करुणाकर वैद्य मदन पुरस्कार विजेता सोधकर्ता हुन्। उनले वि.सं. २०१४ र वि.सं. २०३६ गरी दुई पटक उक्त पुरस्कार पाए।

जीवनी सम्पादन गर्नुहोस्

वैद्यको जन्म वि. सं. १९७१ श्रावण महिनामा स्वठ नारायणस्थान, ललितपुरमा भएको थियो। उनको निधन वि. सं. २०४६ सालमा भएको थियो।

कृतिहरू सम्पादन गर्नुहोस्

वैद्यका प्रकाशित कृतिहरूः
१. मृत्तिका उद्योग
२. नेपालको परम्परागत प्रविधि (सहलेखन)
३. नेपालको लोककथा सँग्रह
४. नेपाली दन्त्यकथा-सँग्रह
५. विश्व लोककथा सँग्रह

पुरस्कार सम्पादन गर्नुहोस्

२०१४ सालमा मृत्तिका उद्योग नामक पुस्तकका लागि र दोस्रोपटक २०३६ सालमा डा. छविलाल गजुरेलसँग संयुक्त रूपमा नेपालको परम्परागत प्रविधि नामक पुस्तकका लागि उनले मदन पुरस्कार प्राप्त गरेका थिए।

सन्दर्भ सामग्रीहरू: करुणाकर वैद्य निकै अख्यात लेखक थिए। सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्