बेलाइततिर बरालिँदा तारानाथ शर्माद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको नियात्रा हो। यस कृतिले वि.सं २०२६ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।[१]

बेलाइततिर बरालिँदा
लेखकतारानाथ शर्मा
देशनेपाल
भाषानेपाली
विषयनियात्रा
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं.२०२६
पुरस्कार sमदन पुरस्कार वि.सं.२०२६

कथावस्तु सम्पादन गर्नुहोस्

कृतिमा लेखकका बेलायत यात्राका रोचक र घोचक अनुभूतिहरू छन् । पढ्ने पाठकले आफैँ यात्रा गरेको अनुभव लिन सक्छन्। कतै बेलाइतीहरूका विकास र सभ्यता देखेर हुरुक्क हुन्छन्, कतै-कतै आत्मस्वाभिमान र आत्मगौरवले फुरुक्क हुन्छन्, कतै आफ्नो देशका बेथिति र राजनैतिक व्यभिचार सम्झेर तुरुक्क आँसु खसाल्छन् ।

वि. स. २०२६ सालको मदन पुरस्कार प्राप्त गरेको यो कृति झारों र लालित्यपूर्ण भाषा रसस्वादनाका लागि समेत प्रसिद्ध छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्