा भएको हो। कृष्णप्रसाद शर्मा तथा गुप्तकुमारीदेवीबाट जन्मेका शरद्चन्द्र तीन दाजुभाइ र तीन दिदीबहिनीमा सबैभन्दा कान्छा थिए। उनले कमला राई सङ अन्तरजातिय विवाह गरेका थिए । उनले वि.सं. २०१९ सालमा त्रिभुवन विश्वविद्यालयबाट एम्.ए. गरे। भट्टराईले जीवनका चालीसौं वर्ष अध्यापनमा बिताए। उनले वि.सं. २०११ सालदेखि वि.सं. २०३० सालसम्म स्कूलमा अध्यापन गरे। त्यसैबीच उनले कलेजस्तरमा पनि पढाउन थाले र त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०५० सालमा सहप्राध्यापक पदबाट अवकाश पाए। यिनले सुरुमा वि.सं. २०११ सालदेखि ६ वर्षम्म विद्योदय हाइस्कूल, भोजपुरमा पढाए र त्यसपछि काठमाडौंको दरबार हाइस्कूलमा पढाए।

कृतिहरू सम्पादन गर्नुहोस्

भट्टराईले समालोचना, निबन्धमा कलम चलाए। उनका प्रकाशित कृतिहरूः
१. बसाइँ परिचय (समालोचना, वि.सं. २०१९)
२. नाटक - एकाङ्की विचरण (समालोचना, वि.सं. २०३३)
३. नेपाली साहित्यको इतिहास- माध्यमिक काल (साहित्यको इतिहास, वि.सं. २०३७)
४. प्राचीन गद्याख्यान (समालोचना, वि.सं. २०४२)
५. नेपाली वाङमय केही खोजी केही व्याख्या (अनुसन्धान, वि.सं. २०४४)
६. रसिकको लगन : एक अध्ययन (समालोचना)
७. बाह्र फुल एक गुच्छा (सहलेखन, समालोचना)
८. झपट निबन्ध (झपटबहादुर राणाको निबन्ध सङ्ग्रह/सम्पादन)
९. छरिएका समीक्षा (इश्वर बरालसँग सहलेखन)
१०. मेरो लंदन-राजतिलक यात्रा(शेरसिंह रानाको, नियात्रा, वि.सं. २०५९)
११. जोग-मण्डलीका कवि र कविता (कवितासङ्ग्रह, वि.सं. २०५२)
१२. सानो चिनारी नरदेव पाण्डेको (जीवनी, वि.सं. २०६०)

पुरस्कार सम्पादन गर्नुहोस्

माध्यमिक नेपाली गद्याख्यान (समालोचना, वि.सं. २०५०) नामक ग्रन्थका लागि उनले मदन पुरस्कार २०५० प्राप्त गरेका हुन्। वि.सं. २०४२ सालको झपट पुरस्कार, वि.सं. २०५७ सालको ईश्वर बराल पुरस्कार पाए। उनी वि. सं. २००६मा अन्तर हाइस्कूल र वि. सं. २००९मा अन्तर-कलेज निबन्ध प्रतियोगितामा प्रथम भएका थिए।

निधन सम्पादन गर्नुहोस्

फोक्सोको क्यान्सरबाट पीडित उनको वि.सं. २०५९ साल असोजमा उनको निधन भयो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्