हाम्रो लोक संस्कृति
हाम्रो लोक संस्कृति सन् १९५६ मा सत्यमोहन जोशीद्वारा लेखिएको पुस्तक हो। पुस्तकमा नेपालको लोक संस्कृतिको बारेमा प्रकाश पारिएको छ। यो पुस्तकले वि.सं. २०१३ सालमा नेपालको सबैभन्दा प्रतिष्ठित र सर्वोच्च साहित्य पुरस्कार मदन पुरस्कार प्राप्त गरेको थियो।
चित्र:Hamro Lok Sanskriti.jpg | |
लेखक | सत्यमोहन जोशी |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
विषय | लोक संस्कृति |
प्रकाशक | रत्न पुस्तक भण्डार |
प्रकाशित मिति | सन् १९५६ |
पुरस्कार (हरू) | मदन पुरस्कार |
पृष्ठभूमि
सम्पादन गर्नुहोस्सन् १९४३ मा पुस्तकका लेखक सत्यमोहन जोशीले नेपालको औद्योगिक र वाणिज्यिक खुफिया विभागमा काम गरेका थिए।[१] कामकै समयमा उनले नेपालका दुई जिल्ला तनहुँ जिल्ला र लमजुङ जिल्लाको सामाजिक अर्थव्यवस्थाको बारेमा सर्वेक्षण गरेर प्रतिवेदन तयार पारेका थिए।[२] जिल्ला भ्रमणको क्रममा उनले गाउँलेहरूलाई खेत, जङ्गल र चौतारी जस्ता स्थानहरूमा गाएको सुनेका थिए।[२] दिउँसोको समयमा गाउँलेहरू मादल लिएर गीत गाउँदै मारुनी नाच, कौडा नृत्य, चुडका, सोराठी र झ्याम्रे नृत्य प्रदर्शन गर्थे।[२] जोशीले गाउँलेहरूको जीवनमा सङ्गीत एक विस्तृत अंश रहेको भान पाए जसले उनलाई मोहित पारेको थियो।[२]
उनले यी गीतहरूलाई नेपालभर प्रदर्शन गर्न चाहन्थे तर सन् १९५० को दशकमा रेडियो प्रसारण केन्द्र थिएनन्,[३] जसले गर्दा उनले साहित्यिक पत्रिका शारदामा यी गीतहरू प्रकाशित गरे।[२] पत्रिकाका सम्पादक बालकृष्ण समले जोशीलाई प्रत्येक गीतको प्रसङ्ग प्रस्तुत गर्न सिफारिस गरे जसले गर्दा पाठकहरू गीतको इतिहास र विश्लेषणको बारेमा जान्न सकोस्।[२] प्रारम्भिक कालखण्डमा जोशीलाई गीतको प्रसङ्ग र इतिहासको बारेमा लेख्न गाह्रो भएको थियो किनकी सो समयमा नेपालको संस्कृतिको बारेमा कसैले लेखेका थिएनन्।[२] पछि उनले पत्रिकाबाट प्रकाशित गीतहरू सङ्कलन गरेर 'हाम्रो लोकसंस्कृति' नामक पुस्तक प्रकाशित गरेका थिए।[२]जोशीले पुस्तक प्रकाशित गर्ने क्रममा कवि गोपालप्रसाद रिमाललाई भेटेका थिए जसले उनलाई नेपालको ग्रामीण जनसङ्ख्याको लोक संस्कृति, कथा, गीत र जीवन शैलीको कदर गर्न प्रोत्साहित गरेका थिए।[४]
विमोचन र विरासत
सम्पादन गर्नुहोस्वि.सं. २०१३ तदानुसार सन् १९५६ मा नेपालको सबैभन्दा प्रतिष्ठित र सर्वोच्च साहित्य पुरस्कार मदन पुरस्कार समारोह आयोजना गरियो जसमा यो पुस्तक लगायत 'जनरल भीमसेन थापा र तत्कालीन नेपाल' र 'अधिकविभव स्थिरविद्युत् उत्पादक' नामक कृतिले पुरस्कार पाउन सफल भएको थियो।[४][५][६] जोशीले यो कृति उनको मूल सृजना नभएर यसको सम्पूर्ण श्रेय गाउँलेहरूलाई जानुपर्छ भनि अभिव्यक्ति दिएका थिए।[६] उनले आफनै पहलमा नेपालको संस्कृति संरक्षणका लागि असङ्ख्य सङ्गठनहरू निर्माण गर्न सहयोग गरेका थिए।[४] जोशीले 'नेपाली राष्ट्रिय मुद्रा' (सन् १९५७) र 'कर्णाली लोक संस्कृति' (१९७१) को लागि थप दुई मदन पुरस्कार जितेका थिए।[४][७]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Shrestha, Avant (सेप्टेम्बर २०११), "The tune in his heart", Issuu (अङ्ग्रेजीमा), Voices of Women Media, पृ: 80–81, मूलबाट १९ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०२०।
- ↑ २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ "For the love of native tunes", The Kathmandu Post (अङ्ग्रेजीमा), १५ अप्रिल २०१४, मूलबाट १९ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०२०।
- ↑ Rai, Dewan (५ अप्रिल २००५), "Journey of radio", The Himalayan Times (अङ्ग्रेजीमा), मूलबाट ६ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०२०।
- ↑ ४.० ४.१ ४.२ ४.३ Davis, Carol C. (३० अप्रिल २०१९), Theatre of Nepal and the People Who Make It (अङ्ग्रेजीमा), Cambridge University Press, पृ: 46, आइएसबिएन 978-1-108-58612-2, मूलबाट १९ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०२०।
- ↑ "वि.सं. २०७६ को ‘जगदम्बा-श्री’ तथा ‘मदन पुरस्कार’ को घोषणा – मदन पुरस्कार गुठी", Madan Puraskar, २० सेप्टेम्बर २०२०, मूलबाट १९ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०२०।
- ↑ ६.० ६.१ Sada, Ivan (अगस्ट २०१०), "Interview: Satya Mohan Joshi", ECS Nepal (अङ्ग्रेजीमा), मूलबाट २० फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०२०।
- ↑ P. Koirala, Keshav (९ डिसेम्बर २०१४), "Veteran culture expert Satyamohan Joshi hospitalised", The Himalayan Times (अङ्ग्रेजीमा), मूलबाट ४ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०२०।