सरुभक्त
सरुभक्त (वि.सं. २०१२ भाद्र, वास्तविक नाम: भक्तबहादुर श्रेष्ठ) मूलतः नेपाली उपन्यासकार, नाटककार, कथाकार तथा कवि हुन्। उनले पागल बस्ती उपन्यासका लागि २०४८ सालमा नेपालको सर्वाधिक प्रतिष्ठित मदन पुरस्कार समेत पाएका छन्। उनका पागल बस्ती, तरूनी खेती उपन्यास सर्वाधिक चर्चित छन्। उनी पोखराको बागबजार, मा जन्मिएका हुन्। समीक्षक डा. अशोक थापाका अनुसार सरूभक्त नेपाली नाटक लेखनमा बालकृष्ण समपछि सबैभन्दा अब्बल नाटककार हुन् ।
सरुभक्त | |
---|---|
भक्तबहादुर श्रेष्ठ | |
जन्म | वि.सं. २०१२ भाद्र ९ पोखरा |
वासस्थान | पोखरा |
राष्ट्रियता | नेपाली |
पेशा | लेखन |
चिनारीको कारण | कथा, उपन्यास, नाटक, मुक्तक र गीत |
उल्लेखनीय कार्य | [[पागल बस्ती (उपन्यास)|पागल बस्ती]], तरूनी खेती, चुली |
गृहनगर | पोखरा |
सन्तान | सरस्वती प्रतीक्षा (धर्मपुत्री) |
वेबसाइट | <nowiki> |
जीवनी
सम्पादन गर्नुहोस्सरुभक्त वि.सं. २०१२ सालमा तीजपर्वका दिन बागबजार, पोखरा, कास्कीमा बुबा गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मी श्रेष्ठका सुपुत्रका रूपमा जन्मेका हुन्। उनको अध्ययनको सुरुवात तत्कालीन नेपाल आदर्श विद्यालय (हालः गण्डकी बोर्डिङ् स्कुल)बाट भयो। एम्. ए. सम्म पढेका सरुभक्त निजी व्यवसाय पनि गर्छन्।
मौलिक कृति
सम्पादन गर्नुहोस्कथा, कविता, नाटक आदि क्षेत्रमा कलम चलाउने सरुभक्तको पहिलो रचनाका रूपमा वि.सं. २०३४ मा आह्वान साप्ताहिकमा 'मलाई दुइटा सूर्य देउ' शिर्षकको कविता प्रकाशित भएको थियो। उनका अन्य प्रकाशित कृतिहरू निम्नानुसार छन्
- बन्द खाम भित्र (मुक्तक सङ्ग्रह, वि.सं. २०३५)
- युद्धः उही ग्यास च्याम्बर भित्र (नाटक, वि.सं. २०३७)
- बोक्सीको आहृवान र घोषणापत्र (कविता सङ्ग्रह, बि. सं. २०४०)
- इतिहास भित्रको इतिहास (शून्यवादी नाटक र दर्शन वि.सं. २०४१)
- इथर (नाटक सङ्ग्रह, वि.सं. २०४४)
- एक अविनवको आत्मकथा (विज्ञान उपन्यास तथा विज्ञान कथा सङ्ग्रह, वि.सं. २०४४)
- कवि, प्रेमी र पागल (कविता सङ्ग्रह वि.सं. २०५०)
- तरूनी खेती (उपन्यास, वि.सं. २०५३)
- छोरी ब्रह्माण्ड(विज्ञान कथा सङ्ग्रह, वि.सं. २०४७)
- पागल बस्ती (उपन्यास, वि.सं. २०४८)
- गाउँघरका नाटकहरू (नाटक सङ्ग्रह, वि.सं. २०५०)
- एसोधम्मो सनंतनो (नाटक सङ्ग्रह, बि. सं. २०४५)
- बालबालिकाहरूको नाटक (नाटक सङ्ग्रह वि.सं. २०५३)
- कुरुप मशिहा (खण्डकाव्य, वि.सं. २०५४)
- यामागल (विज्ञान कथा सङ्ग्रह, वि.सं. २०५४)
- असमय अमौसम (वि.सं. २०५४)
- निमावीय (नाटक सङ्ग्रह, वि.सं. २०५५)
- ज्यानमाया (खण्डकाव्य, वि.सं. २०५६)
- कापुरुष (खण्डकाव्य, वि.सं. २०५७)
- प्रयोगशालाभित्र (कविता सङ्ग्रह, वि.सं. २०५८)
- समय त्रासदी(उपन्यास, वि.सं. २०५८)
- चुली (उपन्यास, वि.सं. २०५९)
- झुमा (खण्डकाव्य, वि.सं. २०६१)
- मनभरि माटोभरि (गीत सङ्ग्रह, वि.सं. २०६१)
- अँध्यारो कोठा (बाल उपन्यास, वि.सं. २०६०)
- पदार्थहरूको गीत (विज्ञान कथा सङ्ग्रह, वि.सं. २०६३)
- शिशिरका अन्तिम दिनहरू (नाटक सङ्ग्रह, वि.सं. २०४२)
- जस्तो दन्त्यकथा (नाटक सङ्ग्रह, वि.सं. २०५७)
- भेडीगोठ (खण्डकाव्य, वि.सं. २०६३)
- हजार बुद्धहरू (मुक्तक सङ्ग्रह, वि.सं. २०६१)
- इतर समय (कविता सङ्ग्रह, वि.सं. २०६१)
- साइबर क्याफेमा एकदिन (गजल सङ्ग्रह, वि.सं. २०६४)
- खोल्सावारि खोल्सापारि (खण्डकाव्य, बि. सं. २०६५)
- शरणार्थीहरू (नाटक सङ्ग्रह, वि.सं. २०६३)
- प्रेमयात्रा ( मुक्तक सङ्ग्रह, वि.सं. २०६७)
- अन्नपूर्णापिथेकस (बाल कथा सङ्ग्रह, वि.सं. २०६७)
- सिरुमारानी (नाटक सङ्ग्रह, वि.सं. २०६१)
- गाउँको कथा यस्तो हुन्छ है (नाटक सङ्ग्रह, वि.सं. २०६१)
- बाङ्गाटिङ्गा धर्साहरू (संस्मरणात्मक निबन्ध सङ्ग्रह, २०७१)
मान-सम्मान, पदक
सम्पादन गर्नुहोस्- पागलबस्ती उपन्यासका लागि मदन पुरस्कार २०४८।
- वि.सं. २०४२को "राष्ट्रिय युवावर्ष मोती पुरस्कार"
- नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सव २०४२मा प्रथम २०३५मा तृतीय पुरस्कार
- वि.सं. २०४२मा ने.प्र.प्र.द्वारा आयोजित गाइजात्रा महोत्सवमा उत्कृष्ट कवितामा पुरस्कृत
- अन्तर्राष्ट्रिय अपाङ्ग वर्ष (२०३८), युवा महोत्व (२०४१) र जी.ए.नाट्य प्रतियोगितामा सर्वश्रेष्ठ नाटककार
- उत्तमशान्ति पुरस्कार (२०७१) बाङ्गाटिङ्गा धर्साहरू (संस्मरणात्मक निबन्ध सङ्ग्रहका लागि
आवद्ध
सम्पादन गर्नुहोस्उनी पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष रहे।